सम्पूर्ण धार्मिक कथा, भजन, श्लोक, रामायण, महाभारत, भागवत, गीता, चार वेद, उपनिषद्, अठार पुराण, गुणरत्नमाला , हितोपदेश,शुक्र निती, चाणक्य निती एवम् वार्षिक व्रत कथा एवम् चाडपर्व ध्यान ज्योतिष , योग सम्वन्धी र तपाईंले दैनिक राशिफल, दैनिक पन्चाङ्ग, दैनिक मुहूर्त, दैनिक होरा, ग्रहसँग सम्बन्धित मन्त्रहरु तथा ग्रहशान्तिका उपायहरु, सपनाको शुभ तथा अशुभ फलहरू, ज्योतिष सम्बन्धि विभिन्न जानकारी, वास्तु सम्बन्धि जानकारी, चाडपर्व, रीतिरिवाज सम्बन्धि जानकारी लिन सक्नुहुन्छ ।तपाइले खोजेको भिडियो प्राप्त गर्न Dharmik man(धार्मिक मन) chanel subscribe गर्नुहोला।
Madhusudan Nyaupane
९८४६०१४७८२
madhusudannyaupane97@gmail.com
www.facebook.com/profile.php?id=100009534962134&am…
Dharmik man (धार्मिक मन)
२०८२ कार्तिक ६ गते बिहिबार भाईटीका🙏
👉कार्तिक शुक्लपक्ष द्वित्तीया तिथि।
👉पश्चिम फर्केर दाजुभाईले टीका थाप्नु।
👉टीका समय =११: ३९ बजे ,
👉यदि कुनै कारण ,समय ,परिस्थितिले, तोकिएको समयमा टीका ग्रहण गर्न सम्भव नभएको खण्डमा (हिमाल पञ्चाङ्ग अनुसार) टीका ग्रहण गर्न पर्ने अवस्थामा बार बेला अनुसार शुभ लाभ समय निम्नानुसार रहेको छ /
👉शुभवेला = बिहान ६:९ बजे देखि ७:३४ सम्म,
👉लाभ वेला =११:५३ बजे देखि १:२२ सम्म,
👉अभिजित मुहुर्त =११:२३ बजे देखि १२:१४ , रहेको छ यो अत्यन्त शुभ मुहुर्त हो ।
उज्यालो पर्व शुभ दीपावली हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏
3 months ago | [YT] | 1
View 0 replies
Dharmik man (धार्मिक मन)
#नवदुर्गा #नवरात्री
4 months ago | [YT] | 0
View 0 replies
Dharmik man (धार्मिक मन)
आशीर्वादात्मक स्तोत्र 👏🙏
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
शाब्दिक अर्थ
आयुः द्रोणसुते → द्रोणपुत्र (अश्वत्थामा) जस्तै दीर्घायु होस्,
श्रियः दशरथे → दशरथ जस्तै ऐश्वर्य प्राप्त होस्,
शत्रुक्षयः राघवे → राम (राघव) जस्तै शत्रु नाश होस्,
ऐश्वर्यं नहुषे → नहुष नाशभन्दा पर जस्तै ऐश्वर्य,
गतिः पवने → पवन (हनुमान) जस्तै वेग,
मानं दुर्योधने → दुर्योधन जस्तै मान (प्रतिष्ठा),
शौर्यं शान्तनवे → भीष्म (शान्तनु पुत्र) जस्तै शौर्य,
बलं हलधरे → बलराम (हलधर) जस्तै बल,
सत्यं कुन्तीसुते → युधिष्ठिर (कुन्तीपुत्र) जस्तै सत्य,
विज्ञानं विदुरे → विदुर जस्तै विवेक/ज्ञान,
कीर्तिः नारायणे → भगवान् नारायण जस्तै अमर कीर्ति प्राप्त होस् ।
नेपाली अनुवाद
"तिमीलाई अश्वत्थामा जस्तो दीर्घायु, दशरथ जस्तो ऐश्वर्य, राम जस्तो शत्रु नाश, नहुष जस्तो ऐश्वर्य, हनुमान जस्तो वेग, दुर्योधन जस्तो मान, भीष्म जस्तो शौर्य, बलराम जस्तो बल, युधिष्ठिर जस्तो सत्य, विदुर जस्तो विवेक र नारायण जस्तो अमर कीर्ति प्राप्त होस् ।"
ॐ चण्डिकादेवीलाई नमस्कार छ ।
१. जयन्ती – सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी देवीको नाम जयन्ती हो ।
२. मङ्गला – भक्तहरूको जन्म-मरण आदि संसार-बन्धनको हटाउने, मोक्ष प्रदान गर्ने देवीको नाम मङ्गला हो ।
३. काली – प्रलय हुँदाको समयमा सम्पूर्ण सृष्टिलाई आफ्नो ग्रास (समाहित/निवाला) बनाउने देवीको नाम काली हो ।
४. भद्रकाली – भक्तहरूलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्ने देवीको नाम भद्रकाली हो ।
५. कपालिनी – हातमा कपाल र घाँटीमा मुण्डमाला धारण गर्ने देवीको नाम कपालिनी हो ।
६. दुर्गा – अष्टंगयोग, कर्म एवं उपासनारुप कठिन साधनबाट प्राप्त हुने देवीको नाम दुर्गा हो ।
७. क्षमा – सम्पूर्ण जगत्को जननी भएको कारणले सबैको अपराध क्षमा गर्ने देवीको नाम क्षमा हो ।
८. शिवा – सबैको कल्याण गर्ने जगदम्बा देवीको नाम शिवा हो ।
९. धात्री – सम्पूर्ण प्रपन्चहरूको (छलकपट, लडाइँ, झगडा) कारण धारण गर्ने देवीको नाम धात्री हो ।
१०. स्वाहा – स्वाहारुपमा यज्ञभागको ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने देवीको नाम स्वाहा हो ।
११. स्वधा – स्वधारुपमा श्राद्ध र तर्पणको स्वीकार गरेर पितृहरूको पोषण गर्ने देवीको नाम स्वधा हो ।
#सङ्कल्प #नवदुर्गा #नवरात्री
4 months ago | [YT] | 0
View 0 replies
Dharmik man (धार्मिक मन)
चान्द्रमास अनुसार भोलि श्रावणको पहिलो सोमबार रहेको छ। व्रत बस्नुहुनेले भोलि बाट नै सुरु गर्नुहोला ।
6 months ago | [YT] | 0
View 0 replies
Dharmik man (धार्मिक मन)
आज हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी एकादशी पर्व मनाइन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रमा उल्लेख छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्द्छु।।
7 months ago | [YT] | 1
View 0 replies
Dharmik man (धार्मिक मन)
आज अषाढ १५ धान दिवश तथा दहि चिउरा खाने दिन सबैमा शुभकामना
7 months ago | [YT] | 1
View 0 replies
Dharmik man (धार्मिक मन)
हरि ॐ
एकादशी श्राद्ध २३ गते शुक्रवार
निर्जला एकादशी व्रत २४ गते शनिबार
(निर्जला एकादशी)
8 months ago | [YT] | 0
View 0 replies
Dharmik man (धार्मिक मन)
ऐतिहासिक कालीगण्डकी पदयात्रा आजबाट प्रारम्भ हुँदै।यो यात्राले कालीगण्डकी संरक्षण,आध्यात्मिक जागरण,आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।जो जहाँ हुनुहुन्छ जसरी सक्नुहुन्छ सहभागी भएर सफल पारौं।जय कालीगण्डकी।
8 months ago | [YT] | 0
View 0 replies
Dharmik man (धार्मिक मन)
9 months ago | [YT] | 4
View 0 replies
Dharmik man (धार्मिक मन)
बैशाख संक्रान्ती शुभ फल हेर्नू चिन्ता नलिग्नु आफ्नो आफ्नो शरीरको कुन अंगमा परेको छ ।
9 months ago | [YT] | 6
View 0 replies
Load more