Nepal’s first tabloid-style web news portal and multimedia platform.


Kurakani360

अलिकति चोरेर दाग जुनको
अलिकति टिपेर रंग ईन्द्रेणीको
अनि
एउटा फूल सिउरिएर केशमा
तिमीले मान्छे मान्दैनौ मलाई
तर
मलाई मान्छे नै हुनु छ तिम्रो देशमा ।
-गुलाबी
अभिनेता नाजिर हुसेनले यहि कविता मार्फत फिल्म गुन्यू चोलीको पोष्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले अलिकति दाग जूनको मात्रै चोरेनन्, बलिउड अभिनेता रनविर सिंहको पूराका पूरा शैली पनि चोरे । अलिकति इन्द्रेणीको रंग मात्रै टिपेनन्, प्रमोसनका पुरा तरिका नै टिपे । हुन त यस्ता चोरी या टिपाईलाई पछ्याएको अर्थात फलो गरेको अझै एड्भान्स भाषामा भन्दा इन्सपाएर भएको भन्छन् क्यारे, कि के हो ? तपाईलाई लागेका कुरा कमेन्ट गर्न सक्नुहुन्छ ।
नाजिरले इन्ष्टाको सबै पोष्टहरु लुकाएर यहि फिल्मको पोष्ट मात्र देखाएका छन् ।
गएको हप्ता मात्रै बलिउडका अभिनेता रनविर सिंहले धुरन्धर नामको फिल्मको ट्रेलर सार्वजनिक गरेका थिए, नाजिरकै शैलीमा । अहिले पनि उनको इन्ष्टामा त्यही एउटा पोष्ट मात्र देख्न सकिन्छ ।
यसरी हेर्ने हो भने हाम्रा कलाकारहरु पनि बलिउडका कलाकार जस्तै बन्ने दौडमा छन् । एक हप्ताको दुरीमा छ बलिउड । थोरै स्पीड बढाए हामी बलिउड भन्दा अगाडि पुग्नेछौं । आशा गरौं कुनै दिन हामीबाट पनि हलिउड बलिउडले इन्पिरेसन लिनेछ ।
पुरा पोष्ट: kurakaanee.com/kuraute/67028/

10 months ago | [YT] | 1

Kurakani360

आज सिथि नख: अर्थात नेवा समुदायले मनाउने एक महत्वपूर्ण सांस्कृतिक नख: अर्थात चाड।
प्रत्येक वर्ष जेठ शुक्ल षष्ठीको दिन यो पर्व मनाइन्छ। यस पर्वलाई कुमार षष्ठी नामले पनि चिनिन्छ, जहाँ भगवान शिवका सुपुत्र कुमार कार्तिकेय को पूजा–आराधना गरिन्छ।
आज नेवा समुदायले बासस्थान नजिकको कुवा, इनार, ढुङ्गेधारा या पानीका मुहान र स्रोतहरुलाई सिनाज्या अर्थात सफा गर्ने चलन छ ।
यसले वर्षा ऋतु प्रारम्भ हुनुअघि वातावरणीय सरसफाइ र जल व्यवस्थापन सुनिश्चित गर्न सहयोग गर्दछ।
यो पर्व कृषिसँग पनि जोडिएको छ । नेपालको मुख्य बाली धान रोप्नका लागि पानीको जोहो सुरु भयो भन्ने पनि यस चाडबाट बुझ्न सकिन्छ ।
आजबाट उपत्यकाका नेवा समुदायको चाडपर्व गठामुगः चह्रे सम्मका लागि बन्द हुन्छ, बाजा समेत बजाइँदैन । यो समयमा मरिमेटेर काम (रोपाइँ) गर्ने चलन छ ।
#siddinakha #newaculture #kathmandu #lalitpur #bhaktapur #nepal #culture #Kurakani

1 year ago (edited) | [YT] | 1

Kurakani360

महानायक राजेश हमालको फिल्म नरिसंह अवतार हेर्नुभयाे त ?

1 year ago | [YT] | 5

Kurakani360

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०८१ चैत ६ गतेदेखि शुरु हुँदैछ।जसमा उद्घाटन समारोहकै दिन बिहान ९ बजेदेखि विभिन्न देशका अन्तर्राष्ट्रिय व्यक्तित्वहरुबाट ३ वटा भिन्न भिन्न कार्यशाला संचालन हुनेछन्।


#nitfest #nitfest2025 #lightofindigenouswisdom #theatrefestival

For Details Website: nitfest.org/

1 year ago (edited) | [YT] | 1

Kurakani360

फिल्म pooja sir, राजागंज लाई सेन्सरले कैंची चलाएको दृश्यहरु, यसबारे तपाईंको धारणा के छ?

1 year ago | [YT] | 2

Kurakani360

जिन्दगी रंगहरु जस्तै रंगीचंगी बनोस् फागु पूर्णिमाको शुभकामना! ❤️

1 year ago | [YT] | 4

Kurakani360

Happy international women's day ☀️

1 year ago | [YT] | 3

Kurakani360

Raju syangtang ‪@kurakani360‬

2 years ago | [YT] | 0