"शब्दहरू हाम्रो हतियार हुन्। विचारहरू हाम्रो क्रान्ति।
म मञ्चमा होइन, मनमा क्रान्ति ल्याउन आएकाे छु।
समानता,स्वतन्त्रता र भातृत्वका लागि आवाज उठाउने;
कलम र चेतनाको युद्ध लड्ने क्रान्ती हो यो।
र तपाइहरु यो क्रान्तिको सहयात्री हुनुहुन्छ।
सपना केवल देख्नलाइ होइन, साकार बनाउनका लागि हो।
जहाँ आवाज चुप छन्, त्यहाँ मेरो आवाज हुनेछ।
जहाँ सपना हराएका छन्, त्यहाँ म नयाँ सपना रोप्नेछु।
रगत होइन, विचार बगाउने क्रान्ति!
साहित्य मेरो अस्त्र हो, प्रेम र न्याय मेरो यात्रा।
आउनुहोस्, हामी परिवर्तनको बीउ छरौं —
एक शब्दबाट, एक सपना भएर।"
यो च्यानल परिवर्तन चाहने हरुको लागि हो - कलमको धार र आत्माको बलले!
K for क्रान्ति
मंगोल नेसनल अर्गनाइजेसनले फाल्गुन 21 मा सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका निमित्त दल दर्ता कार्यक्रम सम्पन्न गरेको छ।
1 month ago | [YT] | 5
View 0 replies
K for क्रान्ति
#धुन्चे,रसुवा, कार्तिक.२९.२०८२ सनिवार दिनांक
यात्राको दौरान मैले बिच बजारमा एउटा भीड देखें।तामझामको साथ अघि बढिरहेको थियो।सायद त्यो भिड कतै जाँदै थियो।
त्यो भिडको अनुहारमा घमण्ड,आवेग र जलन थियो, तर उनिहरूको आँखामा एउटा अनौठो खालीपन थियो। कोही आफ्नो अस्थायी पदको मादमा सबैलाई हेप्नमा लागेका थिए, त कोही आजिवनको कथित आत्मसम्मानको भारलाइ जसोतसो बोकेर हिँडिरहेका थिए त कोहि घिसार्दै थिए।बिचरा!
सबै एक अर्कालाइ पछि पार्दै अगाडि बढ्ने होडमा थिए,मानौ कि त्यहा जित्नेलाइ अमरता प्रदान गरिनेछ।तर वास्तवमा, त्यो दौड एउटा जिर्ण भएर टुट्न लागेको सिंहासनसम्म पुग्नको लागि रहेछ।अस्ताउन लागेको घामलाई पछ्याउदै अघि बढेको त्यो भिडमा महत्वाकांक्षा भने उच्च थियो, तर मानवता र नैतिकता भने यात्रा गर्दा कतै कहीं पछि छूटिसकेको रहेछ।
हाँसो बनावटी थियो, वचन पुरै झुटो थियो, र कानमा उन्नतिका झूटा बाचाहरू थिए। बाजागाजा,नाराबाजीहरू त चर्को थियो, तर बाहिरी दर्शकहरुको लागी भनेर मात्र प्रयोग भइरहेका थिए।मानौं त्यहाँ नाटकमञ्चन चलिरहेछ रंगमञ्चमा जस्तै।दर्शकको लागि अनेक पात्रहरुले आफ्नो भुमिका भरपुर निभाउने कोशिस भैरहेको थियो।त्यो नाटकमञ्चनमा केही न केही कुराको कमि त थियो।सायद विवेक,आत्मालोचना,मानवता!
सायद मानवता......!🤔
जब म अचम्मित भएर एकजनालाइ सोधें, "यहाँ मानवता कहाँ छ?" तब ति व्यक्तिले मुस्कुराउँदै भन्यो, "माफ गर्नुहोस्, आज धुन्चे बजारमा त्यो सामान आएको छैन।"😐️😶
अनि हत्तारिदै उ भिड्मा कतै हरायो।
म स्तब्ध😶🤐
#genz #genzrasuwa #genzrevolution #rasuwanepal #mno #MNO #mongolsblood #news
1 month ago | [YT] | 0
View 0 replies
K for क्रान्ति
३१ औं विश्व मुलवासी दिवसको अवसरमा, संसारभरी छरिएर बसेका तिनै जिउदा मान्छे जो आफ्नो मुलुकमा स्वतन्त्र र स्वाभिमानी भएर बाच्न रुचाउछन तर दासता स्विकार्दैनन।जो अधिकारको निम्ति हासी हासी फाँसी जान तयार हुन्छन,हो तेहि जिउदो मानिसहरुलाई समर्पन गर्दै ३१ औं विश्व मुलवासी दिवसको सुभकामना।
जै मंगोल!
5 months ago | [YT] | 11
View 0 replies
K for क्रान्ति
पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको छ ।
हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थयो । तर सोही समयमा पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबरले आतंक पैदा गरेको थियो । #indepthstory #ids #Nepal
8 months ago | [YT] | 1
View 0 replies
K for क्रान्ति
MNO ३६ औं स्थापना दिवस।
1 year ago | [YT] | 20
View 0 replies
K for क्रान्ति
एमएनओ लुम्बिनी प्रान्तीय सभाका सदस्य हिरा बहादुर गुरुंङ को आज २०८१ पुस ९ गते असामहिक दुःखद निधन भएको हुदा सिंगो संगठन स्तब्द भएको छ साथै उहाको परिवारजनप्रति धैर्यधारणा गर्ने शक्ति प्रदान गरून भन्ने कामनाका साथ हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौ।
1 year ago | [YT] | 17
View 1 reply
K for क्रान्ति
1 year ago | [YT] | 9
View 1 reply
K for क्रान्ति
Team Nepal arrives at Dashrath Stadium for the much awaited final of SAFF Women's Championship with Bangladesh. 😍
Pic. @anzaankc__
1 year ago | [YT] | 2
View 0 replies
K for क्रान्ति
बलिहाङ्ग पर्वको सम्पुर्ण देशबासिहरुमा सुभकामना।
1 year ago | [YT] | 23
View 2 replies
K for क्रान्ति
काभ्रे/दिनांक 24 October 2024
गत असोज ११ र १२ गते अविरल वर्षातका कारण काभ्रे जिल्ला रोशी गाउँपालिका १,२ र ३ शिखर पागुँ, नारायणटारमा १२८ घर बाढी पहिरोले प्रभावित पीडितहरुलाई मंगोल नेशनल अर्गनाइजेसन बागमती प्रान्तीय सभाको सदस्य कमल तामाङको पहलमा एम.एन.ओ जिल्ला सभा काभ्रेको संयोजकत्वमा राहत वितरण सम्पन्न भएको जानकारी जिल्ला सभा काभ्रेले गरेको छ।
1 year ago | [YT] | 4
View 0 replies
Load more