Syangjali Vlogger.


Rajiv Karki

ल हेर्नुस् ३ बर्ष पहिले काे अर्गानिक भिडियो Old memories of my village Lifestyle.
https://youtu.be/hiM-oD0fsaw

1 day ago | [YT] | 2

Rajiv Karki

Hello guys सबैजनालाई नमस्कार मैले केही दिन भयो तपाईँहरूलाई कुनै पनि अपडेट गर्न सकेको छैन किनभने म अहिले युट्युबमा भिडियो बनाए पनि तपाईँहरूसमक्ष अपलोड गर्न सकिरहेको छैन तर अब केही दिनमै मैले एउटा विशेष भिडियो लिएर आउँदैछु। प्रतीक्षामा रहनुहोला तपाईँहरू आरामै हुनुहुन्छ भन्ने पूर्ण विश्वास गरेको छु। धन्यवाद।

2 days ago | [YT] | 26

Rajiv Karki

New video is out on another channel

3 days ago | [YT] | 2

Rajiv Karki

सर्प भएको ठाउँमा क्यामेरा लगाइयो। यो भिडियो हेर्नुभयो।।
https://youtu.be/3yJi8zWsITM

1 week ago | [YT] | 0

Rajiv Karki

Another King Cobra 🐍 is here https://youtu.be/xt-mx235gUE

2 weeks ago | [YT] | 3

Rajiv Karki

फेरि पनि अर्को राजगमन सर्प देखा परेको छ र यो पहिलो चरणमा भिडियो प्रस्तुत गरेको छु र यो भिडियो सम्बन्धी निकै धेरै कुराहरु अघिपछि आइरहेका छन् सम्पूर्ण कुराहरू तपाईँलाई मैले विस्तृतमा भिडियोमा देखाइरहनेछु हेर्दै गर्नुहोला धन्यवाद।

https://youtu.be/0I-XokSbWxM

2 weeks ago | [YT] | 25

Rajiv Karki

सुचना:

स्याङ्जा फेदीखोला ५ मा देखिएको राजगाेमन सर्प(King Cobra)को गुडमा पोखराका रोहित गिरीको आँखा परिसकेको छ। र साथसाथमा पोखराका सर्प उद्धारकर्ता आर्सन क्षेत्री पनि हुनुहुन्छ।

हिजो मात्र सर्प बसेको ठाउँको स्थलगत अवलोकन गरेर जनचेतनाका लागि एउटा पोस्टर पनि टास गरिएको छ, #becareful

अबको केही दिनमा सर्प सम्बन्धी सामाजिक जनचेतनामूलक कार्यक्रमको पनि आयोजना गरिँदैछ। #SocialAwareness

यो सर्पलाई कसरी उद्धार गर्ने भन्ने बारेमा योजना पनि बनाइराख्नुभएको छ र रोहित गिरी को हुन् भनेर विस्तृतमा तल पढ्नुहोस्। #information

रोहित गिरी नेपालका चर्चित सर्प उद्धारकर्ता, संरक्षणकर्मी, फिल्ड बायोलोजिस्ट र हर्पेटोलोजी (सर्प तथा उभयचर अध्ययन) मा सक्रिय अनुसन्धानकर्ता हुन्। उनी मूलतः पोखराका हुन् र बाल्यकालदेखि नै सर्प संरक्षणमा संलग्न छन्। #snakerescue

उनका प्रमुख योगदानहरू:
हजारौं सर्पहरूको सुरक्षित उद्धार र पुनः प्राकृतिक वासस्थानमा छाड्ने काम गरेका छन्। #snake

सर्पबारे जनचेतना फैलाउने, सर्प नमार्न र सुरक्षित रूपमा उद्धारकर्तालाई खबर गर्न आग्रह गर्ने अभियान चलाउँदै आएका छन्। #socialworker

सर्प संरक्षण तथा अनुसन्धानसँग सम्बन्धित वैज्ञानिक अध्ययनमा पनि संलग्न छन्। #conservation

नेपालका वनकर्मीहरूलाई सर्प उद्धार र ह्यान्डलिङ सम्बन्धी तालिम पनि दिएका छन्। #trainer

उहाँको कामको मुख्य उद्देश्य मानिस र सर्पबीच सुरक्षित सहअस्तित्व कायम गर्नु र अनावश्यक रूपमा सर्प मारिने क्रम घटाउनु हो। ।#animallover

#snake #kingcobra #syangja #pokhara #snakerescue #fypageシ #fbpostviral #govairl

2 weeks ago | [YT] | 16

Rajiv Karki

नमस्कार सबैलाई फेरि पनि स्याङ्जा जिल्ला फेदी खोला गाउँपालिका वडा नं २ बडा चौरमा यस्तो खालको नाग सर्प देखिएको छ यो सर्प कस्तो प्रजातिको कुन सर्प हो भनेर तपाईंहरुलाई थाहा छ भने कमेन्टमा लेख्नुहोला, करिब डेढ महिनादेखि बडाचौरको एउटा गोठमा बस्दै आइरहेको यो सर्प कहिले देखिने कहिले लुक्ने कहिले मुन्टो ठाडो पारेर बसिराख्ने अवस्थामा घरको मान्छेहरूलाई निकै दुःख दिइसकेपछि मेरो सहयोगमा पोखराका सर्प उद्धारकर्ता आर्सन क्षेत्रीलाई बोलाएर यो सर्पलाई त्यहाँबाट उद्धार गरेर कहिँ कतै टाढा लगेर छोडिएको छ भिडियो पर्सी बिहान मात्र आउनेछ प्रतीक्षा गर्नुहोला है त।

3 weeks ago | [YT] | 23

Rajiv Karki

Alert 🚨 भाेली बिहान ६ बजे हाम्रो भाइ विक्रमको शुभ विभागको भिडियो सार्वजनिक हुँदैछ प्रतिक्षा गर्नुहोला र मनमा लागेका कमेन्ट गर्न नबिर्सनु होला हैत।

4 weeks ago | [YT] | 10