Nepali Chhapro - Bulbul

डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको "बुलबुल कम्युनिकेसन" ले युट्युबमा विभिन्न विषय र विधाका ४ वटा च्यानलहरु गरिरहेको छ ।

तिनै मध्येको यो च्यानल–४ (NEPALI CHHAPRO - BULBUL) हो । यसै च्यानलबाट हरेक बुधबार नेपाली समय अनुसार राती सवा नौ बजे बुलबुल (Bulbul - Euta Irani Chara) प्रेमियर हुने गर्छ । बुलबुल बाहेक यस च्यानलमा पोडकास्ट, अन्तरवार्ताका साथै विभिन्न ठाउँमा भएका नेपालीहरुका साहित्यिक, सांस्कृतिक र सामाजिक गतिविधि अडियो वा भिडियो सामग्रीका रूपमा समेटिन्छन् ।

BULBUL COMMUNICATION (च्यानल–१) र SHRUTI SAMBEG (च्यानल–२) मा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका नेपाली साहित्यका विभिन्न पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् ।

हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ ।


--- सहकार्यका लागि सम्पर्क :
Email us
(chhapronews@gmail.com)
(bulbulsahitya@gmail.com)
Call us (+977 9851088117)
P.O. Box 2004, Kathmandu, Nepal


Nepali Chhapro - Bulbul

बुलबुल सुन्ने सबै बुलबुलियनहरूमा हार्दिक नमस्कार ।

chhapronews@gmail.com मा प्राप्त हुन गएका तपाईंका रात्री गन्थन शैलीका पत्र तथा गजलहरूले सधैं मन जितेको छ । केही महिना अघिको तुलनामा हामीलाई प्राप्त हुने रचनाहरूको संख्या बढ्न गएकाले वाचनमा पालो पुर्याउन अप्ठेरो भएको जानकारी गराउँदछु । सुन्दर र उत्कृष्ट रचना मात्रै पढिरहुँ जस्तो त लाग्छ तर सिक्दै गरेका बुलबुलियनहरुलाई पनि बुलबुलमा स्थान दिइने र नयाँ श्रोतालाई पनि समेट्ने गर्दा तपाईंको पालो केही ढिलो हुन गएको छ । यसलाई बझिदिनुहुनेछ भनी यसरी status मार्फत नै जानकारी गराएको छु ।

धन्यवाद ।

अच्युत घिमिरे
बुलबुल कार्यक्रम संचालक

1 week ago | [YT] | 51

Nepali Chhapro - Bulbul

बुलबुल - एउटा इरानी चरा !!

2 weeks ago | [YT] | 16

Nepali Chhapro - Bulbul

मलाई रेडियो जगतको खूब माया लाग्छ । घर, गाउँ भन्दा पर पर नेपालीहरू बसेको ठाउँसम्म मलाई चिनाउने नै रेडियो हो । यसर्थ मेरा हरेक कुराहरूमा रेडियोले नै प्रधानता पाउँछ । यतिखेर यस्तो status लेख्नुपर्दा मलाई दुःख लागिरहेको छ र पनि यथार्थ त लेख्नैपर्छ ।
विशेष प्राविधिक कारणले अस्ति बुधबार बज्नुपर्ने बुलबुल कार्यक्रम युट्युबबाट प्रसारण हुन सकेन तर १२ वटा एफएमहरूबाट भने नियमित समयमा एकैसाथ प्रसारण भयो ।
अचेल बुलबुलको हरेक अंकमा गजलका लागि र रात्री गन्थनका लागि एउटा नगद पुरस्कारको व्यवस्था (स्व. प्रकाश उप्रेती र स्वं स्वीकृति उप्रेती स्मृति कोषमार्फत) छ । अत्याधिक चर्चा नभए पनि बुलबुल साप्ताहिक रूपमा सुन्ने झन्डै ४–५ हजार जनाबीच यो पुरस्स्कारको चर्चा हुन्छ नै ।
आज शुक्रवार भइसक्दा पनि बुलबुलको ६३ औं अंकका विजेताहरूले पुरस्कारको लागि इमेल पठाउनुभएको छैन । यसको अर्थ हो ६३ औं अंक युट्युबबाट प्रसारण नभएसम्म रेडियो मार्फत कसैले सुनेकै छैन ।
एउटा जमाना थियो रेडियोमा बुलबुलको कुनै अंंक प्रसारण भएपछि पोस्ट बक्समा पुग्दा पनि बोराभरि चिठीपत्र हुन्थे । अचेल कसरी सिफ्ट हुँदैछ श्रोताको ठूलो समूह रेडियोबाट सामाजिक सञ्जालतर्फ ।
खुसी छु र दुःखी पनि सँगसँगै । रेडियो त हाम्रो साथी हो दुःखमा पनि, खुसीमा पनि ।
त्यसो त यो कार्यक्रम आफैंमा रेडियो कार्यक्रम (अडियो कार्यक्रम) नै हो ।
अब भर्खरै शुक्रवार मध्यान्ह १२ बजेबाट युट्युबमा आएको छ । गत बुधबार सुन्न छुटेका सबै बुलबुलियनले सुन्नुहुन अनुरोध गर्दछु ।
(बुलबुल बज्ने च्यानलको नाम अंग्रेजीबाट लेख्नुपर्छ - नेपाली छाप्रो । अथवा युट्युबको search मा गएर "बुलबुल ६३" अंग्रेजीमै टाइप गरेर खोज्दा सजिलै भेटिन्छ ।

3 weeks ago | [YT] | 6

Nepali Chhapro - Bulbul

प्राविधिक कारणले आजको बुलबुल (audio file) दिउँसै तयार भइसकेको भए पनि युटुबमा upload गर्न कठिनाइ भएकाले आज राती ९ बजे प्रेमियर हुने बुलबुल (अंक ६३) भोलि दिउँसो मात्रै युट्युबमा अपलोड हुनेछ । तर एफएम रेडियोहरूबाट भने आजै राती नियमित समयमा प्रसारण हुनेछ । आजदेखि थपिएका २ एफएम सहित बुलबुल युट्युब च्यानल "Nepali Chhapro" का अलावा देशभरिका १२ वटा एफएमबाट प्रसारण हुनेछ ।

3 weeks ago | [YT] | 27

Nepali Chhapro - Bulbul

रेडियो वाचन, बुलबुल, श्रुति संवेग, बुलबुल कम्युनिकेसनदेखि सबै कुराहरूबारे मेरो सम्बन्ध, जीवन र जगतलाई मैले हेर्ने दृष्टिकोण र विशेषगरी मेरो कामका बारे पत्रकार बिनु पोखरेलले मसँग गर्नुभएको कुराकानीसहितको पडकास्ट फुर्सद भएमा यो link मा click गरेर हेर्नुहोला र आफूलाई लागेको comment गरिदिनुहोला । धन्यवाद । - Achyut Ghimire 'Bulbul' (Channel - Nepali Chhapro)

1 month ago | [YT] | 6

Nepali Chhapro - Bulbul

जेन–जी शब्द २०८२ भदौबाट नेपालमा प्रचलित भयो । विचार, मुद्दा, शैली र झन्डै वाद पनि जेन–जीमै आधारित होला जसरी देशको राजनीति अचेल सक्रिय छ ।

शब्दले जेन–जी भन्न भदौबाट शुरु भए पनि ती र त्यस्तै विचार बोकेको किताब डा. राजेन्द्र केसीले. विमोचन गर्नुभयो २०८२ असारमा । पूरा किताब पढिसकेपछि लाग्यो भदौमा हुने जेन–जी विचारको प्रादुर्भाव त असारमा वा सो भन्दा अघि नै रहेछ । यो कुरा मैले तब मात्र बुझेँ जब पुस्तकलाई १ महिना अघिदेखि अडियो बुक बनाउन सक्रिय रहेँ ।

जेन–जी भनेको एउटा पुस्ताको प्रतिनिधित्व भए पनि अहिले नेपालमा सक्रिय छलफल चलेको विषय वैकल्पिक राजनीतिको शक्तिको हो । यही शक्ति निर्माणका लागि डा. राजेन्द्र केसीको सोच, जसले पुस्तकको रुप ग्रहण गर्यो र शीर्षक पायो – वैकल्पिक सोच ।
वैकल्पिक सोच पुस्तकको श्रव्य संस्करण युट्युब च्यानल SHRUTI SAMBEG मा आज बेलुकी ५ः३० देखि राती ११ः३० सम्म निरन्तर प्रेमियर सुन्न सकिन्छ । यो भिडियो लिंकमा क्लिक गर्नुभयो भने वैकल्पिक सोचको अडियो बुक सुन्न सकिन्छ । फुर्सदमा सुनेर प्रतिक्रिया दिनुहोला ।

1 month ago | [YT] | 5

Nepali Chhapro - Bulbul

आज बुलबुल र दुङाल उपन्यास एकैसाथ प्रेमियरमा रहनेछ । ९ बजेको बुलबुल सुन्नुअघि च्यानल १ मा उपन्यास दुङाल सुन्दै गर्नुहोला ।
https://youtu.be/lR_g7l77JGU?si=8gUxg...

2 months ago | [YT] | 4

Nepali Chhapro - Bulbul

संसारकै सबैभन्दा उत्कृष्ट कार्यक्रम हैन #बुलबुल । तर पनि २५ वर्षदेखि नेपाली गजलप्रेमीहरूले साथ दिइरहेको कार्यक्रम हो ।

वर्षौं रेडियोबाट प्रसारण भएर एक वर्षदेखि युट्युबमा आए पनि कार्यक्रमले उस्तै माया पाएको छ । यसो हुँदा कार्यक्रम प्रस्तोताको जिम्मेवारीबोध झन् थपिने रहेछ । केही व्यक्तिगत अप्ठ्याराका कारणले लगातार ३ हप्ता #बुलबुल का नयाँ अंक प्रस्तुत गर्न नसकेर आफैंलाई छटपटी भइरहेका बेला कार्यक्रमलाई कुरेर बसिरहेको छु भन्ने धेरै प्रतिक्रिया प्राप्त हुँदा झन् झन् अप्ठ्यारो लागिरहेको थियो । आजदेखि निरन्तर प्रसारण हुने जानकारी गराउँदछु ।

Let's work together to make our public spaces more accessible and safer for everyone, especially those who use a white cane. Be more cautious of your surroundings, avoid tripping hazards, and be mindful of crosswalks.

HAPPY WHITE CANE DAY.

2 months ago | [YT] | 31

Nepali Chhapro - Bulbul

विषम परिस्थितिका कारण कार्यक्रम बुलबुल अझै एक हप्ता अर्थात् आज (२०८२ असोज २२ गते) प्रसारण हुन सकेन । अर्को बुधवारदेखि निरन्तर हुने जानकारी गराउँदछौँ । यसबाट बुलबुलियन वर्गमा पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दछौँ ।

2 months ago | [YT] | 31

Nepali Chhapro - Bulbul

दशैं पर्वका कारण नभई अरू कुनै व्यक्तिगत कारणले गत हप्ता र यो हप्ताको बुधवार कार्यक्रम #बुलबुल को नयाँ अंक प्रसारण हुन नपाएकोमा क्षमा प्रार्थी छौँ ।
सबै बुलबुलियनको दशैं सुखमय बितोस् ! हार्दिक शुभकामना !!

3 months ago | [YT] | 23