नेपालको सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको सेरोफेरोलाई समेटेर देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न हामी यो सेरोफेरोन्यूज अनलाइन खबर पत्रिका मार्फत् उपस्थिति भएका छौं ।
सुशासनका माध्यमबाट जनतालाई असल शासनको प्रत्याभूति दिलाउन, जवाफदेहीता, पारदर्शीता, लोकतन्त्र (गणतन्त्र) र सूचनाको हकको वास्तविक अवस्थामा जनतालाई संविधान प्रदत्त नागरिक अधिकारयुक्त सेवाको सुनिश्चिताकालागि खबरदारी गर्न हामी हाम्रो सशक्त भूमिका निर्वाह गर्न हिचकिचाउँदैनौ । सत्य र तथ्यमा आधारित रहेर निष्पक्ष पत्रकारितामा हामी हाम्रो कलमलाई तिखार्दै अगाडी बढ्ने छौं ।
लोकतान्त्रिक मूल्य र अधिकारमा आधारित विकासमा पहूँचको मान्यतालाई आत्मसात् गर्दै नागरिक केन्द्रित शासन प्रक्रियाको माध्यमबाट नागरिकहरुलाई प्रभावकारी रुपमा सेवा र सुविधा उपलब्ध गराउन सरकारलाई पत्रकारिताको माध्यमबाट जनतामा सकारात्मक दृष्टिकोण पैदा गर्न हामी प्रतिवद्ध छौं ।


10:17

Shared 1 month ago

164 views

10:15

Shared 4 months ago

433 views

3:10

Shared 4 months ago

68 views