नानीको बोलीमा नानीबाबुलाईलाई धेरै धेरै संझना, नानीका बाआमा तथा अभिभावकलाई नमस्कार ।

प्रगति र परिबर्तनका वाहक बालबालिकालाई बाल अधिकारको जानकारी दिने र कर्तव्य बोधको पाठ पनि सिकाउने नानीको बोली YouTube Channel मा नानीबाबुको सुख दुख र उन्नती प्रगतिका कुरा, अभिभाकहरुको जिम्मेवारी र दायित्व बोधको विषय उठाउन हुुन्छ ।

बालअधिकार प्रत्याभूतिलाई पहिलो प्राथमिकता दिएर जाने नानीको बोलीमा कसैलाई भेदभाव हुनेछैन । धार्मिक तथा राजनैतिक क्षेत्र र विषयमा नानीको बोली सधै तटष्ठ नै रहनेछ । बालवालिकाको मानव अधिकारको संरक्षण, शिक्षा प्राप्त गर्ने अधिकार र बाल सन्धि अभिसन्धिमा उल्लेख भएका सवै कुरालाई जोडदार रुपमा उठाउने प्रयत्न हुनेछ ।

मेरो प्रतिबद्धता छ बालवालिकाको क्षेत्रमा दरो सित वकालत गर्न सघाउने स्तम्भ बाल हित र भलाईका कुरा बालगतिविधि, बालसहभागीता उनैका आवाजमा र बालबालिका केन्द्रित विविध जानकारीमुलक सामग्रीहरु समेटिनेछ । यसका साथै समय सान्दर्भिक अन्तरवार्ता, रिपोर्ट, कथा र बालगीतहरुले प्राथमिकता पाउने नै छन । धन्यबाद ।

Contact Details:
nanikoboli@gmail.com
hrsaru@gmail.com
Mbl No : 9857060706