Krishi Education


Krishi Education

Tomato Leafminer (Tuta absoluta)
✓Taxonomy
Order: Lepidoptera
Family: Gelechiidae
Species: T. absoluta

✓Identification:
Eggs Tiny, yellowish-white, oval-shaped, laid on underside of leaves
Larvae: Legless, yellowish-green, with black head and thorax, up to 1 cm long
Adults: Small, grayish-brown moths with distinctive white stripes on forewings, up to 1.5 cm wingspan

✓Damage Pattern
Leaf mining: Larvae tunnel through leaves, creating narrow, winding mines
Defoliation: Severe infestations can lead to complete defoliation

✓Management
1. Monitor: Regularly inspect plants for signs of infestation
2. Sanitation: Remove infested plants or leaves to prevent spread
3. Traps: Use sticky traps or pheromone traps to capture adult moths
4. Chemical control:
Apply insecticides as a last resort, taking care to avoid harming beneficial insects
Emamectin benzoate, Imidachloprid , Spinosad etc can be used.

8 months ago | [YT] | 0

Krishi Education

SUGARCANE FARMING

Sugarcane is a tropical grass that is cultivated primarily for its high sucrose content. The plant grows in tall, jointed stalks that are harvested and processed to extract sugar. It is a major source of sugar and also used to produce other products like ethanol and molasses. Sugarcane thrives in warm, sunny climates and is a key agricultural crop in countries like Brazil, India, and China.

Sugarcane farming involves:
1. Site Selection
Climate: Sugarcane thrives in tropical and subtropical climates with temperatures between 20°C and 30°C (68°F to 86°F). It requires a long growing season and can’t tolerate frost.
Soil: Prefers well-drained, sandy loam soils with good organic matter. Soil pH should be between 6.0 and 7.0. Avoid heavy clay or waterlogged areas.

2. Land Preparation
Clearing and Tilling: Clear the land of any debris and perform deep tilling to ensure good root development. Plow and harrow the soil to create a fine seedbed.

3. Planting
Cuttings: Use healthy, disease-free sugarcane stalks, typically 30-40 cm long with 2-3 buds per cutting.
Spacing: Plant cuttings 1-1.5 meters apart in rows, depending on the variety and soil fertility. The cuttings should be planted 5-10 cm deep.

4. Nutrient Management
Fertilization: Apply fertilizers based on soil test recommendations. Generally, sugarcane requires high amounts of nitrogen, phosphorus, and potassium.

5.Pests: Monitor for common pests like sugarcane borers and aphids. Use integrated pest management (IPM) strategies to control.

6. Disease Management
Diseases: Watch for diseases such as rust, smut, and leaf spots. Use disease-resistant varieties and practice good field hygiene to prevent outbreaks.

7. Harvesting
Timing: Harvest when the cane reaches its maximum sugar content, usually 12-18 months after planting. The cane should be mature but not overripe, as it can lose sugar content

Brought to you by Kilimo Faida Tv Crop Protection Expert Grace Righa

1 year ago | [YT] | 0

Krishi Education

How to Grow Long Bean in Pots at home / Seeds to Harvest / Easy for Beginners
1. Introduction to Green Beans: Describes green beans as versatile and easy to cultivate, ideal for both large spaces and small gardens.
2. Types of Beans: Differentiates between bush beans and pole beans, explaining their growth habits and yield characteristics.
3. Planting Tips: Highlights the best time for planting green beans and the soil preparation needed.
Support Structures: Details the support requirements for pole beans and offers options like trellises and garden fences.
4. Maximizing Harvest: Discusses strategies for planting and harvesting multiple rounds of bush beans for continuous yield.
5. Container Gardening: Provides tips for growing green beans in containers, emphasizing the importance of drainage and suitable pot sizes.
6. Maintenance Tips: Offers guidance on watering, fertilizing, and managing pests and diseases to ensure healthy plants.
7. Harvesting and Storage: Explains how to identify and harvest ripe green beans, and the best methods for storage.

1 year ago | [YT] | 0

Krishi Education

How to Grow Long Bean in Pots at home / Seeds to Harvest / Easy for Beginners
1. Introduction to Green Beans: Describes green beans as versatile and easy to cultivate, ideal for both large spaces and small gardens.
2. Types of Beans: Differentiates between bush beans and pole beans, explaining their growth habits and yield characteristics.
3. Planting Tips: Highlights the best time for planting green beans and the soil preparation needed.
Support Structures: Details the support requirements for pole beans and offers options like trellises and garden fences.
4. Maximizing Harvest: Discusses strategies for planting and harvesting multiple rounds of bush beans for continuous yield.
5. Container Gardening: Provides tips for growing green beans in containers, emphasizing the importance of drainage and suitable pot sizes.
6. Maintenance Tips: Offers guidance on watering, fertilizing, and managing pests and diseases to ensure healthy plants.
7. Harvesting and Storage: Explains how to identify and harvest ripe green beans, and the best methods for storage.

1 year ago | [YT] | 0

Krishi Education

# भण्टा खेतिको लागि माटो व्यवस्थापन: महत्वपूर्ण सुझावहरू#

भण्टा खेतिको लागि प्रभावकारी माटो व्यवस्थापन अत्यन्तै महत्वपूर्ण छ। यहाँ केही मुख्य बुँदाहरू छन् जसले माटोको गुणस्तर र उत्पादनशीलता वृद्धि गर्न मद्दत पुर्याउँछन्:

१. माटो परीक्षण र विश्लेषण: उचित माटो परीक्षण गरेर माटोको गुणस्तर, पिएच स्तर, र पोषक तत्वहरूको कमी पत्ता लगाउनुहोस्। यसले आवश्यक सुधारका उपायहरू थाहा पाउन मद्दत गर्छ।

२. माटोमा जैविक पदार्थको थप: कम्पोष्ट, गोबरको मल वा अन्य जैविकमल , जीवाणुयुक्तमलको प्रयोग गरेर माटोको उर्वरता र संरचना सुधार गर्नुहोस्। यसले माटोको पानी सम्हाल्ने क्षमता र पोषक तत्वहरूको उपलब्धता बढाउँछ।
साथै रासायनिक मल को दुसप्रभाव लाई पनि कम गर्द्छ।

३. सार्वजनिक पद्धति अपनाउनुहोस् : माटोको स्वास्थ्य राख्नको लागि सार्वजनिक पद्धतिहरू जस्तै फसल चक्र र हरित आवरण प्रयोग गर्नुहोस्। यसले माटोमा रहेका पोषक तत्वहरूको सन्तुलन कायम राख्न मद्दत गर्छ।

४. पानीको व्यवस्थापन: अत्यधिक पानीको उपयोगले माटोको संरचना बिगार्न सक्छ। यसलाई नियन्त्रणमा राख्नको लागि सही सिँचाइ प्रणाली र पानीको प्रयोगको योजना बनाउनुहोस्।

५. माटोको अवलोकन: नियमित रूपमा माटोको अवस्था जाँच गर्दै आवश्यक समायोजन गर्नुहोस्। यो प्रक्रिया माटोको दीर्घकालीन स्वास्थ्य र उत्पादनमा योगदान पुर्याउँछ।

यी सुझावहरूको अनुसरण गरेर भण्टा खेतिको लागि माटो व्यवस्थापनलाई उत्तम बनाउन सकिन्छ र कृषिमा स्थिरता ल्याउन मद्दत गर्न सक्छ।
सल्लाह सुझावका लागि सम्झनुहोस ।
जन आस्था एग्रो फर्म प्रा.लि. धनगढीमाइ १० सिराहा।

1 year ago | [YT] | 0

Krishi Education

तरकारी खेतीले सिन्धुली राजापानीकी रुक्मिणीको जिवनस्तरमा परिवर्तन आयो:-

कमलामाई नगरपालिका ५ राजापानीकी रुक्मिणी व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुहुन्छ । विगत १० वर्ष देखि राजापानीमा रुक्मिणीले तरकारी खेति गदै आउनुभएको हो । उहाँले अहिले बेमौसमी गोलभेडा, घिरौला, करेला लगायतको तरकारी लगाउनु भएको छ । टनेल नै बनाएर बेमौसमि तरकारी खेति गर्नुभएको उहाँलाई अहिले खेतिबाटै घरखर्च साथै छोराछोरी पढाउन पुग्ने गरेकोे छ ।

तरकारी खेतिबाट घरखर्च साथै छोराछोरी पढाउन पुगेको छ । त्यति मात्र होइन चाडपर्व मनाउन पनि यहि तरकारी खेति बाटै पुगिरहेको छ । केहि पैसा बचत समेत गरेकी छु ,” उहाँले भन्नुभयो । उहाँले तरकारी खेति बाटै मनग्य आम्दानी गरिरहनुभएको छ । एक लटमै एक लाख सम्म कमाउने गरेको उहाँ सुनाउनुहुन्छ । “मौसमी तरकारी खेतिबाट लगभग एक लाख जति नाफा भयो , अहिले बेमौसमी तरकारी पनि बेच्दै छु । अहिले सम्म ६० हजार भन्दा बढीको बेमौसमी तरकारीहरु बेचिसकेको छु । अझै बाकीँ छ ,” उहाँले भन्नुभयो ।

तरकारी खेति आम्दानीको राम्रो स्रोत बनेको उहाँले बताउनुभयो । घरखर्च, छोराछोरी पढाउन साथै चाडपर्व मनाउन खेतिबाटै पुग्ने र श्रीमानले कमाएको पैसा भने बचत हुने गरेको उहाँले बताउनुभयो । “तरकारी खेतिबाट सबैघरमा खर्च टार्ने गरेको छु । श्रीमानले कमाएको पैसा बचत हुन्छ । श्रीमानको आशमा बस्नु पदैन ,” उहाँले भन्नुभयो ।

खेतिका गर्नका लागि लिलालाई कमलामाई नगरपालिका लगाएत विभिन्न संघसंस्थाले तरकारीको विउँविजनमा सहयोग गरिरहेको छ । “बेमौसमी तरकारी उत्पादन गर्न टनेल निर्माणका लागि कमलामाई नगरपालिकाले प्लाष्टिक सहयोग गरेको छ । विउँ विजनका लागि सिड्स नेपालले पनि सहयोग गरिरहेको छ ,” उहाँले भन्नुभयो । यसरी सहयोग पाउँदा थप तरकारी खेति गर्न प्रोत्साहन मिल्ने गरेको उहाँले बताउनुभयो ।
copy : Krishi Press- कृषि प्रेस

1 year ago | [YT] | 0

Krishi Education

मोरङको सुन्दर हरैचा नगरपालिका लोचनीमा गजेन्द्र आचार्यले व्यवसायीक रुपमा गर्नुभएको केरा खेति । उहाँले ८ बिगा क्षेत्रफलमा ५ बर्षदेखि व्यवसायीक केरा खेति गर्दै आउनुभएको छ । सम्पर्क 9810526630L@q@@washing

1 year ago | [YT] | 0

Krishi Education

जैविक विषादी

जैविक विषादी (अङ्ग्रेजी: Biopesticides) शत्रु जीवलाई मार्नका निम्ति प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्र जीव एवम् सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिहरूको तत्त्व, उत्पादन वा सक्रिय तत्वहरू पर्दछन् ।[१][२] जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रु जीव व्यवस्थापनको महत्त्वपूर्ण अंश मानिन्छन् ।

प्रकारहरू
सम्पादन गर्नुहोस्
जैविक विषादीमा सूक्ष्म जीव, सूक्ष्म परजीवी, किराहरू, वनस्पतिजन्य नीमको धुलो, बोझो, टिमुर आदि पर्दछन् ।[१]

संरचना र प्रयोग
सम्पादन गर्नुहोस्
जैविक विषादीहरू बनाउँदा प्राकृतिक स्रोतहरूको प्रयोग गरिन्छ । तरल पदार्थमा घोलिएको, धुलो अवस्थामा, दानादार रूपमा तयार पारिने जैविक विषादीको मौलिक गुणमा कमि नआओस् भन्ने ध्यान पुर्याइएको हुन्छ । यस विषादीमा मिसाइएका जैविक तत्वको प्रभावकारिताका निम्ति जैविक वस्तुहरू प्रयोग समयसम्म जीवित हुनु आवश्यक हुन्छ । सूर्यको प्रकाश, आद्रता, चिस्यान, तापक्रमले जैविक विषादीको प्रभावकारिता र प्रयोगमा असर पार्दछन् ।[३]

जैविक विषादीको संरचना तथा प्रकृति फरक किसिमको हुनुको साथै प्रयोग गर्ने तरिका पनि फरक पर्दछन् । जैविक विषादी पूर्णत: (Contact Action) मा आधारित हुन्छन् ।[३]

फाइदाहरू
सम्पादन गर्नुहोस्
शत्रुजीवको नियन्त्रण गरी राख्ने,
वातावरण र मानवका लागि कुनै पनि खास असर नगर्ने र वातावरणमा रासायनिक विषादी जस्तो यसको प्रभाव लामो समयसम्म नरहने,
स्थानीय स्रोत साधनको प्रयोगबाट ल्याउन सकिने, सस्तो पर्ने,
बेफाइदाहरू
सम्पादन गर्नुहोस्
निश्चित अवस्था वा समयमा मात्र प्रभावकारी हुने,
विषादीको दायरा साँगुरो हुने,
ढिलो कार्य अवधि हुने, नतिजा तुरुन्तै नदेखिने, विभिन्न बाह्य वातावरणीय तत्वले असर पार्न सक्ने,
नेपालमा उपलब्ध जैविक विषादीहरू
सम्पादन गर्नुहोस्
ढुसीजन्य

सम्पादन गर्नुहोस्
हरियोढुसी (Metarhizum)
सेतो ढुसी (Beauveria)
Verticellium
ट्राइकोडर्मा
ब्याक्टेरियाजन्य
सम्पादन गर्नुहोस्
बिटि (Bacillus thurigenisis)
भाइरसजन्य
सम्पादन गर्नुहोस्
NPV
नेमाटोडजन्य
सम्पादन गर्नुहोस्
नेमाटोडमा आधारित पदार्थ
वनस्पति आधारित
सम्पादन गर्नुहोस्
बोझोको धुलो,
झोल मल
निमारिन

1 year ago | [YT] | 0

Krishi Education

धानको कालोपोके (False Smut of Rice: Ustilaginoidea virens रोग र रोकथाम उपाएबारे जानौ:-

परिचय
यो विशेष गरी धान बालीको विश्वव्यापी र महत्वपूर्ण रोग हो। यो रोग विश्वका ४० भन्दा वढी देशमा देखा परेको बताइएको छ । रोगले आक्रमण गरेको धानको बालामा ढुसीको खैरो कालो धुलोको पोको देखिन्छ । शुक्ष्मदर्शक यन्त्रको सहायताबाट हेर्दा स्पोर (बिजाणु) गोलाकार र समुहमा जोडिएर रहेका देखिन्छन् ।

क्षतीको लक्षण

दुसीको आक्रमण पछि धानको बालामा शुरुमा खैरो दाग देखिन्छ । दानामा खैरो ढुसीको धुलो बढ्न थाल्छ, बिस्तारै खैरो वा कालो स्पोरले धानको गेडालाई ढाक्छ र ढुसीको पोका विकास हुन्छ। यस्ता स्पष्ट पोकाहरू धानका बालामा सर्वत्र देखा पर्न थाल्छन् । अन्तमा धानको गेडा पूर्ण रूपमा ढुसीको डल्ला जस्ता हुन्छन्।

व्यवस्थापन

👉रोग संक्रमित धानको बीउ नरोप्ने ।
👉बीउ रोप्नुअघि ढुसीनाशक विषादीले उपचार गर्ने ।
👉 कालोपोके देखिएका धानका बोट खेतबाट हटाई नष्ट गर्ने ।
👉धान काट्नुभन्दा अघि कालोपोके लागेका बाला हटाउने ।
👉कालोपोकेको ढुसी (धुलो) खेतमा झर्न नदिने ।
👉संक्रमित धानलाई रोगमुक्त धानसँग नमिसाउने ।
👉रोग धेरै फैलने देखिएमा कपर अक्सिक्लोराइड ५० डब्लु पी २.५ ग्राम प्रति लिटर पानीका दरले प्रयोग गरी फिल्डमा यसको व्यवस्थापन गर्न सकिन्छ ।

1 year ago | [YT] | 0

Krishi Education

एकीकृत शत्रु जीव व्यवस्थापन (IPM) नै किन ?

👉रासायनिक विषादीको अत्यधिक प्रयोगबाट वातावरण, मानिस र पाल्तु
जनावरमा प्रतिकूल असर देखा परेकाले।
👉 रासायनिक विषादी मात्रको प्रयोगले कीरा तथा रोगमा प्रतिरोधक क्षमताको
विकास भई फडके कीरा, डि.वी.एम. जस्ता कीराहरू नियन्त्रण हुन नसक्नाले ।
👉 बालीनालीमा अवशेष भई मानव जाती प्रभावित भइरहेको हुनाले ।
👉मित्रजीवको संरक्षण भई शत्रुजीव व्यवस्थापन हुन सक्ने ।
👉 रासायनिक विषादीको खपतमा कमी आउने ।
👉 स्वस्थ बाली उत्पादन र उत्पादकत्व वृद्वि हुने ।
👉 राम्राे वैकल्पिक उपाय हुने भएकाले

शत्रुजीवहरूको जीवन प्रक्रिया हेरी वातावरण तथा आर्थिक सँगतिहरूलाई समेटेर विभिन्न उपयुक्त तरिका आर्थिक विनाशभन्दा तल नै राख्ने प्रक्रियालाई एकीकृत
राेगकीरा व्यवस्थापन भन्न सकिन्छ । बाली बिरुवाका शत्रुहरू (रोग, कीरा, झारपात, चरा, मुसा) लाई आर्थिक रूपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणले दिगो रूपमा बाली संरक्षण गर्ने एउटा विधि हो । यसमा नियन्त्रणका एकभन्दा बढी विधिहरूको प्रयाेग गरिन्छ जसले गर्दा रासायनिक विषादीहरूको प्रयोगमा कमी हुन आउँछ । कतिपयले एकीकृत व्यवस्थापनमा विषादीको प्रयोग गर्नु हुन्न भन्ने धारणा राख्छन्
तर त्यसाे नभइर् विषादीलाइ अन्तिम हतियारको रूपमा वातावरण र स्वास्थ्यमा कम हानि पुर्याउने खालका राेजेर प्रयाेग गनर्सकिन्छ ।

आई.पी.एम.का सिद्वान्तहरू
=================================
Like & share Halfagriculturist पेज😊

पर्यावरणीय नोक्सान नपुराई कनदिगो बाली संरक्षण प्रविधि अपनाई आर्थिक रूपले बढी नाफा कमाउने उद्देश्यले एकीकृत शत्रु जीव व्यवस्थापन (आई.पी.एम.) कार्यक्रमको सुरुआत भएको हो । यो उद्देश्य पूरा गर्न आई.पी.एम.ले चारवटा निर्देशक सिद्वान्तहरूलाई आफ्नो मार्गदर्शनको रूपमा अँगालेर अगाडी बढिरहेको छ ।

ती सिद्वान्तहरू यस प्रकार छन् :-
👉१ स्वस्थ बाली उत्पादन
यस सिद्वान्तअन्तर्गत बाली लगाउँदा चाहिने सामग्रीहरू र सम्पूर्ण कार्यहरू ठीक तरिकाले गर्नु पर्दछ भन्ने कुराहरू आउँछन् । शत्रुजीव प्रतिरोधात्मक जातको बाली लगाउने, शुद्व र स्वस्थ बिउको छनोट गरी ठीक समयमा बिउ छर्ने खेतबारीकोचिस्यान मिलाई राम्ररी खनजोत गरी आवश्यक खाद्यतत्वको प्रयोग गर्ने झारपात तथा सिँचाइको उचित व्यवस्थापन जस्ता पक्षहरूलाई ध्यान दिने काम पर्दछन् ।

👉२ मित्र जीवको संरक्षण

हाम्रो खेतबारी एक पूर्ण प्राकृतिक परिवृत्त हो जहाँ मित्रु तथा शत्रुजीव लगायत विभिन्न जीवाणु एवं वातावरण एकापसमा अन्योन्याश्रित भई सन्तुलित पर्यावरणका
रूपमा रहेका हुन्छन् । मित्रजीवहरू कृषकको लागि अति उपयोगी हुनाले यिनकोसंरक्षण गर्नुपर्ने हुन्छ । यिनीहरूको संरक्षण गर्नु भनेको प्राकृतिक रूपमा नै
शत्रुजीवहरूको नियन्त्रण गर्नु हो । हामीले विषादी छर्नाले मित्रजीवहरू मर्न जाने मात्र नभई यसको बाँच्ने आधार रहेको शत्रुजीव मर्ने र बस्ने उपयुक्त वातावरण पनि बिग्रन गई प्राकृतिक परिवृत्तमा अवरोध खडा हुन्छ । तसर्थ प्राकृतिक शत्रुहरूकोसंरक्षण एवं उपयोग गरी शत्रुजीवहरूको व्यवस्थापन गर्ने उपायतर्फ बढी ध्यान
दिनुपर्छ ।
👉३. खेतबारीको नियमित निरीक्षण

खेतबारीमा एक निश्चित अवधि बनाएर नियमित अवलोकन गर्नाले के–के कुराको
कमी छ वा बढी छ भन्ने कुरा कृषकले समयमा थाहा पाउन सक्छ । सिँचाइको आवश्यता छ कि मलखादको आवश्यता, झारपातको समस्या छ कि रोग कीराको
समस्या, शत्रुजीव र मित्रजीवमा कसको संख्या बढी छ लेखाजोखा गरी कुन अवस्थामा छ थाहा पाउन सकिन्छ । बालीनालीको अवस्था र रोगकीराको प्रकोपबारे
अवलोकन गरेर एक निश्चित निर्णय लिन सकिन्छ

👉४ कृषक स्वयंलाई दक्ष बनाउने

नियमित रूपमा खेतबारीको निरीक्षण गर्नाले कृषकहरूले कृषि पर्यावरणलाई राम्रोसित बुझ्ने र त्यसलाई विश्लेषण गरी नतिजा निकाल्न सक्ने हुन्छन् । बालीमा नियमित गरिने कृषि पर्यावरण विश्लेषण, खेतबारीमा नै गरिने अध्ययन, अनुसन्धान
र प्रयोगले कृषकलाई एक सफल वैज्ञानिक बनाउँछ । यसबाट विगतका अनुभवका आधारमा मौसमको अवस्था र अनुकूलता हेरी भविष्यमा आउन सक्ने आकस्मिक प्रकोप र त्यसबाट बच्न सकिने सम्भाव्य उपायबारे समयमा नै व्यवस्था मिलाउन
सक्षम हुन्छन् । यसरी एक कृषक स्थानीय स्तरमा एक स्रोतव्यक्ति र दक्ष प्राविधिक बन्न सक्षम हुन्छन् । यसरी कृषकलाई सैद्धान्तिक तथा व्यावहारिक रूपमा दक्ष
बनाएर सही निर्णय निकाल्न सक्षम बनाउनु नै आई.पी.एम. कार्यक्रमको सबैभन्दा महत्वपूर्ण मार्गनिर्देशक सिद्धान्त हो ।

खेती गर्ने प्रविधि वा तरिकाहरू

१) घुम्तिबाली लगाउने
२) रोग–कीरा कम लाग्ने बाली वा जातको प्रयोग गर्ने
३) बाली लगाउने समयको फेरबदल गर्ने
४) मिश्रित बाली लगाउने
५) मिलिजुली वा सहभागी खेती (मकै र सिमी वा बोडी)
६) खेतबारीको सफाइ – अवशेष नष्ट गर्ने
७) जमिनको राम्रो खनजोत
८) राम्ररी पाकेको गोबर मलको प्रयोग गर्ने
९) किरीको तिरीमिरी (रंग, गन्ध, पातको बनावट र बिरुवाको जराको फैलावट)
१०) सिँचाइको उचित प्रबन्ध मिलाउने
११) सिफारिस मात्रामा मलखदको प्रयोग गर्ने

Source :दिगो कृषिका आधारभूत प्रविधि
लेखन÷सम्पादन
माधव धिताल
दिपांकर दाहाल
सुजाता तामाङ्ग
डा. कृष्ण प्र. पाैडेल

खाद्य तथा दिगो खेतिपाती अभियान
फरेस्टएक्सन, नेपाल
२०६८

1 year ago | [YT] | 0