प्रविधि सँगसँगै तपाईं हामी.. हाम्रो यस च्यानलमा यहाँहरु सबैमा हार्दिक स्वागत गर्न चाहान्छौं।हामी यस च्यानल मार्फत समसामयिक घटनाक्रम ,खेलकुद ,फिल्मी,साहित्य र मनोरञ्जन जन्य विषयवस्तु उठान गर्ने गर्दछौं।यहाँहरुसँग पनि कुनै अनौठा ,आश्चर्यजनक ,खोजमुलक ,प्रस्फुटित नभएका विषयवस्तु छन् भने हामीलाई सम्झिनुहोला। हामीले उठान गरेका विषयवस्तु कस्ता लाग्छन् जस्ता लाग्छन् त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला।हाम्रो इमेल: ojhasamarpan@gmail.com र हाम्रो च्यानल subscribe गर्नुहुने सबैमा धन्यवाद र नयाँ दर्शक स्रोतामा पनि जोडिन आग्रह गर्दछौं ।यहाँहरुको अपार माया र हौसला सदैव रहिरहोस् धन्यवाद 🙏🙏🙏
samarpan media Dhangadhi
🏆 SBLNPL Trophy Tour
नेपाल क्रिकेट संघको आयोजनामा हुन गैरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणको तयारी जोरतोरले चलिरहेको छ । क्यानले आजबाट फ्रेञ्चाइज टोलीको शहरमा ट्रफी टुर कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर किंग्सको क्षेत्र विराटनगरबाट सुरु हुने यो कार्यक्रम ९ नोमेम्बरका दिन सुदूरपश्चिम रोयल्सको आगन धनगढी आएर टुंगिनेछ ।
Photo : CAN / NPL
3 weeks ago | [YT] | 23
View 0 replies
samarpan media Dhangadhi
Breaking: रास्वपा सभापति रवि लामिछानेको सहकारी ठ'गी प्रकरणमा दायर निवेदनमाथि उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न भएको छ। जिल्ला अदालतले अस्वीकार गरेको निवेदन लिएर उनी उच्च अदालत पुगेका थिए । अब केहीबेरमा अदालतले निवेदन सम्बन्धमा आदेश दिनेछ।
1 month ago | [YT] | 14
View 0 replies
samarpan media Dhangadhi
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठ!गी प्रकरणसम्बन्धी निवेदनमाथि उच्च अदालत बुटवलमा आज सुनुवाइ सम्पन्न भएको छ। यसअघि जिल्ला अदालतले अस्वी!कार गरेको निवेदन लिएर उनी उच्च अदालत पुगेका थिए। अब केहीबेरमै अदालतले उक्त निवेदनबारे आदेश जारी गर्ने अपेक्षा गरिएको छ।
1 month ago | [YT] | 17
View 0 replies
samarpan media Dhangadhi
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र ।
तस्वीर स्रोत : सुरेश आचार्य/रासस
1 month ago | [YT] | 12
View 0 replies
samarpan media Dhangadhi
प्रधानमन्त्री तथा एमाले अध्यक्ष, केपी शर्मा ओली भन्नू हुन्छ पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ । पार्टीको सदस्यता नै नभएको मान्छेको सदस्यता नवीकरण हुन्छ र ? #kpoli
1 month ago | [YT] | 5
View 0 replies
samarpan media Dhangadhi
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।
पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो। फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्टको संस्करण पनि सोही मैदानमा हुने लामाले जानकारी दिएका छन्।
1 month ago | [YT] | 23
View 0 replies
samarpan media Dhangadhi
Match Over
टप इण्ड टी-२० क्रिकेट प्रतियोगीतामा नेपालले लगातार दोश्रो जित दर्ता गरेको छ । पाँचौं खेल खेलेको नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ । जितका लागि १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्सले पूरै ओभर खेलेर सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।
Photo : CAN
1 month ago | [YT] | 9
View 0 replies
samarpan media Dhangadhi
Match Over
नन्दन यादवले आक्रामक बलिङ गरेपछि अस्ट्रेलियामा जारी टप इन्ड टी-२० शृंखलामा नेपालले होबर्ट हरिकेन्स ६६ रनले पराजित गरेको छ । जारी प्रतियोगीतामा नेपालको यो पहिलो जित हो ।
Photo : CAN
1 month ago | [YT] | 21
View 1 reply
samarpan media Dhangadhi
एनपीएलको मिनि-अक्सन शनिबारः कुन टीमसँग कति छ बजेट ?
1 month ago | [YT] | 26
View 0 replies
samarpan media Dhangadhi
इण्डिएन प्रिमिएर लिग IPL को बहुचर्तित टिम RCB फ्यान क्लब नेपालले नेपाली क्रिकेटर आसिफ शेखलाई सम्मानस्वरूप एक आरसीबी जर्सी प्रदान गरेको छ, जुन जर्सीमा विराट कोहली र २०२५ आरसीबी टिमका खेलाडीहरूले हस्ताक्षर गरेका थिए
1 month ago | [YT] | 53
View 0 replies
Load more