안녕하세요!
Welcome to Learn Korean Nepal, where I help you master the Korean language step by step. Whether you're a beginner or looking to polish your skills, my videos cover everything from basic phrases and grammar to advanced conversation tips.
💜 Connect with me:
🌐 YouTube: www.youtube.com/@LearnKoreanNepal
📸 Instagram: Learn Korean Nepal
🐦 Twitter: Learn Korean Nepal
📘 Facebook: Learn Korean Nepal
📧 Email:
@Learn Korean Nepal
Learn Korean Nepal
Agriculture तर्फ उतिर्ण हुनुभएका हरुको File Sent हुन सुरु भएको छ।🙏
हजुरको Sent भयो त?🤔
#EpsKoreaNepal
1 month ago | [YT] | 10
View 0 replies
Learn Korean Nepal
Agriculture र Manufacturing दुवै तर्फ कोटा अनुसार नै परीक्षार्थी उत्तीर्ण गराउनुले Competition कडा बनाएता पनि उत्तीर्ण व्यक्तिहरूको कोरियामा रोजगारीको सम्भावना पनि बढाएको छ। गत दिनहरुमा इपिएसबाट उच्च सङ्ख्यामा उत्तीर्ण गराई रोजगारी दिन नसक्दा आन्दोलन र विरोध भएका कारण इपिएसले राम्रो ध्यानाकर्षण गरेको बुझिन्छ। इपिएस मार्फत कोरिया जान मिहिनेत र भाग्य दुवै उच्च हुनुपर्ने अवस्था हुनुमा हाम्रो देशको चरम बेरोजगारी र कोरिया प्रतिको उच्च आकर्षण नै मुख्य कारक विषय हो।
उत्तीर्ण सम्पुर्ण बधाई छ, अब मेडिकल राम्रो भए पश्चात तपाईं रोष्टरमा बस्न योग्य हुनुहुनेछ।
#EPSNepal
1 month ago | [YT] | 7
View 0 replies
Learn Korean Nepal
2026 अन्तर्गत दोस्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (issue) आउन १२ दिन मात्रै बाकी रहेको छ।🙏
#EpsKoreaNepal
1 month ago | [YT] | 8
View 0 replies
Learn Korean Nepal
Agricultural को रिजल्ट आयो है॥
१८०८ पास
बधाइ छ सबै जनालाई ॥❤️
2 months ago | [YT] | 7
View 0 replies
Learn Korean Nepal
Manufacturing 2nd Shift तर्फ Remedical गरि Approval को पर्खाइमा बस्नुभएको धेरै व्यक्तिहरू Approve ढिलो भएको गुनासो रहेको छ। गत केहि लामो समयदेखि HRD Korea ले Approval मा ढिलाई नै गर्ने गरेको महशुस हाम्रो रहेको छ। हाल पनि Send Date को आधारमा Approve नभई Randomly कुनै कुनै दिन मात्र Approve भइरहेको छ। निरन्तर Approve कार्य भएको छैन। त्यसर्थ तपाईंको कुनै पनि दिन Approve हुनसक्छ, यहि दिनबाट निरन्तर Approve होला भन्ने निश्चित रहेको छैन। Issue मिति आउन १ महिना नै बाँकी रहेकोले सबै जना यसपटकको Issue मा सामेल हुनसक्ने सम्भावना भने कायम नै छ।
सबैमा सफलताको शुभकामना ❤️🎉 🙏
2 months ago | [YT] | 6
View 0 replies
Learn Korean Nepal
Manufacturing र Agriculture & Livestock तर्फ कोरियन भाषा परीक्षा 2025 मा उत्तीर्ण हुनुभएका व्यक्तिहरूको Skill Test सञ्चालन हुन आज सहित ६ दिन मात्र बाँकी रहेको छ। Skill Test सम्बन्धी केहि महत्त्वपूर्ण जानकारीहरू निम्नानुसार रहेका छन्;
१. Skill Test मिति २०८३ वैशाख ०६ गतेदेखि १५ गते ( 2026 April 19 to 28) सम्म सञ्चालन हुनेछ,
२. Skill Test नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुनेछ,
३. Skill Test मा जाँदा आफ्नो परीक्षा तोकिएको मिति र समयमा उपस्थित हुनुपर्नेछ, तोकिएको मिति र समय भन्दा अघि वा पछि प्रवेश गर्न पाइने छैन,
४. तोकिएको मिति र समय परिवर्तन गर्न सकिने छैन,
५. सक्कल राहदानी र प्रवेश पत्रको रङ्गिन प्रति अनिवार्य लिएर जानुपर्नेछ, साथै Competency Test का लागि योग्यता प्रमाणपत्र पेश गर्नुभएको छ भने त्यसको सक्कल प्रति लिएर उपस्थित हुनुपर्नेछ,
६. Skill Test मा पनि बायोमेट्रिक प्रमाणीकरण हुने भएकाले आफ्नो Skill Test तोकिएको समय भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा स्थलमा उपस्थित हुनुपर्नेछ,
७. भाषा परिक्षा उत्तीर्ण गरेता पनि Skill Test मा सहभागी नहुने व्यक्तिहरूको अन्तिम नतिजा प्रकाशन हुने छैन,
८. Skill Test मा जाँदा आफुलाई Test दिन सहज हुने किसिमको सभ्य देखिने कपडा लगाएर जानुहोला, Formal कोट पाइन्ट लगाउन आवश्यक छैन,
नोट: कोरियन भाषा र Skill Test उत्तीर्ण हुनु कोरियामा रोजगारीको शतप्रतिशत ग्यारेन्टी नभई मेडिकल गरि रोष्टरमा बस्न योग्य हुनु मात्र हो। त्यसर्थ आफ्नो पेशा, व्यवसाय वा अन्य अतिरिक्त व्यावसायिक योजनाहरू निरन्तर गर्नुहुन अनुरोध छ।
#LearnKoreanNepal
2 months ago | [YT] | 6
View 0 replies
Learn Korean Nepal
Manufacturing र Agriculture & Livestock तर्फ Skill Test का तालिका प्रकाशन भएको छ। दुवै क्षेत्रको Skill Test वि.सं. २०८३ वैशाख ०६ गतेदेखि १५ गते (19 - 28 April, 2026) सम्म सञ्चालन हुनेछ। आफ्नो Skill Test को मिति र समय हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
2 months ago | [YT] | 3
View 0 replies
Learn Korean Nepal
बैशाख ६ गतेदेखि १५ गतेसम्म स्किल टेस्ट हुने ।
तयारी राम्रो गर्नुहोला।🙏
2 months ago | [YT] | 5
View 0 replies
Learn Korean Nepal
सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) सञ्चालन हुने मिति यसप्रकार रहेको छ;
- कम्पनिले कामदार माग आवेदन दिने: 2026 April 20~May 06
- Manufacturing तर्फ कामदार छनौट: 2026 May 22~29
- Agriculture & Livestock तर्फ कामदार छनौट: 2026 June 01~08
- ढिलाई/छिटपुट कामदार छनौट: 2026 June 10~11
*कोटा सहितको विस्तृत जानकारी पुनः प्रकाशन हुनेछ।
#epstopik
2 months ago | [YT] | 5
View 0 replies
Learn Korean Nepal
अहिलेको कृषि तर्फको परीक्षामा कट-लाइन अत्यधिक उच्च हुँदा
35, 36, 37, 38 ल्याउने विद्यार्थीहरूको पीडा हामीले गहिरो रूपमा महसुस गरेका छौं।
तर आजको नतिजाले एउटा कुरा प्रष्ट पारेको छ—
👉 सफलता केवल ज्ञानले मात्र हुँदैन रहेछ।
हामी अझै धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने बुझाइ आज प्राप्त भएको छ।
यो हार होइन, यो हाम्रो लागि ठूलो सिकाइ हो।
💪 “म जसरी पनि कोरिया जान्छु” भन्ने अठोटका साथ
हार नमानी, पढाइलाई निरन्तरता दिँदै अगाडि बढौँ।
📚 सफलता ढिलो हुन सक्छ, तर असम्भव छैन।
👉 सम्पूर्ण विद्यार्थीहरूलाई धैर्य र निरन्तरताका साथ अगाडि बढ्न हार्दिक आग्रह गर्दछौं। 🇰🇷🙏
2 months ago | [YT] | 9
View 0 replies
Load more