GORUBATHAN WEB

गोरामुमो अध्यक्ष मन घिसिङको उपस्थितिमा दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न


दार्जीलिङ, 25 जनवरी ; गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यलय दार्जीलिङमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा बस्यो । सभालाई केन्द्रीय समिति मुल सचिव पुरण राईले संचालन गरेकका थिए । गोरामुमो अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा सम्पन्न भएको सभामा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सम्पुर्ण समष्टिका अध्यक्ष अनि सचिवहरु साथै दार्जीलिङ ब्राञ्च कमिटीका प्रतिनिधिबर्ग उपस्थिति रहेका थिए। सभामा सांङठनिक विषय लिएर गोरामुमो केन्द्रीय समिति अध्यक्ष मन घिसिङ द्वारा पार्टीको भावी रणनीति बारे जानकारी गराउदै दिशानिर्देशन जारी गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् यसैक्रममा सभामा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाले आफ्नो वक्तब्य राख्दै भने केन्द्र सरकारले नियुक्त गरेको अन्तर्वार्ताकार पंकज कुमार सिंहलाई पार्टीको तर्फबाट गोर्खा जातिको निम्ति आफ्नो मुद्धा राम्रो संग राखि दिएकोमा दार्जीलिङ ब्राञ्च कमिटी अनि समष्टिको तर्फ बाट पार्टी अध्यक्ष मन घिसिङ लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौं । यसबाट गोर्खा जातिको न्यायको निम्ति आगामी दिनहरुमा थप बल पुग्नेछ छ भनी विश्वास गर्दछौं । आजको यस सांङ्ठनिक सभामा दार्जीलिङ ब्राञ्च कमिटी साथै समष्टि कमिटीका प्रतिनिधिबर्गलाई अध्यक्ष मन घिसिङ द्वारा पार्टीको भावी रणनीति विषयमा जानकारी गराउदै साथै संगठन बिस्तारको निम्ति दिशानिर्देशन दिनु भएकोमा अध्यक्ष मन घिसिङ प्रति आभारी छौं भनी एमजी सुब्बाले जनाएका छन् ।

10 hours ago | [YT] | 0

GORUBATHAN WEB

प्रेस विज्ञप्ति
25 जनवरी 2026

विपक्षी सभासदहरूले इन्टरलोक्युटरसंग भेट गर्ने। हामीलाई गोर्खाल्याण्ड बाहेक अरू केही चाहिँदैन: अजय एडवर्डस


वी वान्ट गोर्खाल्याण्ड ... यो गोर्खाहरूको माग हो।गोर्खाल्याण्ड मागको सन्देश भोली हामी इन्टरलोक्युटर पंकज कुमार सिंह समक्ष पुराउने छौं यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा आज सम्पन्न भयो।आयोजित कर्मी सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य एन0वी0 खवास,पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।कर्मी सभालाई सम्बोधन गर्ने क्रममा आईजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले वी वान्ट गोर्खाल्याण्डको नारा लगाउदै यो नारा अनि गोर्खाल्याण्डको माग समस्त भारतीय गोर्खाहरूको हो।भोली शनिबार जीटीए सभाको विपक्षी सभासदहरू इन्टरलोक्युटर पंकज कुमार सिंहसंग भेट गर्न जाँदैछौ।इन्टरलोक्युटर सिंहसंगको भेटवार्तामा हामी भारतीय गोर्खाहरूको दीर्धकालिन माग अलग राज्य गोर्खाल्याण्डको कुरा राख्ने छौ।अलग राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरूको दीर्धकालिन समस्याको समाधान हुनेछ।हामीले अलग राज्य गोर्खाल्याण्ड बाहेक अरू केही चाहिँदैन।राज्यभित्रको कुनै पनि व्यवस्थाहरूले गोर्खाहरूको समस्याको समाधान हुँदैन,त्यसकारण हामीलाई अलग राज्य गोर्खाल्याण्ड चाहिन्छ संयोजक एडवर्डसले बताए।इन्टरलोक्युटर पंकज कुमार सिंह समक्ष हामी अलग राज्य गोर्खाल्याण्ड बाहेक अरू कुनै कुरा राख्ने छैनौ साथै इन्टरलोक्युटर सिंहलाई भारतीय गोर्खाहरूको दीर्धकालिन माग अलग राज्य गोर्खाल्याण्डको माग केन्द्र सरकार समक्ष पुराई दिने हामी अनूरोध गर्ने छौ।अलग राज्य गोर्खाल्याण्डको माग पहाड तराई डुवर्स साथै भारतभरि छरिएर बसेको भारतीय गोर्खाहरूको माग हो।


- अजय एडवर्डस
संयोजक
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट
केन्द्रीय कार्यालय
दार्जीलिङ।

10 hours ago | [YT] | 1

GORUBATHAN WEB

प्रेस विज्ञप्ति...

क्रामाकपाको एक शिष्ट मण्डलीले केन्द्र सरकारद्वारा दार्जिलिङ तराई डुवर्सको गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्न नियुक्त गरिएको इन्टरलोक्युटर पंकज कुमार सिंहलाई आज भेट गर्यो। उक्त शिष्ट मण्डलीमा क्रामाकपा अध्यक्ष जे० बी० राई, महासचिव नर्बु लामा, प्रवक्ता अरूण घतानी, संगठन प्रमुख शेखर छेत्री लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। प्रतिनिधि टोलीले एक सूत्री मांग अलग राज्य गोर्खाल्यान्ड गठन गरेर गोर्खाहरूलाई भारत सरकारले न्याय गरिनुपर्ने दावी सहितको एक स्मारक पत्र पेश गरियो। श्री सिंहलाई गोर्खाल्याण्डको आवश्यकता र पहाड तराई डुवर्सको स्थिति माथि बुँदागत रूपमा विस्तारित चर्चा गरियो।

13 hours ago | [YT] | 0

GORUBATHAN WEB

सरस्वती पूजा तथा बसन्त पञ्चमीको शुभकामना ....

2 days ago | [YT] | 4

GORUBATHAN WEB

१. डुवर्सको राजनीतिक संरचना : “सीट जित्ने क्षेत्र, प्रतिनिधित्व होइन”
डुवर्स पश्चिम बंगालको त्यस्तो क्षेत्र हो जहाँ:
जातीय मिश्रण धेरै छ (आदिवासी, राजबंशी, बंगाली, मुस्लिम, गोर्खा)
कुनै पनि समुदाय एक्लैले बहुमत बनाउँदैन चुनाव “कास्ट–कोअलिसन” मा जितिन्छ यसले गर्दा पार्टीहरू उम्मेद्वार चयन गर्दा प्रतिनिधित्व होइन, जितको सम्भावना हेर्छन्।

गोर्खा समुदाय:
२०–३५% वरिपरि धेरै क्षेत्रमा छन ।
निर्णायक भए पनि निर्णायक बहुमत होइन यसैले पार्टीहरूको सोच:

“गोर्खा उम्मेद्वार नदिए पनि गोर्खा मत त चाहिँ चाहिन्छ।”
२. पार्टीहरूको मूल रणनीति : “गोर्खा मत + गैर–गोर्खा उम्मेद्वार = सुरक्षित जित”
मुख्य दलहरू (TMC, BJP, CPI(M), Congress) ले प्रायः यस्तो गणित बनाउँछन्:
उम्मेद्वार : बहुसंख्यक वा तटस्थ समुदायबाट
मत : गोर्खा + आदिवासी + अल्पसंख्यक मिलाएर
यदि गोर्खा उम्मेद्वार दिइयो भने:
अन्य समुदाय डराउने
“जातीय राजनीति” को आरोप लाग्ने
ध्रुवीकरण बढ्ने त्यसैले गोर्खालाई मतदाता बनाइन्छ, उम्मेद्वार होइन।

३. गोर्खा मत “भावनात्मक र अनुशासित” ठानिने गलत तर खतरनाक धारणा दलहरू गोर्खाबारे यस्तो धारणा राख्छन्:

गोर्खा मतदाता अनुशासित हुन्छन्
संगठनको निर्णय मान्छन् अन्तिममा “कम खराब” पार्टीलाई भोट हाल्छन्
यसैले:
“टिकट नदिए पनि भोट त अन्तिममा हामीलाई नै आउँछ।”

*यो सोचले गोर्खालाई स्थायी रूपमा दोस्रो दर्जाको राजनीतिक हैसियत मा राखेको छ।*_
४. गोर्खा नेतृत्वको सबैभन्दा ठूलो कमजोरी : विभाजन र असंगठित शक्ति
यो सबैभन्दा निर्णायक कारण हो।
डुवर्समा गोर्खा राजनीति:
धेरै संगठन (AGOSS, DGSM, GJMM धाराहरू, अलग–अलग मोर्चा)
धेरै पार्टी (TMC समर्थक, BJP समर्थक, वाम समर्थक)
साझा उम्मेद्वारको संस्कृति छैन
फलस्वरूप:
एउटै क्षेत्रमा ३–४ गोर्खा दाबेदार
मत विभाजन
हार सुनिश्चित
पार्टीहरूको निष्कर्ष:

“गोर्खा एकजुट छैनन्, दबाब दिन सक्दैनन्, जोखिम लिनु पर्दैन।”

५. केन्द्र र राज्यको डर : “गोर्खा उम्मेद्वार जिते भने पहिचान मुद्दा बलियो हुन्छ”

यो धेरै गहिरो राजनीतिक डर हो।
गोर्खा उम्मेद्वार जितेपछि सम्भावित मागहरू:
Gorkhaland / Autonomy
जनजाति मान्यता
भाषा, पहिचान, भूमि अधिकार
डुवर्समा अलग प्रशासनिक माग
यी सबै:
राज्यको एकता
भूमि राजनीति
आदिवासी–राजबंशी समीकरण
लाई चुनौती दिन्छ।
त्यसैले रणनीति:
“गोर्खालाई जित्न नदिने, जिताए पनि सीमित प्रभावमा राख्ने।”
६. टिकट वितरणको भित्री राजनीति : पैसा, पहुँच र संगठन
आजको चुनावमा टिकट पाउने मुख्य आधार:
पैसा
पार्टीभित्र पहुँच
दिल्ली / कोलकातासँग सम्बन्ध
ठूला समूहको समर्थन
डुवर्सका धेरै गोर्खा नेताहरू:
आर्थिक रूपमा कमजोर
राज्यस्तर नेतृत्वमा पहुँच कम
संगठन स्थानीय स्तरमै सीमित
यसैले टिकट दौडमा सुरुदेखि नै पछाडि पर्छन्।
७. ऐतिहासिक पृष्ठभूमि : डुवर्सलाई “बफर जोन” बनाइयो
इतिहासमा डुवर्स:
पहाड–मैदानको बीचको संवेदनशील क्षेत्र गोरखाल्याण्ड आन्दोलनको प्रभाव क्षेत्र सुरक्षा र प्रशासन दृष्टिले संवेदनशील
यसैले सरकारको दीर्घकालीन नीति:
यहाँ जातीय शक्तिशाली प्रतिनिधि नउत्पन्न हुने सधैं मिश्रित, कमजोर, नियन्त्रणयोग्य नेतृत्व राख्ने
यसले गोर्खा उम्मेद्वारलाई संरचनात्मक रूपमा रोक्ने काम गरेको छ।
८. परिणाम : “मतदाता धेरै, प्रतिनिधि शून्य” अवस्था
आज डुवर्समा स्थिति:
गोर्खा मत निर्णायक
तर विधायक, मन्त्री, प्रभावशाली नेता न्यून नीति निर्माणमा आवाज कमजोर
माग सधैं “याचना” मा सीमित
यो अवस्था:
राजनीतिक उपनिवेश जस्तै
जहाँ मत लिइन्छ, अधिकार दिइँदैन।
९. अब के गर्नुपर्छ ? (रणनीतिक निष्कर्ष)
यदि डुवर्समा गोर्खा उम्मेद्वार स्थापित गर्नुपर्छ भने अनिवार्य कदम:
(क) साझा गोर्खा राजनीतिक मोर्चा
सबै संगठन मिलेर
एक क्षेत्र = एक गोर्खा उम्मेद्वार
मत विभाजन बन्द
(ख) पार्टीहरूलाई स्पष्ट सन्देश
“टिकट नदिए गोर्खा मत सामूहिक रूपमा अलग उम्मेद्वारलाई।”
यो नबनेसम्म कुनै पार्टी दबाबमा आउँदैन।
(ग) स्थानीय आन्दोलनबाट विधान सभासम्म सीधा दबाब
जनसभा हस्ताक्षर अभियान
सार्वजनिक घोषणा मिडिया प्रयोग
(घ) पहिचान मुद्दा + विकास मुद्दा सँगै
खाली जातीय होइन:
चिया बगान
रोजगारी
शिक्षा
स्वास्थ्य
संग जोडेर उम्मेद्वार तयार पार्नुपर्छ।
अन्तिम निष्कर्ष (कडा तर सत्य)
डुवर्समा गोर्खा उम्मेद्वार नदिनुको कारण:
पार्टीहरूको षड्यन्त्र मात्र होइन
गोर्खा राजनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार राज्यको दीर्घकालीन नियन्त्रण नीति र गोर्खा मतलाई “सस्तो र सुरक्षित” ठान्ने सोच जबसम्म गोर्खा समुदाय:
एकजुट हुँदैन मतलाई हतियार बनाउँदैन
आफ्नै उम्मेद्वार जिताउने शक्ति देखाउँदैन तबसम्म:

*भोट त गोर्खाको*,
*कुर्सी अरूको*

*डुवर्समा एउटा जातिय संगठन हुँदा हुँदै अर्को जातिय संह्गठन गठन गर्ने आह्रिसे प्रवृत्ति र प्रतिद्वन्दि गर्नु जाति र एकतालाइ कमजोर बनाउनु हो*

यो यथार्थ किन बदलिँदैन*

- सघन मोक्तान

3 days ago | [YT] | 2

GORUBATHAN WEB

प्रेस विज्ञप्ति
*भिख मागेर पाएको अन्नले हाम्रो जातिको पेट कहिल्यै भरिँदैन*
*जडौदी कात्रोले हाम्रा शहीदहरूको बलिदान ढाक्न सक्दैन*
*हाम्रो निम्ति स्वाभिमान कुनै सौदा होइन*,
*हाम्रो पहिचान नै हाम्रो अस्तित्व र सर्वोच्च शक्ति हो।*

आज मिति २२ जनवरी २०२६, बिहिबार, राजाडाँगा, ओदलाबारीमा आदिवासी गोर्खा संयुक्त समिति (आगोसस) को एक ऐतिहासिक तथा निर्णायक जरुरी सभा क्रान्ति ब्लक अन्तर्गत राजाडाँगामा श्रीमान डि के बिश्वकर्माको सभापतित्वमा भव्य रूपमा सम्पन्न भयो।
उक्त सभाले राजाडाँगा क्षेत्रमा आगोससको अलग शाखा गठन गर्दै संगठन विस्तारको दिशामा एक दृढ र ऐतिहासिक कदम अघि बढाएको छ। सभामा चेल कुमलाई तथा आसपासका क्षेत्रका नागरिकहरूको व्यापक, उत्साहजनक र सचेत सहभागिता रहेको थियो, जसले जातीय स्वाभिमान र पहिचानको आन्दोलनप्रति जनसमर्थन झल्काएको छ।
सभाबाट सर्वसम्मत रूपमा निम्न महानुभावहरूलाई राजाडाँगा शाखा कार्यकारिणी समितिमा नियुक्त गरिएको छः

*नवगठित शाखा कार्यकारिणी समिति*
सल्लाहकार: श्रीमान बुद्धिमान बिश्वकर्मा
अध्यक्ष – श्रीमान रबि बिश्वकर्मा
उपाध्यक्ष – श्रीमान बिकाश बिश्वकर्मा
उपाध्यक्ष – श्रीमती संगिता राई
महासचिव – श्रीमान कृष्ण राई
सह–सचिव – श्रीमान चित्र बहादुर राई
कोषाध्यक्ष – श्रीमान बिकाश बिश्वकर्मा
सह–कोषाध्यक्ष – श्रीमती अफसरा बिश्वकर्मा
*कार्यकारी सदस्यहरू*
राजिव बिश्वकर्मा, कुशल राई, प्रदिप बिश्वकर्मा, पुष्प माया, शर्मिला बिश्वकर्मा, सिता बिश्वकर्मा, साईला विश्वकर्मा, साइला बिश्चकर्मा, अम्बर राई, गबु शेर्पा, दिलिप राई, राम बहादुर राई, अर्मान बिश्वकर्मा, रत्ना बिश्वकर्मा,
उल्लेखनीय छ कि राजाडाँगा क्षेत्रमा आगोससको शाखा गठन गर्ने निर्णय अघिल्ला बैठकहरूमै भइसकेको थियो। आजको सभाले त्यस निर्णयलाई मूर्तरूप दिँदै संगठनलाई जमिनसँग जोडिएको जनआन्दोलनको रूपमा सुदृढ बनाएको छ।यसै
सभामा *डुवर्स गोर्खा संघर्ष मोर्चा (डिजिएसएम)* डुवर्सको गोर्खाहरुको राजनीतिक, सामाजिक र ऐतिहासिक भूमिकाबारे गम्भीर छलफल गर्दै यसको आन्दोलनात्मक एजेन्डा जनस्तर सम्म पुर्‍याउने संकल्प व्यक्त गरियो। उपस्थित सबैले जातीय अधिकार, पहिचान र स्वाभिमानको आन्दोलनमा कन्धा मिलाएर अघि बढ्ने अटल प्रतिबद्धता जाहेर गरे।
यसै अवसरमा, आगामी मिति ८ फेब्रुअरी २०२६ आईतवार को दिन आगोसस र नियोटिया अस्पताल, शिलिगढीको संयुक्त तत्वावधानमा स्थानीय प्राथमिक पाठशाला, दुम्सीगढामा आयोजना हुने निःशुल्क मेडिकल क्याम्पबारे नागरिकहरूलाई विस्तृत जानकारी दिइयो। यो कार्यक्रम जनस्वास्थ्य प्रतिको आगोससको समाजप्रति प्रतिबद्धताको सशक्त उदाहरण हो भन्दै सबैलाई यस सेवाको अधिकतम लाभ लिन हार्दिक आह्वान गरियो। सभामा
केन्द्रीय समिति अध्यक्ष श्रीमान सघन मोक्तान, ओदलाबारी शाखाबाट श्रीमान गणेश राई र श्रीमती रुपा राई, तारघेरा शाखाबाट श्रीमान अर्जुन छेत्री, बचन राणा र सुश्री लक्ष्मी छेत्री,
तथा दुम्सीगढा शाखा अध्यक्ष श्रीमान डी.के. विश्वकर्माको नेतृत्त्व तथा कार्यकर्ताहरूको गरिमामय उपस्थिति रहेको थियो।

यो सभा आदिवासी गोर्खा समुदायको अधिकार, अस्तित्व र पहिचानको संघर्षलाई अझ संगठित, सशक्त र निर्णायक दिशातर्फ लैजाने अर्को महत्वपूर्ण मोड सावित भएको छ।

प्रेषित
अर्जुन छेत्री
अध्यक्ष
आदिवासी गोर्खा संयुक्त समिति (आगोसस) तारघेरा शाखा
ओदलाबारी।

3 days ago | [YT] | 4

GORUBATHAN WEB

अन्तर्राष्ट्रिय स्तरमा राम कथा प्रवचन गरी सकेकी कालेबुङकी छोरी बाल विदुषी देवी कीर्ति किशोरीजीद्वारा कालेबुङमा पनि दिव्य राम कथा प्रवचन गरिने।

3 days ago | [YT] | 4

GORUBATHAN WEB

दार्जीलिङ्ग नगरपालिका, वार्ड नम्बर 28 का पार्षद कल्पना शेर्पा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भइन्। उनी GJM पार्टीका पार्षद थिइन्।

6 days ago | [YT] | 8

GORUBATHAN WEB

गोरुबथान पञ्चायत समितिका कर्माध्यक्ष शिशिर प्रधान मातृ शोकमा …


गोरुबथान पञ्चायत समितिका कर्माध्यक्ष तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति 43 नम्बर समष्टिका सचिव शिशिर प्रधान मातृ शोकमा परेका छन्। उनका आमा जगत कुमारी प्रधानको हिज साँझ करिब 4 बजे सिलिगुडीको एउटा निजी नर्सिङ होममा निधन भएको थियो।
स्व. जगत कुमारी प्रधान मधुमेह रोगबाट पीडित थिए भने उपचारकै क्रममा वहाँको देहावसान भएको परिवारजनले जानकारी दिएका छन्। उनले आफ्ना पति हेमन्त प्रधान, तीन छोराहरु क्रमैले अमीर प्रधान, शिशिर प्रधान र सरद प्रधान, बुहारीहरु रेणु, दिप्ती र सलिना प्रधान लगायत नाता - नातिनीलाई छाडेर गएकी छिन्।
यस दुःखद घडीमा क्षेत्रीय कार्यकारी सभासद रतन थापा अनि गोरुबथान पञ्चायत समितिका सभापति सुर्यमणि राईले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। आगामी 20 जनवरीको दिन हिन्दू परम्परा अनुसार दाह संस्कार गरिने भएको परिवार सुत्रले जनाएको छ।

1 week ago | [YT] | 5

GORUBATHAN WEB

सिलगढीमा सुविन भट्टराई र डा. नवराज केसीसँग साहित्यिक संवाद कार्यक्रम सम्पन्न


सिलगढी ।

नेपाली समकालीन साहित्यका चर्चित सर्जक सुविन भट्टराई र डा. नवराज केसीको उपस्थितिमा सिलगढीमा एक विशेष साहित्यिक संवाद कार्यक्रम सम्पन्न भएको छ। हम्रो किताब घर र क्याफे दी ट्वीन्सको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पाठक, सर्जक र साहित्यप्रेमीहरूलाई एउटै मञ्चमा जोड्न सफल भएको छ।
कार्यक्रममा डा. नवराज केसीसँग वरिष्ठ पत्रकार अनुराधा शर्मीले “जीवनको मूल्य” विषयमा अर्थपूर्ण संवाद गरेकी थिइन्। संवादमा जीवन, मानवीय मूल्य, चेतना र साहित्यको सामाजिक भूमिकाबारे गहिरो छलफल गरिएको थियो।
त्यस्तै, लेखक सुविन भट्टराईसँग कवि अजित विश्व वियोगीले “पुस्तक, प्रेम र नयाँ पुस्ता” विषयमा संवाद गरेका थिए। संवादका क्रममा सुविन भट्टराईले नयाँ पुस्ताको सोच, प्रेमको अभिव्यक्ति र समकालीन साहित्यप्रतिको रुचिबारे आफ्ना अनुभव प्रस्तुत गरे।
कार्यक्रमको सुरुआत क्याफे दी ट्वीन्सकी संस्थापक लेखा राईको स्वागत सम्बोधनबाट भएको थियो। कार्यक्रममा सहभागी सर्जक सुविन भट्टराई र डा. नवराज केसीलाई वरिष्ठ कविहरू मोहन ठकुरी र ज्ञानेन्द्र खतिवाडाले खदा–माला अर्पण गर्दै सम्मानपूर्वक स्वागत गरेका थिए।
कार्यक्रममा कवि प्रणय शंकर र दावा योन्जनले कविता पाठ गर्दै साहित्यिक वातावरणलाई अझ जीवन्त बनाएका थिए। उनीहरूको कविताले दर्शक–पाठकबाट उत्साहजनक प्रशंसा पाएको थियो।
नेपालको प्रख्यात प्रकाशन गृह फाइन प्रिन्टको टोलीलाई बेथल इनफ्रा प्रोजेक्ट लिमिटेडका निर्देशक अमृत विश्वकर्माले खदा–माला लगाएर स्वागत जनाएका थिए। यस अवसरमा फाइन प्रिन्टका सह–संस्थापक निरज भारीले कार्यक्रमलाई सम्बोधन गर्दै भने,
“भारतको लेखकको कृति ‘उरमाल’ले मदन पुरस्कार पाउँदा पुरस्कार आफैँ सम्मानित भएको छ। सर्जकहरूले जीवनका लागि लेख्नुपर्छ — त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो।”

कार्यक्रमको अन्त्यमा निर्देशक अमृत विश्वकर्माले साहित्य समाजको अभिन्न अङ्ग भएको उल्लेख गर्दै भने,
“साहित्यिक अभियानसँग जोडिन पाउनु हाम्रा लागि गर्वको विषय हो। यसअघि ‘उरमाल यात्रा’मा जोडिन पायौँ, जुन कृतिले मदन पुरस्कार जित्यो। साहित्य र हाम्रो यो सम्बन्ध सधैँ अटल रहनुपर्छ।”

कार्यक्रमपछि उपस्थित पाठकहरूले सर्जकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै किताब हस्ताक्षर (बुक साइनिङ) गराएका थिए। यसले पाठक–सर्जक सम्बन्धलाई अझ नजिक बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

सिलगढी, दार्जीलिङ, सिक्किम, डुवर्स तथा आसपासका क्षेत्रका साहित्यप्रेमी, पाठक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन हम्रो किताब घरका संस्थापक छेवाङ योञ्जनले गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

1 week ago | [YT] | 5