सर्वप्रथम सम्पुर्ण श्रोता दर्शक ज्यू हरूलाई मेरो यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु । यो प्रयास तपाईंलाई कस्तो लाग्दै छ । यस्तै यस्तै भिडियोहरू हेर्नको लागी यो च्यानललाई like, Comment, share, साथै Subscribe गरेर नजिकै रहेको बेल (घन्टी) दबाउन नबिर्सनु होला । किनभने यसो गर्दा नयाँ नयाँ भिडियोहरू सबैभन्दा पहिला तपाईले हेर्न र सुन्न सक्नु हुनेछ । यदि तपाईँसँग पनि कुनै प्रतिभाहरू छन् भने खबर गर्नुहोला स्थान दिने छु । धन्यवाद !
Flow # #UmeshBishwokrma
Youtube:youtube.com/@umeshbk1.m?si=Ss...
Facebook:www.facebook.com/profile.php?...
Facebook page:उमेश बिश्वकर्मा सागर
Instagram:Umesh Bk
Tiktok: Umesh bk
Email address: Umeshbk 257@gmail.com
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ
Umesh-Bishwokrma
Karan
4 months ago | [YT] | 0
View 0 replies
Umesh-Bishwokrma
गजल
बिन्ती भगवान् बारम्बार नसताऊ मलाई
घाऊ माथि थपेर फेरि अर्काे घाऊ मलाई
अचेल परदेश भएर पनि हाेला सायद
सम्झनामा, आउछ आफ्नै ठाऊ मलाई
म गरिब भएकै कारण टाढिन खोज्यौ
छाेडेर जान सक्छौ तिमी जाऊ मलाई
तिम्रो दिलमा राख्ने ठाउँ नहुन सक्छ
अब ! घरकाे भित्तामा सजाऊ मलाई
कसैले दिल टुटाएर गएको छ मेराे
भाे अब यसरी पनि नचलाऊ मलाई
प्रेमको परिभाषा के हो?बुझ्दैनौ भने
लेखेर प्रेमपत्र घरीघरी नरुवाऊ मलाई
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट
मिति २०८२साल जेठ ६ गते
7 months ago | [YT] | 8
View 2 replies
Umesh-Bishwokrma
गजल
यहाँ जिउँदैन्छन् जिन्दगी बेहालमा गरिबहरू
औषधी नपाएर मर्ने भए अकालमा गरिबहरू
भूकम्प पिडीतलाई सरकारले सुरक्षा नदिँदा
बस्न, बाध्य भएका छन् त्रिपालमा गरिबहरू
जो विकासको नाममा सिन्को समेत भाँच्दैनन्
उसैलाई फेरि जिताउँछन् बेतालमा गरिबहरू
केन्द्रबाटै राहत बाँडेकाे जस्तो गर्छ सरकार
खानै नपाएर मरेका छन् हरसालमा गरिबहरू
हुन्छन न त गरेका सवाल न त नेताहरू फिर्ता
बाँच्नुु परेको छ केवल सवालमा गरिबहरू
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट
10 months ago | [YT] | 8
View 0 replies
Umesh-Bishwokrma
गजल
तिमी आफूमा आफैं छैनौ खुस अब
भो गर्न छोडिदेउ अरुको जासुस अब
एक मुस्कान दिन सकिन तिमीलाई मैले
सोच त को होला म जस्तो कन्जुस अब
च्यातिदेउ डिग्री पासका सर्टिफिकेटहरू
जागिर मिल्छ यहाँ दिए पछि घुस अब
एउटा रोडको नेता आज करोडमा पुग्यो
सबै को मन हुनेछ यहाँ उकुसमुकुस अब
वर्षौं भयो कसैको प्रेममा पागल भएको
कृपया मलाई कसैले त सम्हाल्नुस अब
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट
10 months ago | [YT] | 15
View 3 replies
Umesh-Bishwokrma
गजल
भएको छ भोकमरी र खडेरी कर्णालीमा
कसले हेर्छ र दु:ख पर्दा खेरी कर्णालीमा
यातायात र डाक्टरहरूको अभावले गर्दा
मरिरहेका छन् दिनहुँ सुत्केरी कर्णालीमा
स्वर्ग जस्तै बनाउने भाषण गरेर जान्छन्
जिते पछि फर्किदैनन् फेरि कर्णालीमा
सुन्दरता खोज्न कतै जानू पर्दैन महोदय
भेटिने छन् खोलानाला पधेरी कर्णालीमा
शहरमा हो हेर्नुस् दिनमै मान्छे काटिरहने
बरू कोहि गर्दैनन् तेरि मेरी कर्णालीमा
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गाउँपालिका २ कालिकोट
11 months ago | [YT] | 7
View 0 replies
Umesh-Bishwokrma
गजल
लाग्यो मलाई यो फसाउने खेल देखियाे
मेरै मान्छे मेरै बर्बादीमा सामेल देखियाे
सायद मेरो मायाको सराप लागेको होला
वर्षौपछि आँखामा आँसुको भेल देखियाे
खुब चिल्ला थिए सुरु सुरुमा तिम्रा कुराहरु
बल्ल बुझेँ बेइमानी र कपट अचेल देखियो
पहुँच हुनेको अपराध पनि अपराध हुँदैन
यहाँ न कारागार देखियो न जेल देखियो
अहो! भाषणमा क्या क्या आश्वासन पनि
न त पानीजहाज देखियो, न त रेल देखियो
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट
1 year ago | [YT] | 12
View 2 replies
Umesh-Bishwokrma
1 year ago | [YT] | 2
View 0 replies
Umesh-Bishwokrma
1 year ago | [YT] | 5
View 1 reply
Umesh-Bishwokrma
#मुक्तक
आँखाबाट आँसु झारी बन्द कोठामा
मनका रहर मनमै मारी बन्द कोठामा
बिहे गर्ने सपना देखाई दलालले बेचेपछि
बसेकी छन् कैयौँ नारी बन्द कोठामा
उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट
1 year ago | [YT] | 12
View 2 replies
Umesh-Bishwokrma
🧡🧡🧡
1 year ago | [YT] | 11
View 4 replies
Load more