For business Inquiry: gallikakura@gmail.com
Fallow Gallika kura on :
▶️Instagram: gallikakura
▶️Facebook: @gallikakura
▶️TikTok: @gallika.kura
Namaste to everyone who has reached this channel.
We are truly grateful for your love, support, and encouragement.
This channel is dedicated to all of you. On this platform, we will share everyday stories found in the streets, podcasts, vlogs, interviews, short films, and engaging videos.
The main purpose of this channel is to highlight important yet often overlooked issues in a meaningful way. We want to listen to the voices of the common people. We aim to become the voice of the voiceless.
We wholeheartedly welcome all your feedback and responses with respect. We hope your blessings will always be with us on this journey.
Gallika Kura
बलात्कारीलाई फाँसी की जन्मकैद?
मलाई लाग्छ यो दुवै समाधान होईन ।
हिजोसम्म म भन्थेँ—बलात्कारीलाई फाँसी दिनुपर्छ।
तर आज म सोचिरहेको छु, फाँसी होस् वा जन्मकैद यो सजाय पर्याप्त छैन र समाधान मुलक छैन । यी दुवै सजायले अपराधीलाई दण्ड दिन सक्छन्, बदला लिन सक्छन्, तर अपराध जन्माउने कारणलाई समाप्त गर्न सक्दैनन् । सजाय कडा बनाउँदा अपराध केही हदसम्म कम हुन सक्छ। पीडितले न्याय पनि पाउन सक्छन्। तर त्यसले फेरि अर्को व्यक्तिमाथि यस्तै अपराध हुँदैन भन्ने सुनिश्चित गर्न सक्दैन।
त्यसैले हाम्रो लक्ष्य केवल बलात्कारीलाई सजाय दिनु होइन, यस्तो अपराध जन्माउने सोच, संस्कार र परिस्थितिलाई नै बदल्ने हुनुपर्छ । यसका लागि कडा कानुन र प्रभावकारी सजाय आवश्यक छन् । तर त्यति मात्र पर्याप्त छैन ।
हामीले बालबालिकादेखि नै सही र उमेरअनुसारको यौन शिक्षा दिन आवश्यक छ । यो शिक्षा छोरी वा महिलालाई मात्र होइन, छोरा र पुरुषलाई पनि उत्तिकै आवश्यक छ । शरीर, यौनिकता, सहमति, असहमति, व्यक्तिगत सीमा, सम्मान र जिम्मेवारीका बारेमा खुलेर र वैज्ञानिक ढंगले कुरा गर्न सक्ने वातावरण बनाउनुपर्छ।
विशेषगरी किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई आफ्नो शरीरमा आउने परिवर्तन, यौन भावनालाई स्वस्थ तरिकाले व्यवस्थापन गर्ने उपाय, विपरीत लिङ्गप्रतिको सम्मानजनक व्यवहार र सहमति बिना कुनै पनि यौन व्यवहार अपराध हो भन्ने कुरा स्पष्ट रूपमा सिकाउनुपर्छ ।
त्यससँगै, गलत धारणा, अश्लील सामग्रीबाट बन्न सक्ने विकृत सोच, जबरजस्तीलाई सामान्य ठान्ने मानसिकता र महिलालाई वस्तुका रूपमा हेर्ने प्रवृत्तिका बारेमा पनि परिवार, विद्यालय र समाजमा खुलेर संवाद हुनुपर्छ ।
कानुनले अपराधीलाई सजाय दिन्छ । शिक्षाले अपराधी जन्मिन नदिने आधार तयार गर्छ ।
3 weeks ago | [YT] | 4
View 1 reply