안녕하세요!
Welcome to Learn Korean Nepal, where I help you master the Korean language step by step. Whether you're a beginner or looking to polish your skills, my videos cover everything from basic phrases and grammar to advanced conversation tips.
💜 Connect with me:
🌐 YouTube: www.youtube.com/@LearnKoreanNepal
📸 Instagram: Learn Korean Nepal
🐦 Twitter: Learn Korean Nepal
📘 Facebook: Learn Korean Nepal
📧 Email:
@Learn Korean Nepal
Learn Korean Nepal
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर पनि दुई वर्षदेखि दक्षिण कोरिया जान नपाएका युवाको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आन्दोलनरत युवासँग हिजो छलफल गरेका छन् । कोरिया जान पाउनुपर्ने माग राख्दै दुई वर्षदेखि रोस्टर सूचीमा नपरेका युवाले ग्वार्कोस्थिल ईपीएस शाखा कार्यालयमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूसँगको छलफलपछि मन्त्री भण्डारीले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए । छलफलमा उनीहरूले उठान गरेका विषय समाधानका उपाय खोजिएको थियो ।
मन्त्रालयमा भएको छलफलमा उनीहरूका मागका विषयमा जानकारी लिइएको थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार मन्त्री र श्रम मन्त्रालयका अधिकारीहरूले उनीहरूका माग सुनेका थिए । त्यसपछि मन्त्रालयमा छलफल गरेर समस्या समाधान गरिने आश्वासन मन्त्री भण्डारीले दिएका थिए ।
जसमा उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय टोली कोरिया पठाउने, कूटनीतिक पत्र लेख्ने लगायत विषयमा छलफल भएको थियो । ती अधिकारीका अनुसार आज मन्त्रालयमा थप छलफल गरेर निर्णय गरिने छ । 🙏
1 month ago | [YT] | 23
View 0 replies
Learn Korean Nepal
"जीवनमा जित्नका लागि पहिला आफूलाई हार्न नदिने निर्णय गर्नुपर्छ।"🙏
#Motivation
1 month ago | [YT] | 27
View 1 reply
Learn Korean Nepal
सन् २०२६ बाट Shipbuilding तर्फ छुट्टै कोटा नदिने र Manufacturing क्षेत्रबाटै Shipbuilding तर्फ कामदार लगिने दक्षिण कोरियाको श्रम मन्त्रालयद्वारा निर्णय गरिएको थियो। त्यहि अनुरुप आजबाट Shipbuilding रोष्टरमा रहने व्यक्तिहरुले EPS ID मा Type of Industry Manufacturing देख्न थालिएको छ। यसमा नेपालमा भईरहेको इपिएसको आन्दोलनले सेक्टर परिवर्तन भएको बुझाई राख्नु गलत हो।
सन् २०२३ भन्दा अगाडि पनि Manufacturing बाटै Shipbuilding तर्फ विदेशी कामदार लगिन्थ्यो, अब सन् २०२६ बाट पनि त्यस्तै गरिनेछ। Manufacturing रोष्टरमा रहनुभएका व्यक्तिहरुले यसको विरोध नगर्नुहोला। किनकी सन् २०२३ देखि २०२५ सम्म Shipbuilding मा छुट्टै कोटा दिएता पनि Manufacturing रोष्टरबाटै अधिकतम् कामदार Shipbuilding तर्फ लगिएको थियो।
#EPSNepal #LearnKoreanNepal
1 month ago | [YT] | 17
View 1 reply
Learn Korean Nepal
"पटक-पटक गरिएको प्रयास र नहारेको आत्मबिश्वासले एकदिन सफलता अवश्य दिलाउँछ।"🙏🇰🇷
#LearnKoreanNepal
1 month ago | [YT] | 33
View 1 reply
Learn Korean Nepal
दक्षिण कोरियाले सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ। यो सन् २०२५ को भन्दा 50,000 (38.46%) ले कमी हो। सन् २०२५ मा निर्धारण गरिएको 1,30,000 कोटा मध्ये गत नोभेम्बरको अन्त्यसम्म 48,668 मात्र रोजगार अनुमति पत्र जारी भएको तथ्यांक छ। यो सङ्ख्या जम्मा कोटाको 37.43% मात्र हो।
सन् २०२६ का लागि तोकिएको 80,000 कोटा मध्ये कुन कुन क्षेत्रमा कति छन् यसप्रकार रहेकाे छ:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 50,000
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 10,000
- निर्माण उद्योग (Construction): 2,000
- माछा मार्ने (Fishery): 7,000
- सेवा क्षेत्र (Service): 1,000
- लचिलो (Elastic Allocation): 10,000
सन् २०२३ देखि २०२५ सम्म अस्थायी रुपमा सञ्चालनमा रहेको पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) को कोटा सन् २०२५ को अन्त्यबाट समाप्त हुनेछ। सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) तर्फ कामदार चाहिएमा उत्पादनमुलक क्षेत्र (Manufacturing) बाटै छनौट गरिनेछ।
ध्यान दिनुहोस्, यो कोटा नयाँ परीक्षा सञ्चालनका लागि नभएर E-9 भिषामा सबै देशबाट कामदार दक्षिण कोरिया भित्र्याउने कोटा हो
विस्तृत विवरण तल फोटोमा राखिएको छ।
#EPSNepal #LearnKoreanNepal
1 month ago | [YT] | 20
View 4 replies
Learn Korean Nepal
सबैले तपाईंलाई राम्रो त भन्दै भन्दैनन् तर पनि सबैको राम्रो बन्ने कर्म नछोड्नुहोस् 🙏❤️
#Motivation
1 month ago | [YT] | 16
View 0 replies
Learn Korean Nepal
• Remedical गर्न र Remedical गरे पश्चात Re-Job Application भर्न केके कागजातहरू चाहिन्छ?
- Remedical गर्न अस्पतालमा आवश्यक कागजातहरु निम्नानुसार रहेका छन्:
१. राहदानीको प्रतिलिपि,
२. पहिलाको मेडिकल रिपोर्टको प्रतिलिपि,
३. पासपोर्ट साइजको फोटो २ प्रति,
४. प्रवेश पत्रको रङ्गिन प्रतिलिपि,
५. मेडिकल शुल्क रु. २,२००/-
६. Remedical गर्न पहिला मेडिकल परेकै अस्पतालमा जानुपर्नेछ।
- Re-Job Application फाराम भर्न आवश्यक कागपत्रहरु निम्नानुसार रहेका छन्;
१. राहदानी (Passport) को फोटो भएको पेज (Biopage) को मात्र Colour Scan (कम्तीमा १ वर्ष अवधि रहेको) [Less than 200kb, JPG Format]
२. मेडिकल रिपोर्ट (Medical Report) को Colour Scan [Less than 200kb, JPG Format]
३. प्रहरी चारित्रिक प्रमाणपत्र (Police Report) [Less than 200kb, JPG Format]
४. 'क' वर्गको बैङ्कको आफ्नै नामको खाताको चेक [Less than 200kb, JPG Format]
५. ६ महिना यता खिचिएको, सेतो लुगा नलगाएको, सेतो पर्दा (White Background) भएको, दुवै कान र माथिल्लो छाति प्रष्ट देखिने MRP साइजको फोटो [Less than 15kb, JPG Format]
७. Job Application भर्दा लाग्ने ५$ दस्तुर फाराम भर्ने दिनको अघिल्लो दिनको विनिमय दर अनुसार अनलाईन मार्फत नै नेपाली रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।
नोट: Re-Job Application Form पनि Online मार्फत नै भर्नुपर्ने हुन्छ। यसका लागि इपिएस कार्यालय उपस्थित हुन जरुरी छैन।🙏🇰🇷
#EPSNepal #LearnKoreanNepal
1 month ago | [YT] | 12
View 0 replies
Learn Korean Nepal
अब अमेरिका जाने याे बाटाे पनि बन्द भाे
अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् ।😀
1 month ago | [YT] | 16
View 1 reply
Learn Korean Nepal
सन् २०२५ को लागि पाँचौं तथा अन्तिम चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) अन्तर्गत Manufacturing र Shipbuilding तर्फको आज तेश्रो दिन अर्थात् अन्तिम दिन पनि समाप्त भएको छ। योसँगै सन् २०२५ का लागि Manufacturing र Shipbuilding तर्फ विदेशी कामदार छनौट प्रक्रिया सकिएको हो। यसपटक पनि Manufacturing तर्फ ठिकठाक छनौट भयो भने Shipbuilding तर्फ एकदमै न्युन छनौट भएको पाइएको छ। Shipbuilding तर्फ छनौट भयो कि भएन भनेर अहिलेसम्म हामीले चाहिँ कतै भेटेनौ, यदि तपाईंहरु कसैको छनौट भएको भए कृपया कमेन्टमा जानकारी दिनुहोला।
यसपटक छनौटमा पर्न सफल सम्पुर्णमा धेरै धेरै बधाई छ।🎉 हजुरहरुको अन्य प्रक्रिया पनि चाँडै सम्पन्न होस्।
साथै छनौटमा नपर्नुभएका व्यक्तिहरुले आउँदो छनौट प्रक्रियाका लागि धैर्य गर्नुहोला। आफ्नो व्यवसाय वा जागिर निरन्तर राख्नुहोला। आउँदो छनौट प्रक्रियाका लागि शुभकामना ❤️ 😊
Agriculture & Livestock तर्फ भने भोली डिसेम्बर १८ देखि डिसेम्बर २२ सम्म छनौट प्रक्रिया सञ्चालन हुनेछ। तर डिसेम्बर १८ देखि २२ सम्म पर्ने शनिबार र आईतबार २ दिन भने विदा रहने भएकाले छनौट कार्य सञ्चालन हुने छैन।
Agriculture & Livestock तर्फ रोष्टरमा रहनुभएका सम्पुर्णमा शुभकामना ❤️🎉
यसपटकको ढिलाई/छिटपुट कामदार छनौट प्रक्रिया भने डिसेम्बर २४ एकदिन हुनेछ।
#EPSNepal #LearnKoreanNepal
1 month ago | [YT] | 20
View 2 replies
Learn Korean Nepal
ए जिन्दगी !
यति चै योग्य बनाई दे …
फूल चढाउनेहरुको भन्दा
दुई थोपा आँशु चढाएर फर्कनेहरुको
लामो लाइन बनाई दे …. 😍🙏
1 month ago | [YT] | 27
View 0 replies
Load more