Knowledge Tv नेपाल

Knowledge Tv नेपाल च्यानल राजनीति, मनोरंजन, फिल्मि , व्यापार र खेलमा नवीनतम समाचारको समावेश गर्छ ।

च्यानललाइ सब्सक्राइब गर्नुहोस
हरेक जानकारी पाउनको लागि

Knowledge Tv नेपाल is Nepal's best Educational & Entertainment Channel. Knowledge tv नेपाल channel covers latest news in politics, Educational, movies, business, sports, Entertainment, Tec. and More.

Stay tuned for all informative videos !


Knowledge Tv नेपाल

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल २० र २१ अप्रिलमा त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा साँझ ५ बजेबाट हुने भएको छ।
नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको यो पहिलोपटक हो भने यसअघि एनपीएलको दोस्रो संस्करण रातमा भएको थियो।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्डको त्रिदेशीय शृंखला र 'ए' टोलीले ५० ओभरको खेल खेल्ने तय भएको छ।

1 week ago | [YT] | 141

Knowledge Tv नेपाल

आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्ने भएको छ।

यसअघि मध्यपूर्वको तनावको कारण स्थगित भएको नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।

नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका भिड्नेछन्।

1 week ago | [YT] | 100

Knowledge Tv नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी शुरुवात गरेको छ । घरेलु मैदान वानखेडेमा हिजो भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो ।

कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

2 weeks ago | [YT] | 58

Knowledge Tv नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले आजै शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिनेछन्, जसमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ।

3 weeks ago | [YT] | 38

Knowledge Tv नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो ।

उद्घाटन खेल भोलि (मार्च २८)मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ । दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन् ।

यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो ।

प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।

दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन् ।

3 weeks ago | [YT] | 19

Knowledge Tv नेपाल

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो रास्वपा बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
३६ वर्षीय शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ ।

3 weeks ago | [YT] | 55

Knowledge Tv नेपाल

पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिगमा नेपालका ६ खेलाडीले खेल्ने भएका छन्।
नेपाली कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा क्याटेगोरी \'बी\' बाट साइन भएका छन् ।
उपकप्तान दीपेन्द्र जेबी ब्रुग्समा र सन्दीप लामिछाने लियेज रेड लायन्समा प्रि-साइन भएका थिए।

3 weeks ago | [YT] | 81

Knowledge Tv नेपाल

साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ।
सोमबार माल्दिभ्समा भएको खेलमा नेपालले भुटानमाथि २-१ गोलको जित निकालेको हो।
नेपालका लागि सुजन डंगोलले सातौ र सुवास बमले ५३ मिनेटमा गोल गरे। भुटानका लागि डेम्डुपले ८४ मिनेटमा गोल गरे।
नेपालको समूहमा आयोजक माल्दिभ्स र श्रीलंका छन्।
अब नेपालले पर्सी बुधबार श्रीलंका र शुक्रबार माल्दिभ्ससँग खेल्नेछ। समूहको शीर्ष दुईमा परे नेपाल सेमिफाइनलमा पुग्नेछ।

3 weeks ago | [YT] | 58

Knowledge Tv नेपाल

पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य २९ फागुनदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ।
मधेश प्रदेश सरकारले नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य राखेको छ र थप आर्थिक सहयोगका लागि पहल गरिने योजना छ।

1 month ago | [YT] | 62

Knowledge Tv नेपाल

इटालीका गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा नियुक्त

1 month ago | [YT] | 88