samarpan media Dhangadhi

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।


पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो। फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्टको संस्करण पनि सोही मैदानमा हुने लामाले जानकारी दिएका छन्।

1 month ago | [YT] | 23