आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ ।चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान रअमृत विज्ञान
जीवन विकास विशेषज्ञहरू
रमेश नेपाल ramesh Nepal , एल पि भानु शर्मा
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमव्द्ररा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
केही सिकौँ है साथीहरू ! हामी मानव जाति दिनदिनै झगडा, दौडधुप, लोभ र अहंकार बोकेर हिँडिरहेका छौँ, तर अन्ततः मरेर लाने केही छैन भन्ने सत्य बुझ्न चाहँदैनौँ। हिजोसम्म भारतका सडकमा वेवारिसे जीवन बिताएको कुकुर ‘अलोका’ आज १९ बौद्ध भिक्षुसँग २,३०० माइल हिँड्दै विश्वकै ‘शान्ति दूत’ बनेको छ। न पद चाहियो, न सम्पत्ति, न तालिम; केवल मौन, अनुशासन र करुणा । उसले देखायो कि शान्ति बोल्नुपर्दैन, बाँच्नुपर्छ; ध्यान सिक्न किताब होइन, उपस्थित मन चाहिन्छ । अब प्रश्न कुकुरले के गर्यो होइन, प्रश्न हामी मानिस भएर पनि किन प्रेम, करुणा र शान्तिको यात्रामा हिँड्न सकिरहेका छैनौँ भन्ने हो। यदि वेवारिसे कुकुर शान्तिको प्रतीक बन्न सक्छ भने, हामी किन अझै हिंसाका दूत बनेर बाँचिरहेका छौँ ? आफैंले आफैंसँग प्रश्न
भिक्षु कुकुर र शान्ति पदयात्रा
भिक्षुहरूको हातमा कुनै पार्टी वा देशको झन्डा छैन न त कुने नारा वा भाषण । साथमा छ "आलोका' नामको एउटा कुकुर । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ
#everyone #virals #followforfollowback #foryoupageシforyou #everyonefollowers #
5 days ago | [YT] | 17
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
माघे संक्रान्तिसँगै उत्तरायण सुरु हुँदा सूर्य मात्र होइन, हाम्रो चेतना पनि माथि उठ्नुपर्छ—आज घ्यु–चाकु खाएर शक्ति भर्ने दिन हो भने योग र ध्यान अपनाएर त्यो शक्तिलाई सही दिशामा चलाउने दिन पनि यही हो, राष्ट्रिय योग दिवसले सम्झाउँछ—स्वस्थ व्यक्ति बिना स्वस्थ समाज असम्भव छ।
@आज परेको राष्ट्रिय योग दिवसको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु—योग केवल आसनको अभ्यास होइन, यो जीवनलाई असन्तुलनबाट सन्तुलनतर्फ, रोगबाट निरोगीतर्फ, तनावबाट शान्तितर्फ र अज्ञानबाट चेतनातर्फ लैजाने आन्तरिक यात्रा हो; आजको दिनले हामीलाई सम्झाओस् — शरीर स्वस्थ भए मात्र मन स्थिर हुन्छ, मन स्थिर भए मात्र विचार शुद्ध हुन्छ, र विचार शुद्ध भए मात्र व्यक्ति, समाज र राष्ट्र उज्यालो बन्छ।
#भाईरल #योग_ध्यान_अभियान #viralphotochallenge #yoga #everyone #viral #followersreels
1 week ago | [YT] | 22
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
🕉️ राष्ट्रिय योग दिवस – २०८२ 🕉️
योग केवल व्यायाम होइन, योग आत्मा, शरीर र समाजको सन्तुलन हो। योगबाट व्यक्ति स्वस्थ हुन्छ,
व्यक्तिबाट समाज सबल हुन्छ,र सबल समाजबाट राष्ट्र समृद्ध बन्छ।
📅 हरेक वर्ष माघ १ गते मनाइने राष्ट्रिय योग दिवस
यस वर्षको राष्ट्रिय नारा—
✨ “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” ✨
यस पावन अवसरमा
📍 पोखरामा
माघ १ गते बिहान
🕖 ७ बजेदेखि १० बजेसम्म
🙏 बिन्दवासीनी मन्दिरको सभाहलमा
राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइँदैछ।
🌿 सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (गण्डकी प्रदेश)
को आयोजनामा विभिन्न योगिक संघ–संस्था तथा योग अभियन्ताहरूको संयुक्त योग साधना, ध्यान र चेतनामूलक अभ्यास सहित यो ऐतिहासिक दिवस मनाउन लागिएको हो।
🧘♂️ योग साधना गर्ने,
🧘♀️ ध्यानमार्गी,
🌸 योग अभियन्ता,
🌸 साधक तथा साधिकाहरू,
🌸 स्वास्थ्य र चेतनामा विश्वास गर्ने सम्पूर्ण महानुभावहरूमा
आफ्नो अमूल्य उपस्थिति जनाइदिनुहुन हार्दिक स–विनय अनुरोध गर्दछौं।
#viralphotochallenge
#everyonefollowers #everyonehighlightsfollowers #everyoneactive #followersreels
1 week ago | [YT] | 33
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालको तर्फबाट योग, ध्यान र अध्यात्मको प्रस्तुति गर्दै फर्कनु भएका श्रद्धेय गुरुदेवद्वयले जीवन विज्ञान प्रतिष्ठानमा स्वागत समारोहमा भन्नुभयो—“विश्वले नेपाललाई अब यथार्थ रूपमै चिन्छ। हजारौँ वर्षदेखि हाम्रो ऋषि, योगी र तपस्वीहरूले निर्माण गरेको आध्यात्मिक सम्पदाको प्रकाश आज विश्वमञ्चमा झल्कियो।”
श्रद्धेय रमेश गुरुदेवले पूर्णआरोग्यका सात आयाममार्फत मानिसलाई रोगरहित जीवन बाँच्ने कला सिकाउने अभियान विश्वका लागि अत्यावश्यक भएको बताए। श्रद्धेय भानु गुरुदेवले नेपालको शान्तिभूमि, योगभूमि, ध्यानभूमि, देवभूमि र गुरुभूमि विश्वमञ्चमा प्रस्तुत हुने ढोका खोलिएको बताउनुभयो।
नेपाललाई यथार्थ रूपमै विश्वमञ्चमा प्रस्तुत गरिएको यो कार्यक्रम ध्यान र अध्यात्मका क्षेत्रका लागि अहिलेसम्मकै गहिरो र ऐतिहासिक अवसर रहेको गुरुदेवले स्पष्ट पार्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुरुदेवद्वयलाई उत्साहपूर्वक स्वागत गरियो। न्यूयोर्क, टेक्सस र अमेरिका स्थित नेपाली संस्थाहरूको सहकार्यमा सम्पन्न कार्यक्रमले नेपालको आध्यात्मिक चिनारीलाई विश्वमा स्थायी रूपमा प्रस्तुत गरेको छ।
#नेपालकोगौरव #योग #ध्यान #अध्यात्म #पूर्णआरोग्य #विश्वमञ्च
1 week ago | [YT] | 20
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
मनुष्यले सत्यलाई नाम दिन्छ
किनकि ऊ मौनसँग डराउँछ; त्यसैले उसले भगवानलाई कहिले शरीर भन्छ, कहिले मन, कहिले चेतना, कहिले योगी, शैव, वैष्णव, अघोरी, गुरु वा सद्गुरु — तर नाम दिनु भनेको सीमित गर्नु हो, र सत्य त सीमाहीन हुन्छ। जबसम्म खोज बाहिर छ, तबसम्म भगवान टाढा देखिन्छ; जब खोज भित्र फर्किन्छ, तब बुझिन्छ—खोज्ने नै खोजिएको थियो। बोध भएका मानिसहरू भगवानको परिभाषा गर्दैनन्, किनकि उनीहरू आफैं परिभाषा बनेका हुन्छन्; उनीहरू उपदेश होइनन्, उपस्थितिको सुगन्ध हुन्छन्। जहाँ मन मौन हुन्छ, त्यहीँ प्रेम बोल्छ; जहाँ अहंकार झर्छ, त्यहीँ ईश्वर प्रकट हुन्छ; र जहाँ स्वार्थ मर्छ, त्यहीँ करुणा जन्मिन्छ। त्यसैले जागरण कुनै नयाँ ज्ञान होइन, त्यो त पुरानो अज्ञानबाट मुक्त हुनु हो — र जब सबै भ्रम गल्छन्, बाँकी रहने एउटै सत्य हुन्छ: निसर्त प्रेम।
#जागरण #होश #आत्मबोध #प्रेमस्वरूप
#सत्य #चेतना #मौन #मानवता
#SpiritualAwakening #ConsciousLiving #Truth
1 week ago | [YT] | 6
View 1 reply
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
आजको मनुष्यलाई खुला पत्र
तिमी धर्मको कुरा धेरै गर्छौ, तर तिम्रो व्यवहारले नै तिमीलाई उजागर गरिदिन्छ।
तिमी मन्दिर जान्छौ, तर मनभित्रको घृणा बोकेर फर्किन्छौ।
तिमी सेवा गर्छु भन्छौ, तर स्वार्थ लुकाएर गर्छौ।
तिमी सत्य बोल्छु भन्छौ, तर सत्य बाँच्न डराउँछौ।
आध्यात्मिकता तिम्रो मुखको शब्द होइन, तिम्रो दैनिकीको अनुशासन हुनुपर्थ्यो।
धर्म तिम्रो पहिरन होइन, तिम्रो चरित्र हुनुपर्थ्यो।
भगवानलाई दोष दिन सजिलो छ, आफूलाई बदल्न साहस चाहिन्छ।
हे प्रभु, मलाई भक्त नबनाइदेऊ—
आजको मनुष्यलाई यति विवेक देऊ कि ऊ
आफ्नो गल्ती स्वीकार्न, अहंकार झार्न
र अरूलाई चोट नदिई बाँच्न सिकून्।
किनकि संसारलाई अझ एक धर्मगुरु होइन,
एक साँचो मानव चाहिएको छ।
धन्यवाद र आह्वान
यो सुन्दर र मार्मिक सिर्जना (वा विचार) अभ्यासहरूलाई एकछिन समय दिएर हेरिदिनु भएको र सुनिदिनु भएकोमा हजुरहरू सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद!
हामी सबैको शुभ होस्, मङ्गल होस्, जीवनमा शान्ति छाओस् र आनन्दित हुन सकौँ— यही नै मेरो निष्कपट शुभकामना हो।
💖 प्रवाहमा जोडिनुहोस् :- यदि तपाईँलाई यस्तै गहिरो चेतनाका कुराहरू निरन्तर आइराखुन् भन्ने लाग्छ भने, कृपया यस ज्ञानको प्रवाहमा जोडिनुहोस्।
तपाईँको एउटा सानो समर्थनले ठूलो अर्थ राख्छ।
कृपया: ➡️ फलो 👍 लाइक 📩 सेयर 💬 कमेन्ट
गर्न नबिर्सिनु होला। तपाईँको हौसलाले यो यात्रालाई थप उज्यालो बनाउनेछ।
सधैँ प्रेम र शान्तिको साथमा रहनुहोस्!
#भाईरल #भाईरल #चेतनाझट्का #विवेकजागरण #सत्य #सेवा #करुणा #आध्यात्मिकता #आजकोमनुष्य
2 weeks ago | [YT] | 12
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
प्रकाश अवतरणको दिन आज, शरीर मात्र जन्मेन चेतनाले दिशा पायो। एक जन्म रहेछ खास, जहाँ गुरु भेटिनु भाग्य होइन—पूर्वजन्मको पुण्य रहेछ। गुरु कृपाले ध्यान श्वास बन्यो, भक्ति स्वभाव बन्यो, जीवनविज्ञान अनुभूति बन्यो। यहीँ जन्मले अनन्तताको सुवास पाएँ, यहीँ देहले मोक्षको बाटो चिनेँ। गुरु हुनु भनेको अन्धकारमा दीप होइन— दीप नै म हुँ भनी स्मरण गराउनु हो। शुभ जन्मदिन गुरुदेव 🙏💚 तपाईं हुनु नै हाम्रो जीवनको उत्सव हो।
#GuruKripa #प्रकाशकोअवतरण
#SpiritualAwakening #जीवनविज्ञान
#ध्यानभक्ति #LivingScience
#GuruBirthday #NepalSpirituality
1 month ago | [YT] | 85
View 3 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
ध्यान भनेको भाग्नु होइन,
यथार्थसँग साहसपूर्वक भेट्नु हो।
आजको दिनले हामीलाई
आफ्नै मनको मालिक बन्न सिकाओस्।
विश्व ध्यान दिवसको शुभकामना।
हतियारले होइन,
होसले युद्ध रोकिन्छ।
ध्यानले होइन,
अज्ञान हटाएर शान्ति जन्माउँछ।
विश्व ध्यान दिवसले मानव चेतनामा नयाँ बिहान ल्याओस्।
#WorldMeditationDay #NepalLeadsPeace
#MeditationAtUN #SpiritualNepal #BuddhaLandNepal #LifeScienceMovement
#MeditationForWorldPeace #PeaceStartsWithin #YogaMeditationNepal
#ProudToBeNepali 🇳🇵#WorldMeditationDay #MeditationNepal #InnerPeace #ध्यानदिवस #Mindfulness #MentalHealth #YogaNepal
1 month ago | [YT] | 25
View 0 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
🌐 विश्व ध्यान दिवस
संयुक्त राष्ट्रसंघले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ।
नेपाल यस प्रस्ताव गर्ने छ देशमध्ये एक हो—आजको तनावपूर्ण विश्वमा आन्तरिक शान्तिको महत्वलाई अघि सार्दै।
🤝 कार्यक्रममा संयुक्त राष्ट्रसंघका कर्मचारी, अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
#WorldMeditationDay #NepalLeadsPeace
#MeditationAtUN #SpiritualNepal #BuddhaLandNepal #LifeScienceMovement
#MeditationForWorldPeace #PeaceStartsWithin #YogaMeditationNepal
#ProudToBeNepali 🇳🇵
1 month ago | [YT] | 30
View 2 replies
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
🌠 जब नास्तिकताको सीमा सकिन्छ,
त्यहीँबाट अनुभूतिको यात्रा सुरु हुन्छ। 🌠
लामो समयसम्म “म विश्वास गर्दिन” भन्ने आवाज
अचानक यसरी गुन्जियो—
🕯️ “सृष्टिको पछाडि कुनै न कुनै शक्ति छ।”
यो धर्म परिवर्तन होइन,
यो विचार परिवर्तन पनि होइन—
यो त चेतनाको विस्तार हो।
🔬 विज्ञानले ब्रह्माण्ड नाप्छ,
🧘 अनुभूतिले ब्रह्माण्डलाई महसुस गर्छ।
जब बुद्धि थाक्छ,
तब मौनले भन्छ—
सृष्टि संयोग होइन, संकेत हो।
ईश्वर कुनै बाहिरको सत्ता होइन,
ईश्वर भनेको
यो सास, यो आकाश, यो चेतना
र यसलाई जन्म दिने रहस्य हो।
आज एउटा व्यक्तिले बोलेको होइन,
आज त ब्रह्माण्डले आफैं सम्झाएको हो।
✨ सत्य नास्तिक र आस्तिकबीच होइन,
अहंकार र अनुभूतिको बीचमा लुकेको हुन्छ।
#सृष्टिकोसंकेत
#BeyondBelief
#ScienceToSilence
#अनुभूतिकोयात्रा
#CosmicWisdom
🙏 सर्व–मङ्गलम्
1 month ago | [YT] | 6
View 0 replies
Load more