Truly Cricket News, Cricket Updates! All information about cricket! Nepal Cricket News, Nepali Cricket Team For T20 2026 World Cup: Kushal Bhurtel, Aasif Sheikh, Anil Shah, Rohit Kumar Poudel (C), Kushal Malla, Sandeep Jora, Dipendra Singh Airee, Gulshan Jha, Karan KC, Sompal Kami, Sandeep Lamichhane, Sagar Dhakal, Abhinash Bohora, Pratis GC, Kamal Singh Airee. nepal premier league, cricket news of nepal, nepali cricket news, nepal cricket news, npl news, cricket reviews, podocast of cricketers, new nepali cricket news, nepali news, nepal news, players podocast, sports news, nepal cricket live match, nepali cricket match news, nepal cricket game news, nepali cricket updates, Subhankar mishra, espncricinfo, cricnepal, cricket nepal, cwc league 2 live, cricket world cup, head to head of nepal, nepal team review, nepal player reviews, sportstak, nepal cricket, www.cricketkitchen.com,


Cricket Kitchen

Nepal Vs Srilanka: Head To Head
नेपालले एसियन गेम्सको क्वाटर फाईनलमा श्रीलंकासँग खेल्नेछ। नेपाल र श्रीलंका बिच अहिलेसम्म टि २० अन्तराष्ट्रियमा भेट भएको छैन । यद्यपि नेपाल र श्रीलंका हङकङ सिक्सेसमा २ पटक आमने सामने भएका छन् । ति दुबै भेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ। साथै नेपालले सन् २०१० मा चिनको गोन्जाउमा भएको एसियन गेम्समा श्रीलंकासँग खेलेको थियो सो खेलमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ७२ रनमा अलआउट भएको थियो । सो खेल श्रीलंकाले २ विकेटले जितेको थियो । सो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० बलमा ३० रन तथा पारस खड्काले २४ बलमा १८ रन प्रहार गरेका थिए । बलिङमा नेपालका लागि पारस खड्का, बसन्त रेग्मी र अमृत भट्टराई २ २ विकेट लिएका थिए भने राहुल बिश्वकर्माले १ विकेट लिएका थिए ।

#NepalCricket #NepalCricketTeam #cricketkitchen #deepcricket #NepalVsSriLanka #headtohead #t20cricket

1 week ago | [YT] | 89

Cricket Kitchen

नेपालले बनायो बलियो स्कोर! जापानलाई १५० रनको लक्ष्य!!
जापान बिरुद्ध नेपाललृ १४९ रन बनाएको छ। बर्षले खेल ढिला सुरु भएको अबस्थामा खेललाई १५ ओभरमा झारिएको थियो । जापानले टस जितेर पहिले ब्याटिङको लागि नेपाललाई मैदान बोलाएको थियो । नेपालका लागि सन्दिप जोराले ३२ बलमा नटआउट ५७ रनको पारी खेले । लगातार विकेट पतन भईरहदा पनि एक ईण्डबाट विकेट पनि जोगाई रहे र रन पनि निरन्तर जोडि रहे । छैठौ नम्बरमा ब्याटिङमा आएका लोकेश बमले २२ बलमा ५२ रनको आक्रामक पारी खेले उनले ६ वटा छक्का र १ चौका प्रहार गरे । ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउदै पेभोलियन फर्किए । अन्य ब्याटरहरुले भने दोहोरो अंकमा रन बनाउन सकेनन । जापानका लागि रियो साकुरानो थोमसले २ ओभरमा ७ रन दिएर १ विकेट प्राप्त गरे । उनले कुशल भुर्तेलको विकेट प्राप्त गरेका थिए । अन्य तिन बलरहरु ईब्राहिम ताकाशाकि, डेक्लान सुजुकी र जेक कुसुदाले पनि १ १ विकेट प्राप्त गरे ।

#NepalCricket #cricketkitchen #deepcricket #NepalVsJapan

1 week ago | [YT] | 101

Cricket Kitchen

कुशल भुर्तेलले सबैभन्दा धेरै पटक डक आउट हुने नेपाली ब्याटरको खराब रेकर्ड आफ्नो नाम गरेका छन् । टि २० अन्तराष्ट्रियमा उनि हालसम्म ६ पटक डक अर्थात शुन्यमा आउट भएका छन् । उनि भन्दा पछाडि ५ पटक शुन्यमा आउट हुने खेलाडीहरु अभिनास बोहोरा, सोमपाल कामी र करण केसी रहेका छन् ।
#KushalBhurtel #NepalvsAfghanistan #NEPvsAFG #cricketkitchen #NepalCricket

1 week ago | [YT] | 53

Cricket Kitchen

सस्तैमा रोकियो अफगानिस्तान, नेपाली स्पीनरहरुको दबदबा, राजबंशी र भुर्तेलले मिलेर लिए ७ विकेट !!

एसियन गेम्स २०२६ अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले पहिलो इनिङ्समा कसिलो बलिङ प्रदर्शन गरेको छ। अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि फैसल खानले ३३ बलमा ३० रन बनाए। त्यस्तै नजिबुल्लाह जादरानले ४० बलमा ३० रन जोड्दा नांगेयालिया खान १५ बलमा १७ रन बनाएर अविजित रहे भने करिम जनतले ९ रन बनाए।

नेपालका बलरहरूले सुरुदेखि नै अफगानिस्तानमाथि दबाब कायम राखे। ललित राजवंशीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। उनको बलिङले अफगानिस्तानको शिर्ष ब्याटरहरुलाई ठूलो दबाबमा राख्यो।

त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २१ रन खर्चिएर १ मेडन राखेर ४ विकेट लिए तथा अन्य नेपाली बलरहरु सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले भने विकेट प्राप्त गर्न सफल भएनन ।
नेपाल १०३ रनको लक्ष्यका साथ मैदानमा रहेको छ।

#NepalCricket #NepalVsAfghanistan #AsianGames2026 #NepalCricketTeam #CricketKitchen

1 week ago | [YT] | 59

Cricket Kitchen

नेपाल फाईनलमा, युएईसँग भिडने
दिपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रर्दशनमा नेपालले ओमानलाई ८७ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले कमजोर ब्याटिङ प्रर्दशनका बाबजुत बलरहरुको उत्कृष्ट प्रर्दशनमा सेमिफाईनलमा ओमानलाई पराजित गरेको हो । नेपालका लागि प्लेयर अफ दि म्याच दिपेन्द्र सिंह ऐरीले ब्याटबाट ५१ रनको योगदान दिए भने ६ ओभर बलिङ गर्दै ११ रन दिएर ३ विकेट लिए । त्यस्तै कप्तान सन्दिप लामिछानेले ६ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट आफ्नो खातामा लेखाएका थिए । पहिलो ओभर नै ललित राजबंशीलाई प्रयोग गरेको नेपाली टिमलाई ललितले आफ्नो दोस्रो ओभरमा नै सफलता दिलाए । उनले ५ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिए । पुर्व कप्तान रोहित पौडेलले मात्र ४ दशमलब १ ओभर बलिङ गर्दै ७ रन दिएर २ विकेट प्राप्त गरे ।
ओमनका लागि ओपनर जतिन्दर सिंहले २५ रन तथा अन्तिम विकेटको रुपमा पतन भएका जितेन रामानन्दीले १३ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो ईनिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ रन तथा बसिर अहमदले ४७ रन बनाएका थिए। यी दुईबीच पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी भएको थियो। तर यि दुईको पार्टनरशिप टुटेसँगै नेपाल अपेक्षाबिपरित कोल्याप्स भएको थियो।
त्यसअघि देव खनाल १३, आसिफ शेख ११, गुलशन झा ७, करण केसी ५, रोहित पौडेल ३, सन्दीप लामिछाने ३, इशान पाण्डे १ रनमा आउट भए। शेर मल्ल खाता नखोली आउट हुँदा ललित राजवंशी ० रनमा अविजित रहे।
ओमानका बलरमध्ये हस्नैन शाहले ३ विकेट, जय विराम ओडेदराले ३ विकेट तथा मुहम्मद इमरानले २ विकेट लिएका थिए।

Nepal vs Oman LiveI Nepal vs Oman, Nepal vs Oman ODI, Nepal Oman 2026, Nepal vs Oman match analysis, Nepal Oman Match scorecards, Nepal cricket, Oman cricket, Nepal cricket 2026, Nepal ODI,
#NepalVsOman #NepalCricket #OmanCricket #NepalCricket2026 #ODICricket #Cricket #NepalCricketNews #MatchPreview #PreMatchAnalysis #PitchReport #PlayingXI #HeadToHead #CricketPrediction #CricketKitchen

3 weeks ago | [YT] | 216

Cricket Kitchen

सेमिफाईनल प्रबेश गरिसकेको नेपालले आफ्नो समुह चरणको अन्तिम खेलमा २६२ रनको ठुलो लक्ष्य प्राप्त गरेको छ । बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङमा आएको हङकङलृ निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको हो । हङकङका लागि बाबर हयातले नटआउट ११७ रनको पारि खेलेका थिए । कुनै समय नेपाली बलरहरुले नियन्त्रण गरेका खेलको पहिलो पारीमा बाबर रिटायर्ड हर्ट भएर पुनः खेलमा फर्किएसँगै उनले पुरै पारी हङकङको पक्षमा लगेका थिए । नेपालका लागि सन्दिप लामिछानेले ४ विकेट प्राप्त गरे भने शेर मल्लले ३ विकेट हात पारे ।
हङकङ पनि नेपाललाई पराजित गर्न सकेको अबस्थामा सेमिफाईनल प्रबेश गर्नेछ ।

Nepal vs Hongkong I ACC Men's Premier Cup 2026

#NepalVsHongKong #NepalCricket #HongKongCricket #ACCMensPremierCup #ACCPremierCup2026 #cricketkitchen #udeeprajdhungana

3 weeks ago | [YT] | 91

Cricket Kitchen

टस जितेर पहिले ब्यािटङ रोजेको साउदी अरेबियाले आफ्ना सबै विकेटहरु गुमाउदै १९० रन बनाएको छ । जीतका लागि नेपालले ३०० बलमा अब १९१ रन बनाउनुपर्नेछ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछानेले ३, ललित राजबंशीले २, शेर मल्लले १ तथा गुल्सन कुमार झाले १ विकेट प्राप्त गरे । साउदीका लागि ओपनर अब्दुल वाहिदले हानदार ७७ रनको पारी खेले । उनले सो क्रममा १० चौका र २ छक्का प्रहार गरेका थिए । वाहिदलाई ललित नारायण राबंशीले आफ्नो शिकार बनाएका थिए ।


#NepalCricket #NepalVsSaudiArabia #SaudiArabiaCricket #NepalCricketTeam #CricketNews #T20I #CricketPrediction #MatchPreview #udeeprajdhungana
#cricketkitchen

3 weeks ago | [YT] | 163

Cricket Kitchen

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ १० ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए सो क्रममा उनले ४ मेडन ओभरसमेत राखे। ललित राजबंशीले ६.२ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए। करण केसीले ८ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए।
Nepal Vs Bahrain I ACC Men's Premier Cup 2026 I Sandeep Lamichhane 5-wickets Haul I Nepal First win I Road To Victory I

1 month ago | [YT] | 161

Cricket Kitchen

एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालले समूह चरणमा चार खेल खेल्नेछ। नेपालले ३१ अगस्टमा बहराइन, ३ सेप्टेम्बरमा मलेसिया, ६ सेप्टेम्बरमा साउदी अरेबिया र ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

सबै खेल बिहान ७:१५ बजे (NT) सुरु हुनेछन्। समूह चरणपछि सेमिफाइनल १० सेप्टेम्बर र फाइनल/तेस्रो स्थानको खेल १२ सेप्टेम्बरमा हुने तालिका छ।

#nepalcricket #nepalcricketteam #cricketkitchen

1 month ago | [YT] | 175

Cricket Kitchen

नेपाली क्रिकेटको सिनियर राष्ट्रिय टोलीका ब्याटरहरु मात्र होईनन, ए टिमका ब्याटरहरु पनि रन बनाउन सङघर्ष गरिरहेका छन् । अष्ट्रेलियामा चलिरहेको टप इण्ड टि २० मा नेपालको खराब प्रर्दशन सँगै नेपाल अंक तालिकाको पुच्छरमा रहेको छ । के नेपालले आफ्ना बाँकी ४ खेलमा जितको लय समात्न सक्ला?

#nepalcricket #nepalcricketnews #nepalcricketnews #cricketkitchen

1 month ago | [YT] | 65