BIPS MEDIA PVT. LTD.

t.me/chitwannews (Our Telegram Group)
For Business Inquiries & Upload Video Please Do Contact Below :
Email: bipinacharyabips@gmail.com
Mobile No. : +977-9845350250
Copyright Protected With BIPS MEDIA
Download & Re-upload Is Strictly Prohibited.
Share, Embed & Email Are Allowed And Welcome.
All Rights Reserved.


BIPS MEDIA PVT. LTD.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको पार्टी रिफर्मेसन मार्गचित्र सार्बजनिक गरेकी छन् ।

तोसिमाले शुक्रबार र शनिबार चितवनमा सम्पन्न भएको विस्तारिक बैठकमा पार्टी रिफर्मेसनको मार्गचित्र प्रस्तुत गरेकी थिइन् । तर बैठकले उनको प्रस्तावलाई 'महत्व' भने दिएन ।

पार्टीले उनको प्रस्ताव विपरित निर्णय गरेपछि उनले आफुले प्रस्तुत गरेको प्रस्ताव सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेकी हुन् ।

तोसिमाको प्रस्ताव:

मिति २०८२।०६।०२ मा मैले पार्टीको केन्द्रीय कार्यालयमा एउटा पत्र दर्ता गराई पार्टी रिफर्मेसनका लागि औपचारिक तवरले नै माग अगाडि सारेको सर्वविदितै छ । वर्तमान संवेदनशील परिस्थितिमा नेपाली जनताले आशा र भरोसापूर्वक हाम्रो पार्टीलाई हेरिरहेका हुनाले अग्रगामी निकासका लागि आफ्नो धारणा निम्नानुसार बुँदागत रूपमा पेश गरिएको थियो:

१- सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७६ जनाको ज्यान लिईएको, २३०० बढी घाइते भएको र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारणले देशले भोग्नु परेको अकल्पनीय क्षतिका कारणले नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ । यस्तो अवस्थामा देशका कुनै पनि जिम्मेवार सामाजिक र राजनैतिक संरचनाहरु यथास्थितिवादमा रुमलिरहनुहुँदैन सबैले आफ्नो कार्यशैली, संरचना र विचारमा समिक्षा र पुनरावलोकन सहित स्पष्ट सुधार गर्न आवश्यक छ।हामीले जेनजी लगायत सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

२- जेनजीको आह्वानमा भएको आन्दोलनपछिको अवस्थामा समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यस क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्दछ ।

३- देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

४- उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

पार्टीलाई वैकल्पिक होइन, मूलधारको शक्ति बनाउने उद्देश्यले उक्त पत्र मार्फत आवाज उठाइएको हो भन्ने तथ्य पार्टीका आम सदस्यहरूले बुझ्नुभएको छ । रिफर्मेसनको एजेण्डा बारे केन्द्रीय समिति र सचिवालयमा समेत छलफल भई पार्टीको विस्तारित बैठक बोलाउनुपर्ने आवश्यकता बोध गरिएअनुसार विस्तारित बैठक आयोजना हुन लागेको छ । यस बिचमा पार्टीको सचिवालय विस्तार गर्ने र सचिवालयमा मलाई पनि समावेश गर्ने प्रस्ताव आउँदा मैले मिति २०८२।०६।३१ मा लिखित असहमति पेश गरेको तथ्य पनि यहाँ स्मरण गराउन चाहन्छु । पार्टीमा पदको बाँडफाँडको नभई सिद्धान्त, नीति, कार्यक्रम, एजेण्डा आदिको विचार विमर्शलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाले सो पत्र पेश गरिएको थियो । यदि मैले उठाएको आवाज केवल आफूले कुनै पद पाउनुपर्ने भन्ने भएको भए सचिवालय विस्तारमा आफू पर्ने भएपछि त्यसलाई स्वीकार गरेर म चुपचाप रहने थिएँ होला, तर मैले त पदको लागि नभई "सबै अट्ने सबै खट्ने" अग्रगामी पार्टी बनाउन रिफर्मेसनको एजेण्डा उठाएको हो । रास्वपाको रिफर्म अब केवल संगठनात्मक सुधारमा सीमित हुँदैन र हुनु पनि हुँदैन । यो एक सैद्धान्तिक, वैचारिक र व्यावहारिक परिवर्तनको पूर्ण रूप हो । यसले पार्टीलाई वैकल्पिक आवाजबाट देशको मुख्यधार राजनीतिक शक्ति मा परिणत गर्न मद्दत पुर्याउनेछ । अब हाम्रो दिशा देशको मूलधारको राजनीति शक्ति भएर स्थापित हुने हो ।

मार्गचित्र

रिफर्मेसनका लागि निम्नानुसारको मार्गचित्र पेश गरिएको छ :-

१- महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ ।

२- म स्मरण गराउन चाहन्छु, १ वर्ष अघि भएको राष्ट्रीय भेलाबाट पार्टी सभापति मार्फत अहिलेको विध्यमान केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितीको रुपमा घोषणा भएको थियो।महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाई छ। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतरत्व समूह/ सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ ।

३- विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नु पर्दछ । यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउदै ठूला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।

४- वैचारिक र सैद्धान्तिक रिफर्म

रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको देखिन्छ । तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भईरहेको यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य,शिक्षा,रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ धुर्विकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ ।

देशभरीबाट रास्वपाका विभिन्न तह र तप्काबाट सहभागि हुनुभएको पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट र देशको दुर्गम अति दुर्गम भुगोल देखि समय, अर्थ र आशाको लगानी गर्न उपस्थित हुनुभएको यो विस्तारित बैठक केवल राय सुझाब सल्लाह लिनेमा मात्र सिमित गराई कर्मकाण्डी जस्तो नबनाई सङगठानका जिम्मेवार साथिहरुको अर्थपूर्ण सहभागिता साथै निर्णयमाथीको अधिकार सुनिश्चित गर्दै यो बैठकले स्पष्ट रुपमा वैचारीक र साङ्गठनिक रिफर्मेसनको मोडालिटी तय गर्न सक्नुपर्छ भन्ने मेरो ठम्याई हो।

पार्टीका सङ्गठनका जिम्मेवार साथीहरुबाट विभिम्न समयमा आएको राय,सुझाबलाई समेत समेटेर तयार गरिएको यस मार्गचित्रको कार्यान्वयनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक, संगठनात्मक र नीतिगत दृष्टिले सुदृढ र नागरिक केन्द्रित दलमा स्थापित गर्दै आजको समय पिस्थितिले खोजिरहेको थप अब्बल, सबल, सुसंस्कृत, समावेशी, जिम्मेवार र जनउत्तरदयी राजनैतिक शक्तिको रुपमा रुपान्तरण गर्नेछ भन्ने विश्वास सहित यो प्रस्ताव यस विस्तारित बैठकमा पेश गर्दछु ।

2 months ago | [YT] | 0

BIPS MEDIA PVT. LTD.

क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए ।

३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए ।

उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।

2 months ago | [YT] | 0

BIPS MEDIA PVT. LTD.

मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुकम्बासी बस्ति हटाउन आएमा उनीहरुको घरमा गएर आक्रमण गर्न उक्साएका छन् । जडिबुटीको मनोहरास्थित सुकुम्बासी बस्ति पुगेर प्रसाईले आफ्नो घर भत्काउन आएमा जाइलाग्न आग्रह गरेका हुन् ।

उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे ।

बालेनले दुई लाख परिवारलाई लखेटेको आरोप लागाउदै काठमाडौँको व्यवसाय चौपट भएको आरोप लगाए । उनले महानगरसँग बजेट छ शहर राम्रो बनाउने हो भने घर बनाउन बालेनलाई सल्लाह दिए । प्रसाईले बालेनले मकै पोलेर खानेलाई पनि बिचल्लीमा पारेको आरोप समेत लगाए । उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न समेत आह्वान गरे ।

सुकुम्बासी बस्ती खाली गर्न महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दिएको एक हप्ताको अल्टिमेटम शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएसँगै आजदेखि बस्ती खाली गराउने महानगरको योजना छ ।

2 months ago (edited) | [YT] | 0

BIPS MEDIA PVT. LTD.

व्याचलरमै पढ्दै कमाउँदै॥
+२ पछि नेपालमै छ अवसर॥

5 months ago | [YT] | 0

BIPS MEDIA PVT. LTD.

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
रत्ननगर, बैशाख ५ । वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले शसौराहामा दुई प्रतियोगिता गरिएको छ ।

चितवनमा जारी ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत “वन, वन्यजन्तु, संरक्षणमूलक” सम्बन्धी चित्रकाला र “पर्यापर्यटन, प्रवद्र्धनमा सिमसार र वन्यजन्तुको महत्व” विषयक बक्तृत्वकाला प्रतियोगिता गरिएको हो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिले आयोजना गरेको सो प्रतियोगिताको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले उद्धघाटन गरेका थिए ।

चित्रकला प्रतियोगितामा लाईसियम इङ्लिस बोडिङ स्कुलकी छात्रा आकांक्षा गोले प्रथम, न्यू स्पिडी इङ्लिस बोडिङ स्कुलकी छात्रा प्राश्ना महतो द्धितिय, पञ्चकन्या विद्या मन्दिरकी छात्रा सारना धिताल तृतीय, लाईसियम इङ्लिस बोडिङ स्कुलका छात्र युवराज महतो र नेपाल माध्यमिक विद्यालयका छात्र अनिश चौधरी सान्त्वना भएका छन् ।

यस्तै, बक्तृत्वकला प्रतियोगितामा ग्रिन सोसाईटी पब्लिक स्कुलकी छात्रा सायोना भूषाल प्रथम, पञ्चकन्या विद्या मन्दिरकी छात्रा रोशालिन ढकाल द्धितिय, मोर्डन इङ्लिस बोडिङ स्कुल खैरहनीकी छात्रा कृति चौधरी तृतीय, मोहना माध्यमिक विद्यालयका छात्र सुजन शर्मा र खैरहनी माध्यमिक विद्यालयकी छात्रा मानस्वी खरेलले सान्त्वनाले स्थान हासिल गरेका छन् ।

चित्रकला प्रतियोगिताको निर्णायकमा कृष्ण प्रसाद तिवारी र ज्ञानेन्द्र बहादुर बस्नेत तथा बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा संरक्षण अधिकृत एंव चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख सन्त वहादुर मगर, शिव भूषाल, बिमला सुवेदी रहेका थिए । चित्रकला प्रतियोगितामा ६ वटा विद्यालयबाट ८ जना र बक्तृत्वकला प्रतियोगितामा ११ वटा विद्यालयबाट १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

चित्रकलामा प्रथम हुनेलाई ७ हजार, द्धितिय हुनेलाई ५ हजार, तृतीय हुनेलाई ३ हजार, र सान्त्वना हुने दुई जनालाई १/१ हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुने दुई जनालाई २/२ हजार सहित बन्यजन्तु सप्ताहको समापनको दिन प्रतियोगितामा बिजेता भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरणका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष घिमिरेले सप्ताहको महत्वपूर्ण कार्यक्रमको रुपमा विद्यालय स्तरीय प्रतियोगिता गरिएको बताए । उनले भने, “वन तथा वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरेका हौं ।”

सप्ताह अन्तर्गत भोली (शनिवार) ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

मृगकुञ्जकी सदस्य बिन्दा कार्कीले सञ्चालन गरेको कार्यक्रममा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले स्वागत मन्तव्य राखेका थिए ।

8 months ago (edited) | [YT] | 2

BIPS MEDIA PVT. LTD.

नेपाली कांग्रेस रत्ननगर वडा नं १४ कार्य समितिको आयोजनामा नेपाली कांग्रेसका नेता, पुर्व सांसद स्व. एकनाथ रानाभाटको चौथो स्‍मृति सभा सम्पन्न भएको छ । पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकको उल्लेख्य उपस्थितीमा आयोजित सो कार्यक्रममा केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाल, संविधान सभा सदस्य शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, पुर्व बागमती प्रदेश स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य उत्तम जोशी, पुर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, रत्ननगर उप-सभापती कमलनाथ अधिकारी लगायतले नेता रानाभाटको योगदान र व्यक्तित्वलाई सम्झनुभएको थियो । रत्ननगर निवर्तमान सभापति रुपनराज घिमिरेले रानाभाटको जीवनी प्रस्तुत गर्नुभएको थियो भने धर्मपत्नी महासमिती सदस्य शशी रानाभाटले परिवारका तर्फबाट पार्टी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै सँधै पार्टीको आदर्श मुल्य, मान्यतालाई आत्मसात गर्दै संगठनमा अग्रसर रहने प्रतिवद्धता गर्नुभएको हो । यो नै रानाभाट प्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गर्नुभयो । वडा सभापति हरिशचन्द्र अधिकारीको सभाध्यक्षमा सञ्चालित सो सभा वडा कार्य समिति सचिब ध्रुब खनालले सञ्चालन गर्नुभएको हो ।

10 months ago (edited) | [YT] | 4