From this channel, we provide public awareness health materials of famous doctors of Nepal such as: health information, health tips, motivational video, health awareness live program etc.
Remember that all the health content broadcasted on this channel will be 100% confidential
For more information:
Email: swasthyap@gmail.com
Instagram: www.instagram.com/swasthyapharmacy?igsh=MTc2cHBybn…
SWASTHYA PHARMACY
https://youtu.be/05fTjrzAY10?si=2B1GX...
10 minutes ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ। त्यसैले चिसोबाट बच्न यी उपायहरू अपनाऔँः
- शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ
- कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरो दोहोरो हुने व्यवस्था गरौँ
- बालबालिका, वृद्ध-वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाऔँ
- आमाको दूध खाने बालबालिकालाई नियमित रूपमा स्तनपान गराऔँ
- तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ
- धूम्रपान तथा मद्यपान नगरौँ
- स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार-घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
- सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौँ। त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ
- आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal National Disaster Risk Reduction & Management Authority
#चिसो #शीतलहर #coldweather #coldwave #nepal
1 day ago | [YT] | 7
View 0 replies
SWASTHYA PHARMACY
https://youtu.be/zGMrzj2iS2k?si=KejYK...
2 days ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
सानुमायाको झोलामा के के रहेछ ?
#disaster #DisasterPreparedness #earthquake #EarthquakeSafety
@swasthyapharmacy
2 days ago | [YT] | 6
View 0 replies
SWASTHYA PHARMACY
https://youtu.be/Nru7pjY1D3Y?si=4tMCL...
2 days ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
https://youtu.be/vXTrBAjGPgk?si=RqdNH...
3 days ago | [YT] | 1
View 0 replies
SWASTHYA PHARMACY
https://youtu.be/FfBB4iR9ovI?si=B0Q6T...
3 days ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
https://youtu.be/1f2sHUbz57Y?si=-0g65...
3 days ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
पेट दुखाइ कि मुटु रोगको संकेत?–एक अत्यन्त महत्वपूर्ण शिक्षा
आज बिहान ६५ वर्षीया एक महिलालाई माथिल्लो पेट दुख्ने र तीनपटक वान्ता हुने समस्या लिएर हाम्रो आकस्मिक कक्ष (A&E) मा ल्याइयो।
आकस्मिक कक्षका चिकित्सकले यो समस्या शल्य–चिकित्सासम्बन्धी (सर्जिकल) हुन सक्छ भन्ने शंका गरी बिरामीलाई सर्जनकहाँ रेफर गरे।
🔹 सर्जनले परीक्षण, रगत जाँच र पुरै पेटको USG गरे — तर कुनै पनि समस्या भेटेनन्।
🔹 त्यसपछि बिरामीलाई मेडिसिन विशेषज्ञ, त्यसपछि गाइनी विशेषज्ञकहाँ पठाइयो — तर सबैजना अनिश्चित।
🔹 बिहानैदेखि बिरामी अनिर्णीत अवस्थामै थिइन्, अन्ततः मलाई बोलाइयो।
सबैभन्दा अचम्म — कसैले पनि ECG गर्ने आवश्यक ठानेनन्!
म दिउँसो १२:४५ मा बिरामी जाँच गर्दा, विस्तृत इतिहास लिएँ र तुरुन्तै ECG गर्न लगाएँ।
ECG आएपछि सबै कुरा स्पष्ट भयो — बिरामीलाई Acute Inferior STEMI (हार्ट अट्याक) भइसकेको रहेछ।
❗धेरै मानिसले नजानेको तर अत्यन्त महत्त्वपूर्ण तथ्य
👉 हार्ट अट्याक हुँदै गर्दा ३०% भन्दा बढी बिरामीलाई छाती दुखाइ हुँदैन।
उनीहरूलाई:
•पेट दुख्ने,
•अपचजस्तो लाग्ने,
•बान्ता आउने,
•ढाड दुख्ने,
•हल्का कमजोरी वा पसिना आउने जस्ता लक्षण मात्र हुन्छन् र यस्तो लक्षण प्रायः जसो महिलाहरूमा धेरै देखिने गर्छ।
यसैले यस्तो केसहरू ग्यास्ट्रिक, गलब्लाडर, प्यान्क्रियास, अल्सर—सबै ठानिन्छ, तर मुटु कहिल्यै शंका गरिँदैन।
यही गल्ती नै धेरैको ज्यान लैजान्छ।
✅ के सिक्ने?
✔️ माथिल्लो पेट दुखाइले पनि हार्ट अट्याक संकेत गर्न सक्छ।
✔️ ECG बिना हार्ट अट्याक अस्वीकार गर्न पाइँदैन — विशेषगरी उमेर ५०+ मा।
✔️ कहिलेकाहीँ सुरुआती चरणमा ECG पनि सामान्य देखिन सक्छ।
✔️ “लक्षण मात्र” हेरेर अनुमान गर्नु जोखिमपूर्ण हुन्छ।
✔️ यदि शंका नै गरिएन भने हार्ट अट्याक कहिल्यै भेटिँदैन।
✔️ पेटको समस्या देखिए पनि — ECG अनिवार्य रूपमा गर्नुपर्ने समयहरू छन्:
•उमेर ५० वर्षभन्दा माथि
•मधुमेह (Diabetes)
•उच्च रक्तचाप
•पहिले मुटुको समस्या
•बान्ता + माथिल्लो पेट दुखाइ
•पसिना आउने
•असहजता तर कारण थाहा नहुने
बिरामीलाई उचित उपचार दिइएको छ र अहिले उनी सुरक्षित र स्थिर अवस्थामा छन्।
💡 मुटु रोगले हरेक बिरामीमा एउटै लक्षण देखाउँदैन।
कुनै पनि अस्पष्ट, अनौठो, वा कारण नखुलेको लक्षण देखिएमा —
👉 “ECG पहिले” भन्ने सोचले नै जीवन बचाउँछ।
सचेत बनौँ, अरूलाई पनि सचेत बनाऔँ।
डा. सुधीर शाह
कन्सल्टन्ट कार्डियोलोजिस्ट
@swasthyapharmacy
3 days ago | [YT] | 28
View 0 replies
SWASTHYA PHARMACY
भविष्यको लागि अवैध बाटो?
कतिपय बाबुआमा आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउने नाममा भ्रष्टाचार गर्छन्, बेइमानी गर्छन्, अवैध धन्दा चलाउँछन्। तर इतिहास साक्षी छ— यस्ता पैसा र सुविधामा हुर्केका धेरै सन्तानको भविष्य झन् अन्धकार भएको छ।
➡ कोही कोही ड्रग्समा डुब्छन्,
➡ कोही कोही मनोरोगको शिकार हुन्छन्,
➡ कसैले आफ्नै धनले आफ्नै जीवन बर्बाद गर्छन्।
किनकि अनैतिक बाटोबाट आर्जित धनमा आशिर्वाद हुँदैन!
“तपाईंको सन्तानको भविष्य पैसा होइन, मूल्य र संस्कारले निर्धारण गर्छ!”
“राम्रो संस्कार छ भने गरिबी पनि सफलतातिर डो-याउँछ, तर भ्रष्ट धनले बर्बाद मात्र गर्छ!”
अब सोच्ने बेला आयो— “तपाईं आफ्नो सन्तानका लागि सम्पत्ति जोड्दै हुनुहुन्छ कि अभिशाप?”
‼ तपाईंको विचार के छ? कमेन्टमा बताउनुहोस्!
Dr. Sudhir Shah.
@swasthyapharmacy
3 days ago | [YT] | 12
View 0 replies
Load more