Truth Of Nepal

कालोधनबारे शंका गहिरिँदै, अनुसन्धानमा सघाउन राजदूतलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुधन गुरुङले स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युलीसँग भेट गरी स्वीस बैंकमा नेपालीहरूको अवैध पैसा छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्न सहयोग मागेका छन्।
बुधबार भएको भेटमा गृहमन्त्री गुरुङले “नेपालीले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको” बारे छानबिनमा राजदूतावासबाट सहयोगको आग्रह गरेको उनको सचिवालयले जनाएको छ। #NewsUpdate

5 months ago | [YT] | 3

Truth Of Nepal

गृहमन्त्री सुधन गुरुङद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालय निरीक्षण #Sudan #sudangurung #news

5 months ago | [YT] | 1

Truth Of Nepal

चुनावी प्रचारमा प्रयोग भएको रास्वपाको गाडीमा मदिरा फेला

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको जिपमा चामल र मदिरा फेला परेको छ ।

आज बिहान करिब पौने १० बजे बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग गरिएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ती सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार जिपबाट दुई बोरा चामल, २१० बोतल मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खाने तेल बरामद गरिएको छ।

जिप चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र गाडीमा सवार बनगाड–कुपिण्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले निर्वाचनलाई लक्षित गरी मतदातालाई प्रभावित पार्न सामग्री वितरण गर्ने आशंकामा गाडी र व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। #news #nepalinews #Update #TruthOfNepal #NepaliNewsToday #today #nepali

6 months ago | [YT] | 2

Truth Of Nepal

बोलिभियामा कार्गो विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

ला पाज नजिकै विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मालवाहक (कार्गो) विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाका क्रममा विमान रनवेबाट चिप्लिएर नजिकैको एल आल्टो क्षेत्रमा रहेको राजमार्गमा पुगेको थियो। त्यसक्रममा सडकमा गुडिरहेका सवारीसाधनलाई विमानले ठक्कर दिएको बताइएको छ।

शुक्रबार भएको उक्त घटनामा कम्तीमा १५ वटा सवारीसाधनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। मृत्यु हुनेहरू विमानमा सवार व्यक्ति हुन् वा सडकमा रहेका सवारीका यात्रु हुन् भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । #news

6 months ago | [YT] | 0

Truth Of Nepal

रास्वपा उम्मेदवारलाई मतदाताले पढाए ट्युसन

‘जान्नेलाई छान्ने’ नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मतदातासामु नै निरुत्तर बनेका छन् ।

झापामा घरदैलो गर्दै भोट माग्न पुगेका क्षेत्र ४ का उम्मेदवारले वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नाम भजाउँदै मत मागेपछि मतदाताले उल्टै प्रश्नको वर्षा गरेका हुन् ।

झापा–४ का उम्मेदवार शम्भु सुस्केरा मतदातासँग भन्छन्, ‘बालेन साहले काम गरेको कुरा तपाईंलाई विश्वास छ कि छैन ? काठमाडौंका मेयरको ?’

त्यसको जवाफमा मतदाता ठोक्छन्, ‘काम गरेको पनि देख्यौं, ठेलासहित लगेर फालेको पनि देख्यौं ।’

यसपछि सुस्केरा असहज हुँदै ‘तपाईं नेगेटिभ माइन्डमा हुनुहुन्छ, माफ गर्नुहोला’ भन्दै पन्छिन खोज्छन् । तर मतदाता झन् कडा हुन्छन्— ‘सम्झाउनुपर्छ त जनतालाई बुझाउनुपर्छ । बुझाउन सक्ने क्षमता पनि छैन ?’

त्यसै क्रममा जेनजी प्रदर्शनपछि बालेन हराएको, सिंहदरबारमा आगलागी हुँदा दमकल नपठाएको लगायतका आरोप पनि उठाइन्छन् ।

उम्मेदवारसँगै रहेका कार्यकर्ताले बचाउ गर्दै भन्छन्, ‘उनी देशको प्रधानमन्त्री थिएनन् नि !’

मतदाताको तुरुन्त प्रतिप्रश्न आउँछ– ‘प्रधानमन्त्री नभए पनि काठमाडौंको नायक थिए त ?’

जवाफ नपाएपछि टोलीका सदस्यहरुले स्थानीय भाषामा सम्झाउने प्रयास गर्छन्, नसकेपछि बाटाे लाग्छन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘घण्टीमा भोट माग्न गएका उम्मेदवारलाई युवाले उल्टै ट्युसन पढाए ।’ अर्काले ‘खरानी पार्टीसँग जवाफ छैन’ भन्दै व्यङ्ग्य गरेका छन् । #news #nepalinews #nepali

6 months ago | [YT] | 2

Truth Of Nepal

धादिङ बस दुर्घटनाकाे छानबिन गर्ने निर्णय

सरकारले धादिङ बस दुर्घटनाको छानबिन गर्ने भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हाे ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश अर्याल , भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीचकाे छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ घाइतेलाई ल्याइएको प्रहरीले जनाएकाे छ ।

#accident #news #TruthOfNepal

6 months ago | [YT] | 0

Truth Of Nepal

निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ ।

आइतबार श्रीलंकाको कोलम्बोमा हुने पाकिस्तान र न्यूजील्याण्डबीचको खेल वर्षाको कारणले रद्द भएको हो । खेल रद्द भएपछि दुवै देशले एक-एक अङ्क बाँडेका छन् ।
यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु भएको वर्षा नरोकिएकाले खेल रद्द गरिएको थियो ।

विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् । #news #NewsUpdate

7 months ago | [YT] | 0

Truth Of Nepal

नुवाकाेटका नेता अशाेक थापाले पनि छाडे रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी छाडेका छन् । फेसबुकमार्फत शनिबार उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशीर्वादबाट चयन हुन थालेकाले पार्टी छाडेको बताएका छन् ।

पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको उनले जनाएका छन् । उनी

थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए । #news

7 months ago | [YT] | 0

Truth Of Nepal

गाडीकाे छत र झ्यालबाट मुन्टाे निकालेर चुनाव प्रचार नगर्न गृहमन्त्रीकाे निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले गाडीको रुफ टप खोलेर र झ्याल बाहिर मुन्टो निकालेर चुनावी कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले गाडीकाे छतमा चढेर र झ्यालबाट मुन्टाे निकालेर राेड शाे गर्दै हिँडेका छन् ।

यसाे गर्दा दुर्घटनाकाे जाेखिम हुने भन्दै गृहमन्त्रीले यस्ताे निर्देशन दिएका हुन् ।

#TruthOfNepal #news

7 months ago | [YT] | 0

Truth Of Nepal

रमजान सुरु : एक महिनासम्म रोजा, नमाज र आत्मशुद्धिमा मुस्लिम समुदाय

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि सुरु भएको छ। आत्मसंयम, अनुशासन, दया र आध्यात्मिक शुद्धिको सन्देश बोकेको यस पर्वमा विश्वभरका मुस्लिम समुदायले एक महिनासम्म रोजा (व्रत) बस्ने गर्छन्।

रमजान अवधिभर मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयअघि सहरी (बिहानको भोजन) गरेर दिनभरि निराहार रहने र सूर्यास्तपछि इफ्तार गरी रोजा खोल्ने परम्परा छ।

यस समयमा दिनभरि पानीसमेत नपिई व्रत बस्ने गरिन्छ। साथै, नियमित पाँचपटक नमाज अदा गर्नुका साथै कुरआन पाठ, दान–पुण्य र गरिब–असहायलाई सहयोग गर्ने कार्यमा विशेष ध्यान दिइन्छ।

रमजानलाई आत्मशुद्धि, धैर्यता, सहिष्णुता र मानवताप्रति करुणा अभिवृद्धि गर्ने महिनाका रूपमा लिइन्छ। एक महिनाको रोजा समापनपछि मुस्लिम समुदायले ठूलो उत्साहका साथ ईद–उल–फित्र पर्व मनाउने परम्परा रहेको छ। #NewsUpdate #news

7 months ago | [YT] | 0