Nepali Chhapro - Bulbul

डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको "बुलबुल कम्युनिकेसन" ले युट्युबमा विभिन्न विषय र विधाका ४ वटा च्यानलहरु गरिरहेको छ ।

तिनै मध्येको यो च्यानल–४ (NEPALI CHHAPRO - BULBUL) हो । यसै च्यानलबाट हरेक बुधबार नेपाली समय अनुसार राती सवा नौ बजे बुलबुल (Bulbul - Euta Irani Chara) प्रेमियर हुने गर्छ । बुलबुल बाहेक यस च्यानलमा पोडकास्ट, अन्तरवार्ताका साथै विभिन्न ठाउँमा भएका नेपालीहरुका साहित्यिक, सांस्कृतिक र सामाजिक गतिविधि अडियो वा भिडियो सामग्रीका रूपमा समेटिन्छन् ।

BULBUL COMMUNICATION (च्यानल–१) र SHRUTI SAMBEG (च्यानल–२) मा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका नेपाली साहित्यका विभिन्न पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् ।

हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ ।


--- सहकार्यका लागि सम्पर्क :
Email us
(chhapronews@gmail.com)
(bulbulsahitya@gmail.com)
Call us (+977 9851088117)
P.O. Box 2004, Kathmandu, Nepal


Nepali Chhapro - Bulbul

आजदेखि शुरू भयो नयाँ कार्यक्रम - पत्र मञ्जुषा । च्यानल पनि subscribe गरिदिनुहोला ।

https://youtu.be/tvkdnKgDHUE?si=KtYWj...

14 hours ago | [YT] | 1

Nepali Chhapro - Bulbul

शुरू भयो – दोषी चस्मा ।

1 week ago | [YT] | 2

Nepali Chhapro - Bulbul

नयाँ कथा । मीठो छ ।
https://youtu.be/dDUWCD0-baI?si=CaXzU...

1 month ago | [YT] | 2

Nepali Chhapro - Bulbul

विश्वेश्वर प्रसाद कोइरालाको उत्कृष्ट कथाहरुको सँगालो – श्वेतभैरवी

1 month ago | [YT] | 1

Nepali Chhapro - Bulbul

लामो अन्तरालपछि आज नयाँ उपन्यासको अडियो बुक ल्याएको छु । अमेरिका जान मानिसहरूले अपनाएको डरलाग्दो बाटो, मोटो रकमको खर्च, उनीहरूले गरेका संघर्ष । यी सबै कुरा समेटिएको सपनाको काल बाटो - डङ्की शीर्षकको उपन्यास अहिले Bulbul Communication च्यानलबाट प्रेमियर भइरहेको छ ।
उपन्यास - डङ्की
लेखक - डा. चन्द्र गिरी
प्रकाशित मिति - २०८३ जेठ

1 month ago | [YT] | 29

Nepali Chhapro - Bulbul

Chhori le janmayeka aamaa haru

3 months ago | [YT] | 2

Nepali Chhapro - Bulbul

आज बुधबार । बुलबुलको ८४ औँ अंक प्रसारण हुने दिन हो । रूघा लागेको स्वरका लागि शुरुमै माफी मागेर कार्यक्रम शुरुवात गर्नेछु ।

4 months ago | [YT] | 24

Nepali Chhapro - Bulbul

धेरैले सोधिरहनुभएको थियो – नयाँ उपन्यास कहिले आउँछ भनेर ।

आज एउटा नयाँ उपन्यास लिएर आउँदैछु ।

बंगाली उपन्यास सारेँग बौ को नेपाली अनुवाद माझीकी स्वास्नी । बडो गजबको उपन्यास आज । आज बुधबार दिउँसो ३ः३० बजेबाट प्रेमियर हुनेछ ।

4 months ago | [YT] | 10

Nepali Chhapro - Bulbul

लोककथामा जति शिक्षा अचेलका कम्युटरमा हुँदैनन् ।

आज शनिबार । अहिलेलाई च्यानल २ मा "लालहीराको कथा" सुन्नुस् । बेलुकीसम्म च्यानल १ मा अर्को उपन्यास लिएर आउनेछु - "आँसुको खहरे"

6 months ago | [YT] | 16

Nepali Chhapro - Bulbul

नेपाली साहित्यमा बीपी र पारिजात नपढ्नेहरूले के पढ्लान् र जस्तो लाग्छ मलाई ।
त्यसैले अचेल विश्वेश्वरप्रसाद कोइरालाका सबै कृृतिहरू क्रमशः वाचन गर्ने मोडमा छु । आजको शनिबार बाबु, आमा र छोरा उपन्यास प्रेमियर गरेको छु । यसअघि नरेन्द्र दाइ वाचन गरेर प्रस्तुत गरेको थिएँ । तीन घुम्ती र हिटलर र यहुदी निक्कै अघि वाचन गरेर च्यानलमा राखिसकेको छु । चाँडै नै सुम्निमा, दोषी चस्मा र श्वेत भैरवी पनि ल्याउनेछु ।
आफू सुनौं र अरूलाई पनि सेयर गरेर जानकारी दिउँ ।

7 months ago | [YT] | 4