KABIKABYA

विश्वेश्वरप्रसाद कोइरालालाई भतीज नरेश कोइरालाले सोध्नु भयो:
- बाबा, मान्छे कसरी बाँच्नुपर्छ?
पूर्ण जीवन भनेको के हो?”
बीपी: “हरेक मानिस आफ्नो जीवनबाट सन्तुष्ट भएर मानसिक शान्तिको साथ मर्न चाहन्छ। तर, धेरैजसो मानिस केही न केही असन्तोष बोकेर, दुःखी अवस्थामा मर्छन्। जीवनको उत्तरार्धमा ओछ्यानमा लडेर आफ्नो मूल्यांकन गर्दा केले सन्तोष दिन्छ? मलाई लाग्छ, मानिसले त्यही काम गर्नुपर्छ।”
जन्म मिति: १९१४ सेप्टेम्बर ८
जन्मस्थान: वाराणसी, भारत
देहान्त भएको मिति र स्थान: १९८२ जुलाई २१, काठमाडौँ
प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् ।
कथा
• दोषी चश्मा
• श्वेतभैरवी
जीवनी
• आफ्नो कथा
• जेल जर्नल
उपन्यास
• तीन घुम्ती
• सुम्निमा
• नरेन्द्रदाइ
• मोदिआइन
• हिटलर र यहुदी
• बाबु, आमा र छोरा

4 years ago | [YT] | 2

KABIKABYA

१५५ अाैं जन्मजयन्तीकाे अवसरमा हार्दिक श्रद्वासुमन युवाकविलाई ।

जन्म मिति: १८६६
जन्मस्थान: काठमाडौँ
देहान्त भएको मिति र स्थान: १८९६, काठमाडौँ


युवाकवि मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्।
उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थाले :
यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन्।

मोतिराम भट्टले नेपाली भाषामा शकुन्तला’, प्रियदर्शिका र पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए।
उनको यो मुलुकप्रति अत्यन्तै ठूलो सद्भावना थियो।
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो।

4 years ago | [YT] | 4

KABIKABYA

शुभ दिपावली को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !!

5 years ago | [YT] | 8

KABIKABYA

Happy father's day.

5 years ago | [YT] | 0

KABIKABYA

राष्ट्र कवि माधव प्रसाद घिमिरे ज्यूकाे निधनकाे खबर सुनेर हामी मर्माहित भएका छाैे। उहाँ प्रति हार्दिक श्रद्धाञ्जली !!

5 years ago | [YT] | 2

KABIKABYA

Every Wednesday, mark your calendar.

5 years ago | [YT] | 4

KABIKABYA

Namaste Everybody,
We have been growing significantly recently. We would like to extend our thanks to all of you who have subscribed to us on youtube.
If you haven't we would be very happy to see your support. Thank you all for being a part of our journey.
Sincere thanks,
KABI Team

6 years ago (edited) | [YT] | 10

KABIKABYA

Namaste Everybody.
We have hit the 1000 subscribers mark and we are feeling really humbled right now.
We would like to thank every single one of you who have checked out and subscribed to our channel (KABI Official) and shown us love and support along the journey so far.
Sincere thanks,
KABI Team

6 years ago (edited) | [YT] | 12