SWASTHYA PHARMACY

From this channel, we provide public awareness health materials of famous doctors of Nepal such as: health information, health tips, motivational video, health awareness live program etc.

Remember that all the health content broadcasted on this channel will be 100% confidential

For more information:
Email: swasthyap@gmail.com
Instagram: www.instagram.com/swasthyapharmacy?igsh=MTc2cHBybn…


SWASTHYA PHARMACY

कठिन समयबाट गुज्रिरहनुभएको छ ?

एक्लै नबस्नुहोस् ।

राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा फोन गर्नुहोस् ।
आफ्नो मनको कुरा ढुक्कले भन्नुहोस् । तपाईँको कुरा गोप्य रहनेछ ।

अप्ठ्यारा दिन सबैका आउँछन्, तर कुनै पनि अप्ठ्याराहरू सधैभरीका लागि रहँदैनन् ।
सजिला दिन अवश्य आउनेछन् ।

हार नमानौँ । कुरा गरौँ । सहयोग खोजौँ ।
तपाईँको जीवन अमूल्य छ ।

मनको कुरा गरौँ । सुनौँ, अनि बुझौँ ।
#WorldMentalHealthDay #WMHD #MentalHealthMatters #NHEICC #MentalHealthNepal
‪@swasthyapharmacy‬

1 day ago | [YT] | 3

SWASTHYA PHARMACY

यहि असोज को ३०/३१ गते आउदै हुनुहुन्छ ।अग्रिम नाम दर्ता गर्न सक्नु हुनेछ ।सम्पर्क प्रान्जल क्लिनिक बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५
‪@swasthyapharmacy‬

1 day ago | [YT] | 3

SWASTHYA PHARMACY

जनहितमा जारी सन्देश

मधुमेहले आँखा, मिर्गौला, मुटु र नसामा असर गर्छ भन्ने कुरा हामी धेरैले सुनेका छौँ। तर मधुमेहका केही यस्ता असरहरू पनि छन्, जसको हामी कमै चर्चा गर्छौँ।

मधुमेहले—

• कान कम सुन्ने समस्या हुन सक्छ।
• दाँत र गिजामा समस्या आउन सक्छ।
• खाना ढिलो पच्ने, पेट फुल्ने वा कब्जियत हुन सक्छ।
• पिसाबसम्बन्धी समस्या हुन सक्छ।
• यौन स्वास्थ्यमा असर पर्न सक्छ।
• काँध दुख्ने वा जाम हुने, औँला र जोर्नीमा समस्या आउन सक्छ।
• हड्डी कमजोर भएर भाँचिने जोखिम बढ्न सक्छ।
• छालामा संक्रमण तथा घाउ निको हुन ढिलो हुन सक्छ।
• निद्रामा समस्या आउन सक्छ।
• बिर्सने बानी बढ्ने र सोच्ने क्षमतामा असर पर्न सक्छ।
• चिन्ता, तनाव र उदासी बढ्न सक्छ।
• शरीरले चिनी धेरै घटेको संकेत थाहा नपाउने अवस्था पनि आउन सक्छ।

त्यसैले मधुमेहको उपचार भनेको रगतको चिनीको रिपोर्ट मात्र हेर्नु होइन।

डा. दीपक मल्ल
‪@swasthyapharmacy‬

2 days ago | [YT] | 5

SWASTHYA PHARMACY

जनहितमा जारी सन्देश।

सुगर घटाउने होइन, नियन्त्रणमा राख्ने हो!

मधुमेहका बिरामीमा सुगर अत्यधिक कम हुन सक्ने कारणहरू:

१. सुगर घटाउँछु भनेर खाना अत्यन्तै कम खानु।

२. औषधि वा इन्सुलिन आवश्यकताभन्दा बढी लिनु।

३. खाना नखाई लामो समयसम्म भोकै बस्नु।

४. सुगर घटाउने भन्दै अत्यधिक व्यायाम गर्नु।

५. घरपरिवारले धेरै खानेकुरा खान रोक लगाउनु।

६. घरमा भोक लागेको बेला खाना बनाएर दिने वा खान सहयोग गर्ने मानिस नहुनु।

७. समयमा खाना नखानु वा खाना खाने समय अनियमित हुनु।

८. खाली पेटमा मदिरा सेवन गर्नु।

९. बिरामी हुँदा बान्ता, पखाला वा भोक नलागेर पर्याप्त खाना खान नसक्नु।

१०. मिर्गौलाको समस्या हुँदा औषधिको असर बढी हुनु।

११. तौल घट्दा वा खानपान परिवर्तन हुँदा पनि औषधिको मात्रा नमिलाउनु।

याद राख्नुहोस्: सुगर ७० mg/dL भन्दा कम हुनु सावधान हुनुपर्ने अवस्था हो।

मधुमेहका बिरामीलाई भोकै राख्ने होइन, सही समयमा उचित खाना र औषधि दिने हो।

जनहितमा जारी सन्देश।

डा. दीपक मल्ल
‪@swasthyapharmacy‬

3 days ago | [YT] | 1

SWASTHYA PHARMACY

सानो प्रश्न, ठूलो भ्रम
❓ दादुरा त बच्चालाई हुने सामान्य रोग हो?
❌ होइन। दादुरा अत्यन्तै संक्रामक रोग हो।
एकजना दादुरा संक्रमितले १८ जनासम्मलाई संक्रमण सार्न सक्छ।
एक समुदायमा खोपको सुरक्षा कमजोर भयो भने दादुरा तीव्र रूपमा फैलिन सक्छ।

🌎 सन् २०२६ मा विकसित राष्ट्रहरूमा हजारौँ दादुरा संक्रमणका केस रिपोर्ट भएका छन्।
यसले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ—
खोपबाट रोक्न सकिने रोग नियन्त्रणमा राख्न निरन्तर खोप आवश्यक हुन्छ।

त्यसैले नेपालमा पनि नियमित खोप पूरा गरौँ।
💉 राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई
९ महिना र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपका दुवै मात्रा लगाऔँ।

खोप छुटेको छ भने ५ वर्षको उमेरसम्म जतिसक्दो छिटो खोप लगाऔँ।
❤️ दादुराबाट बचौँ, समयमै खोप लगाऔँ।
‪@swasthyapharmacy‬

4 days ago | [YT] | 16

SWASTHYA PHARMACY

तपाईंले JE विरुद्धको खोप लगाउनुभयो त?
JE विरुद्धको खोप अभियानमा करिब ५ लाखले लगाए खोप!
झापा जिल्लाको सबै १५ स्थानीय तह र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफ्लाइटिस् (JE) विरुद्धको खोप अभियानमा हालसम्म करिब ५ लाख जनाले खोप लगाइसक्नुभएको छ। 👏
अझै खोप लगाउन बाँकी हुनुहुन्छ भने ढिला नगर्नुहोस्।
👉 ३० वर्ष वा सोभन्दा माथिका लक्षित व्यक्ति तथा स्वास्थ्यकर्मीहरू सबैले नजिकैको खोप केन्द्रमा सम्पर्क गरी अभियानमा सहभागी हुनुहोस् र JE विरुद्ध सुरक्षित रहनुहोस्।
‪@swasthyapharmacy‬

4 days ago | [YT] | 3

SWASTHYA PHARMACY

बिरामी खुसी हुँदा हामी चिकित्सकलाई पनि खुसी लाग्छ। ❤️

आज एकजना बिरामीलाई मैले भनेँ,
“तलको अस्पताल फार्मेसीमा जानुहोस्, त्यहाँबाट औषधि लिएर आउनुहोस्। कस्तो औषधि दिनुहुँदो रहेछ, म पनि हेर्छु है।”

केहीबेरपछि उहाँ निकै खुसी हुँदै आउनुभयो—
“डाक्टर साहब, यहाँ त एकदम राम्रो रहेछ नि! औषधि पनि बाहिरभन्दा धेरै सस्तो पर्‍यो। झन्डै २०–३० प्रतिशत जति बचत भयो। अझ इन्सुलिन त चिसो कायम राखेर पो दिनुभयो। म त एकदम खुसी भएँ।”

उहाँको खुसी देखेर मलाई पनि साह्रै खुसी लाग्यो। 😊

तपाईंलाई पनि नियमित रूपमा इन्सुलिन, रक्तचाप, मधुमेह, ग्यास्ट्रिक लगायतका औषधि लामो समयसम्म प्रयोग गर्नुपर्छ भने सरकारी अस्पतालको फार्मेसीमा एकपटक बुझ्नुहोस्। उपलब्ध औषधि धेरैपटक बाहिरको तुलनामा सुलभ मूल्यमा पाउन सकिन्छ।

कहिलेकाहीँ सबै औषधि उपलब्ध नहुन सक्छन्, त्यो अलग कुरा हो। तर उपलब्ध हुँदा चिकित्सकले लेखिदिनुभएको औषधि अस्पतालकै फार्मेसीबाट सुलभ मूल्यमा पाउन सक्नुहुन्छ भने पैसा पनि बच्यो, समय पनि बच्यो।

अस्पताल कस्तो हुनुपर्छ भन्ने कुरा हामी सबैले सोचिरहन्छौँ।
सुधार एकैदिनमा हुँदैन, तर बिस्तारै भइरहेको सकारात्मक परिवर्तन देख्दा खुसी लाग्छ।

आज मलाई अझ खुसी लागेको छ, किनकि—
मेरो बिरामी खुसी भएर घर फर्किनुभयो।

धन्यवाद, वीर अस्पताल फार्मेसी। 🙏

अस्पतालको सुधार भनेकै बिरामीले महसुस गर्ने सुधार हो।

Dr. Dipak Malla .
‪@swasthyapharmacy‬

5 days ago | [YT] | 6