Knowledge Tv नेपाल च्यानल राजनीति, मनोरंजन, फिल्मि , व्यापार र खेलमा नवीनतम समाचारको समावेश गर्छ ।
च्यानललाइ सब्सक्राइब गर्नुहोस
हरेक जानकारी पाउनको लागि
Knowledge Tv नेपाल is Nepal's best Educational & Entertainment Channel. Knowledge tv नेपाल channel covers latest news in politics, Educational, movies, business, sports, Entertainment, Tec. and More.
Stay tuned for all informative videos !
Knowledge Tv नेपाल
वर्षाका कारण जापान र नेपालको २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट खेल नतिजाविहीन भएको छ ।
नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाउँदा जोरा ५७ र लोकेश ५२ रनमा अविजित रहे ।
नतिजासँगै नेपाल समूह 'ए' मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
4 days ago | [YT] | 71
View 0 replies
Knowledge Tv नेपाल
नेपालले एसियाली खेलकुदमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै १२ वर्षअघिको हारको बदला लिएको छ।
कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएर अफगानिस्तानलाई १०२ रनमा सीमित गरे।
नेपालले १०३ रनको लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै क्वाटरफाइनल यात्रा लगभग निश्चित बनाएको छ।
5 days ago | [YT] | 70
View 1 reply
Knowledge Tv नेपाल
पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन्।
जनकपुरले ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा सामाजिक सञ्जालमार्फत गरेको हो।
इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९९८ रन र समग्र टी–२० क्रिकेटमा ६ हजार १९६ रन तथा ९७ विकेट लिएका छन्।
6 days ago | [YT] | 34
View 0 replies
Knowledge Tv नेपाल
२०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट आज जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तान–जापान र हङकङ–मलेसिया खेलसँगै शुरू भएको छ।
नेपालको पहिलो खेल भोलि शुक्रबार बिहान पौने ११ बजे अफगानिस्तानसँग हुनेछ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग छ, र कम्तीमा एक खेल जिते क्वाटरफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।
6 days ago | [YT] | 35
View 0 replies
Knowledge Tv नेपाल
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
1 week ago | [YT] | 30
View 0 replies
Knowledge Tv नेपाल
श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।
विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत असलंकालाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १,४६६ रन र ७ विकेट लिएका छन् ।
1 week ago | [YT] | 71
View 0 replies
Knowledge Tv नेपाल
🇳🇵 Asian Games!
squad ready to carry the #Rhinos roar to Japan. 🇯🇵
#NepalCricket #Rhinos
2 weeks ago | [YT] | 18
View 0 replies
Knowledge Tv नेपाल
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट...
नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै एसिया कपका लागि छनोट भयो।
मलेसियाको वायुमास ओभलमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनायो, जसमा आसिफ शेखले १०२ रन बनाए।
यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो, र करण केसीले नेपालका लागि ३ विकेट लिए।
2 weeks ago | [YT] | 226
View 0 replies
Knowledge Tv नेपाल
आसिफ शेखको १०२ रन र गुल्शन झाको ५२ रनमा नेपालले एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको छ।
आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाउँदै अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।
फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।
2 weeks ago | [YT] | 35
View 1 reply
Knowledge Tv नेपाल
एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई हराएर नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
एसिया कपमा छनोट हुन नेपालले शनिबार हुने फाइनलमा यूएईलाई हराउनुपर्ने हुन्छ ।
2 weeks ago | [YT] | 27
View 0 replies
Load more