Crick update info

WEL COME TO (Crick update nepal )
(subscribe sports and Cricket Live match score commentary )
www.youtube.com
@crickupdateinfo


Crick update info

अस्ट्रेलियामा आयोजना हुने आगामी 'Top End T20 Series' को खेल तालिका सार्वजनिक भएको छ। नेपालले आफ्नो पहिलो खेल अगस्ट २१ मा आयोजक 'NT Strike' सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा अगस्ट २२ मा 'बङ्गलादेश क्रिकेट हाई पर्फर्मेन्स (HP)' टोलीको सामना गर्नेछ।

बिग ब्यास लिग (BBL) का एकेडेमी टोलीहरू र अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने यस प्रतियोगितामा नेपाली टोलीले आफ्नो उत्कृष्ट छाप छाड्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको मैदान र बलिया प्रतिद्वन्द्वीहरू विरुद्ध नेपालको प्रदर्शन कस्तो रहला? तपाईंको अनुमान कमेन्ट गर्नुहोस्! ✍️👇
#nepalcricket #crickupdateinfo

2 weeks ago | [YT] | 11

Crick update info

नेपालको एकदिवसीय मान्यता संकटमा ! तर विश्वकप छनोट पुग्न अझै छ 'दोस्रो अवसर' !! यसरी खेल्न सक्छ नेपालले एक दिवसीय मान्यता जोगाउँदै विश्वकप !

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने र एकदिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ।

नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्ड्ससँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा आइपुगेको हो।

लिग-२ मा नेपालको निराशाजनक प्रदर्शन सन् २०२४ देखि सुरु भएको यो लिग-२ मा नेपालले हालसम्म ३२ खेल खेलिसकेको छ। जसमा नेपालले मात्र ११ खेलमा जित निकाल्दा १९ खेलमा हार व्यहोरेको छ भने २ खेल नतिजाविहीन बनेका छन्। कुल २४ अंकसहित नेपाल तालिकाको छैटौँ स्थानमा छ।

अब नेपालले ओमानमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ। जहाँ नेपाल, ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।

तर, गणितीय हिसाबले नेपालले बाँकी सबै ४ खेल जिते पनि र चौथो स्थानमा रहेको ओमानले आफ्ना सबै आठ खेल हारे पनि नेपाल शीर्ष चारमा उक्लिने सम्भावना 'असम्भव' जस्तै देखिएको छ। किनभने ओमानको ३१ अंक छ र उसले अझै ८ खेल खेल्न बाँकी छ।

अब कसरी जोगिन्छ नेपालको एकदिवसीय मान्यता?
लिग-२ को शीर्ष चारमा पर्न नसके पनि नेपालको विश्वकप यात्रा र एकदिवसीय मान्यता जोगाउने एउटा अन्तिम ढोका अझै खुला छ। त्यो हो-विश्वकप छनोट प्लेअफ।

आइसिसीको नियम अनुसार लिग-२ को अन्त्यमा पुछारमा रहने चार टोली (जसमा नेपाल पर्ने निश्चित प्रायः छ) र च्यालेन्ज लिगबाट आउने उत्कृष्ट चार टोली गरी कुल ८ टोलीबीच प्लेअफ हुनेछ।

यो प्लेअफ प्रतियोगितामा शीर्ष चारभित्र पर्न सकेमा मात्र नेपालको एकदिवसीय मान्यता अर्को चक्रका लागि कायम रहनेछ र नेपालले जिम्बावे वा अन्य देशमा हुने मुख्य विश्वकप छनोट खेल्न पाउनेछ।

प्लेअफमा कस्ता टोली हुनेछन्?
विश्वकप छनोट प्लेअफमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ती टोलीहरु यस प्रकार हुनेछन्।

१. लिग-२ का पुछारका चार टोली: वर्तमान तालिका अनुसार यसमा नेपाल, नामिबिया, क्यानडा र युएई पर्ने सम्भावना बढी छ।

२. च्यालेन्ज लिगका शीर्ष चार टोली: च्यालेन्ज लिगबाट जर्सी, कुवेत, युगान्डा र इटालीले प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेका छन्।

विश्वकप पुग्ने अन्तिम लक्ष्य यदि नेपालले यो ८ टोली सम्मिलित प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ४ मा स्थान बनाउन सफल भयो भने, नेपाल १० टोली सहभागी हुने 'विश्वकप छनोट' मा पुग्नेछ।

सो मुख्य छनोट प्रतियोगितामा:
• लिग-२ का शीर्ष ४ टोली
• प्लेअफका शीर्ष ४ टोली
• र आइसिसी ओडिआई वरियताका ११औँ र १२औँ स्थानका टोलीहरु रहनेछन्।

यो मुख्य छनोट प्रतियोगिताको शीर्ष चारमा पर्न सफल भएमा मात्र नेपालले २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने विश्वकप खेल्न पाउनेछ। लिग-२ मै संघर्ष गरेको नेपालले विश्वकप छनोटमा शीर्ष चारमा परेर विश्वकप खेल्ने कुरा असम्भव जस्तै छ।

लिग-२ मा सोचेजस्तो प्रदर्शन हुन नसके पनि नेपालका लागि प्लेअफ एउटा यस्तो अवसर हो जहाँ गल्ती सच्याउँदै आफ्नो एकदिवसीय मान्यता जोगाउने लक्ष्यलाई जीवित राख्न सकिन्छ। यसका लागि नेपालले अब ओमान र क्यानडा विरुद्धका बाँकी खेललाई प्लेअफको तयारीको रूपमा लिनु आवश्यक देखिन्छ।
#NepalCricket #CWClLEAGUE2 #NepalCricketTeam

3 weeks ago | [YT] | 37

Crick update info

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।

क्यानले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै उनीहरूको मासिक तलब र म्याच फी सार्वजनिक गरेको हो।

खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ। यसपटक पुरुषतर्फ 'ए+' श्रेणीको नयाँ व्यवस्था गरिएको छ।

पुरुष खेलाडी (३८ जना)

ए + - रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने (मासिक तलब १ लाख २० हजार)

ए - सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी (मासिक तलब १ लाख )

बी - ललित नारायण राजबंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव, गुल्सन झा (मासिक तलब ७५ हजार)

सी - सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी, अनिल शाह (मासिक तलब ५५ हजार)

डेभलवमेन्ट -त्रित राज दास, रसिद खान, सन्तोष यादव, नारायण जोशी, बिपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जि.सी., सागर ढकाल। (मासिक तलब ३५ हजार )

महिला खेलाडी (२५ जना)

ए- इन्दु बर्मा, पुजा महतो, रुविना क्षेत्री, सीता राना मगर (मासिक तलब ५५ हजार)

बी - कविता कुँवर, सम्झना खड्का, मनीषा उपाध्याय (मासिक तलब ४० हजार)

सी - विन्दु रावल, कविता जोशी, रुबी पोदार, रिया शर्मा (मासिक तलब ३० हजार)

डेभलवमेन्ट - रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य, रचना चौधरी (मासिक तलब २५ हजार)

म्याच फी
मासिक तलबका अतिरिक्त पुरुष र महिला दुवै टोलीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेल खेले बापत निम्न अनुसारको म्याच फी प्राप्त गर्नेछन्।
• एकदिवसीय : प्रति खेल १५ हजार
• टी-२० : प्रति खेल १० हजार

अघिल्लो वर्षको तुलनामा ११ खेलाडीले केन्द्रीय सम्झौतामा थप भएका छन्। गत वर्ष कुल ५२ जना खेलाडी सम्झौतामा थिए (३३ पुरुष र १९ महिला)। अहिले कुल ६३ जना खेलाडी छन् (३८ पुरुष र २५ महिला)। यसरी समग्रमा ११ जना खेलाडी थपिएका छन्।

नयाँ सम्झौता पाउने खेलाडी

पुरुषतर्फ : नन्दन यादव, शेर मल्ल, इशान पाण्डे, विनोद भण्डारी, त्रित राज दास, रसिद खान, नारायण जोशी, बिपिन खत्री, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, र अर्जुन साउद।

महिला टोली: रुबी पोदार, सुमन विष्ट, सोनी पाख्रिन, काजल श्रेष्ठ, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, र अस्मिना कर्माचार्य।

सम्झौताबाट हटेका खेलाडी
अघिल्लो वर्षको सूचीमा रहेका तर २०२६ को वर्गीकरणमा नपरेका खेलाडीहरूमा पुरुषतर्फ विवेक यादव, सूर्य तामाङ, अविनाश बोहोरा, मायन यादव, दिपेश कँडेल, रुपेश सिंह, र सुभ कंसाकार रहेका छन्। यस्तै महिला महिलातर्फ अलिशा यादव, करिष्मा गुरुङ, र ज्योत्स्निका मरासिनी सम्झौतामा छैनन्।

श्रेणी बढुवा भएका खेलाडी

पुरुषतर्फ:
रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ए श्रेणीबाट नयाँ सिर्जना गरिएको ए+ मा बढुवा भएका छन्। कुशल भुर्तेल र करण केसी बीबाट ए श्रेणीमा पुगेका छन्। आरिफ शेख र भीम सार्की: सीबाट बीमा बढुवा भएका छन् भने बशिर अहमद, लोकेश बम र शाहब आलम डीबाट सीमा उक्लिएका छन। अर्जुन कुमाल र हेमन्त धामी इमर्जिङ श्रेणीबाट सिधै सीमा पुगेका छन्।

महिलातर्फ:
कविता कुँवर र सम्झना खड्का सीबाट बीमा बढुवा भएका छन् भने मनीषा उपाध्याय डीबाट सिधा बी श्रेणीमा पुगेका छन्। विन्दू रावालले पनि डीबाट सीमा स्थान बनाएकी छन्।

श्रेणी घटुवा भएका खेलाडी
अनिल शाह बीबाट सीमा झरेका छन्। भने महिलातर्फ कविता जोशी बीबाट सीमा झरेका छन्। यो नयाँ वर्गीकरणले विशेष गरी पुरुष टोलीमा ए+ को सुरुवात गरेको छ र नयाँ खेलाडीहरूलाई डेभलवमेन्ट श्रेणी अन्तर्गत समेटेर प्रोत्साहन गरेको देखिन्छ।

तलब बढ्यो
अघिल्लो वर्षको तुलनामा यसपालि (सन् २०२६ को लागि) नेपाली क्रिकेट खेलाडीहरूको मासिक तलबमा केही श्रेणीहरूमा उल्लेख्य वृद्धि भएको छ। स्रोतहरू अनुसार तलबमा भएको परिवर्तनको विवरण निम्न प्रकार छ।

यसपालि नयाँ 'ए+' श्रेणी सिर्जना गरी यसको तलब १ लाख २० हजार तलब तोकिएको छ। अघिल्लो वर्षको सबैभन्दा उच्च तलब ए श्रेणीको १ लाख थियो।

अघिल्लो वर्ष बी श्रेणीको ७० हजार तलब रहेकोमा यसपटक ५ हजार बढाइएको छ।

अघिल्लो वर्ष इमर्जिङ श्रेणीको तलब २५ हजार थियो। यसपालि यसलाई 'विकास' श्रेणीमा राखेर ३५ हजार तलब बनाइएको छ।

श्रेणी ए र सी तलबमा भने कुनै परिवर्तन गरिएको छैन। अघिल्लो वर्ष जस्तै क्रमश एङ्क लाख र ५५ हजार कामय छ।

महिला खेलाडीहरूको हकमा भने सबै श्रेणीमा ५ हजार रुपैयाँका दरले वृद्धि गरिएको छ।
#nepalcricket‪@Crickupdateinfo‬
plz subscribe crick update info for cricket news live match score&audio commentry

2 months ago | [YT] | 5

Crick update info

इन्डियन प्रीमियर लिग र पकिस्तान सुपर लिग धुम धामका साथ चलिरहेको छ ipl मा हिजोको kkr र pbks बिचको खेल बर्षा को कारण ले खेल हुन सकेन । आज RR vs Mi बिच हुने खेल कसले जित्ला ? र psl मा दिपेन्द्र टाइगर प्लेइङ ११मा कहिले पर्लान ? साथीहरू कमेन्ट मा बताउनु होला । क्रीकेट खेलको लाइभ स्कोर र कमेन्ट्री को लागि mix update info chanel मा जोडिनु होला । #Ipl #psl

4 months ago | [YT] | 1

Crick update info

Congratulation 2026 को आइसिसि पुरुष टि -२० बिस्वकप मा नेपालको डिजिटल सन्सारमा पनि सक्तिशाली रुपमा प्रतिबिम्बित भयो । दर्शकहरुको तथ्यांक अनुसार नेपालले प्रतियोगिताको क्रममा जियोहट स्टारमा आश्चर्यजनक १३ करोड ५० लाख भ्युज हरु उत्पन्न गर्यो जुन एक एसोसिएट क्रीकेट रस्ट्रको लागि उल्लेखनीय सङ्ख्या हो ।

6 months ago | [YT] | 3

Crick update info

नमस्कार सम्पुर्ण मा भोलि अर्थात फेब्रुअरी ३ तारीक टि ट्वान्टी बिस्वकप अन्तर्गत नेपाल र यु ए इ बिच हुने वार्म अप खेल को हाइ क्वालिटिमा लाइभ स्कोर र अडियो कममेन्ट्री को साथ मा युटुब मा प्रत्यक्ष लाइभ मा उपस्थित हुनेछु । लाइभ मा जोडियर क्रीकेट खेलको लाइभ स्कोर र कमेन्ट्री को साथ रमाउन सक्नुहुनेछ ।

6 months ago | [YT] | 3

Crick update info

नेपाल क्रीकेट सघ क्यान ले पुजा महतो को कप्तानी मा ए सि सि एसिया कप राइजिङ स्टार प्रतियोगिताको लागि महिला टोलि को घोषणा गरेको छ ।

6 months ago | [YT] | 4

Crick update info

साथिहरु नमस्कार आइपिओ जानकारी र नेपाली खेलकुद क्रीकेट सम्बन्धी जानकारिको लागि mix update info youtube chanal मा जोडिनु हुन अनुरोध गर्दछु । च्यानललाइ साथ दिरहनु भयेकोमा धेरै धेरै धन्यबाद प्रदान गर्दछु

8 months ago | [YT] | 2