———————————Share Nepal——————————
Welcome to Share Nepal – your ultimate destination for all things related to the Nepalese stock market and investment insights. Our mission is to simplify the world of shares, trading, and investments for everyone, whether you’re a beginner or an experienced investor.
On this channel, you’ll find:
• Daily updates on the Nepal Stock Exchange (NEPSE).
• In-depth analysis of market trends and movements.
• Practical tips and strategies for investing and trading.
• Educational content to help you master the stock market.
• News and updates on Nepal’s economy and financial sector.
Stay ahead in the world of shares and take control of your financial future with Share Nepal. Don’t forget to subscribe and hit the bell icon to never miss an update!
Share Nepal
असार १९ गते, शुक्रबार, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो
3 weeks ago | [YT] | 2
View 0 replies
Share Nepal
तुँदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ करोड कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
4 weeks ago | [YT] | 1
View 0 replies
Share Nepal
असार १७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो (KAHL) र सानिगाड हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता सूचीकृत भएको हो।
4 weeks ago | [YT] | 2
View 0 replies
Share Nepal
यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९५ प्रतिशत अर्थात ५२.६० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको छ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ६.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ।
1 month ago | [YT] | 3
View 0 replies
Share Nepal
प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो।
1 month ago | [YT] | 2
View 0 replies
Share Nepal
स्नो रिभर्स लिमिटेडको पहिलो कारोबार रु. २९८.७० मा भएको छ ।
1 month ago | [YT] | 2
View 0 replies
Share Nepal
सर्वसाधारणको लागि
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक समूहअन्तर्गतका सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले ३५ दिनसम्म विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि अवसर दिएको थियो। तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब सर्वसाधारणले पनि यी सेयर खरिदका लागि आवेदन दिन सक्ने भएका छन्।
आवेदन अवधि: ७ दिन
आवेदन स्थान: कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौ
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन्।
1 month ago | [YT] | 2
View 0 replies
Share Nepal
तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा पुगेको छ ।जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् ।
जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो।
सम्झौता अनुसार जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्न लागेको हो । सो को लागि जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर आदान प्रदान अनुपात क्रमशस् १स्१स्०।८१ रहेको छ ।
1 month ago | [YT] | 2
View 0 replies
Share Nepal
सोलु हाइड्रोपावर लिमिटेडको ५ लाख कित्ता सेयरको लकइन अवधि साउन ११ गते समाप्त हुने भएको छ।
1 month ago | [YT] | 4
View 0 replies
Share Nepal
Mount Everest Power Development Ltd ले असार 3 गते देखि असार 8 गते सम्म आइपीओ निष्कासन गर्ने भएको छ।
1 month ago | [YT] | 4
View 0 replies
Load more