pashupati tech solution

Focus for the blind related technology


pashupati tech solution

हामीले स्मार्टफाेनमा गोप्य रूपमा कल रेकर्ड गर्नुपर्ने हुन्छ । स्मार्टफोनमा पनि विशेषगरी केही एन्ड्रोइड डिभाइसबाट कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई सो कल रेकर्ड हुन लागेको जानकारी जान्छ । त्यसका लागि हामीले अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै कुरा सुरु हुनुअघि रेकर्ड हुँदै छ भन्ने भयो भने मान्छे खुलेर बोल्न चाहँदैन । त्यसैले पनि कतिपय कल गोप्य रूपमा रेकर्ड गर्नुपर्ने हुन्छ ।
केही एन्ड्रोइड फोनमा कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई कुनै किसिमको जानकारी जाँदैन । तर, गुगलको 'फोन एप' डिफल्ट रूपमा उपलब्ध भएको फोन छ भने कल गर्दा अर्को व्यक्तिलाई कल रेकर्ड हुन लागेको र रेकर्ड बन्द भएको जानकारी जान्छ । आज हामी कल रेकर्ड गर्दा रेकर्ड भइरहेको सूचना दिने आवाज कसरी बन्द गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
यसका लागि हामीले थर्ड पार्टी एपको सहयोग लिनुपर्ने हुन्छ । याे एपले टेक्स्ट-टु-स्पिचको सेटिङमा मात्र पहुँच पाउने भएकाले डेटा चोरी हुनेबारे सोचिरहनु पर्दैन । गुगलको टेक्स्ट-टु-स्पिच फिचरले गर्दा कल रेकर्ड गर्दा अर्को व्यक्तिले कल रेकर्ड भइरहेको जानकारी पाउँछ ।
कल रेकर्ड गर्दा अर्को व्यक्तिले उक्त जानकारी नपाओस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस्स्:
यहाँ क्लिक
गरेर वा गुगल प्ले स्टोरमा टीटीएसएलईएक्सएक्स (TTSLexx) एप डाउनलोड गर्नुहोस् ।
-त्यसपछि मोबाइलको सेटिङमा गएर सर्च बारमा टेक्स्ट-टु-स्पिच (Text-to-speech) सर्च गर्नुहोस् ।
-अब टेक्स्ट-टु-स्पिच आउटपुटको अप्सन छान्नुहोस् ।
-त्यहाँ गएर सबैभन्दा माथि रहेको प्रिफर्ड इन्जिनमा जानुहोस् र TTSLexx अप्सन छान्नुहोस् ।
त्यसपछि डिभाइसमा भएको फोन एपलाई क्लिक गरेर केहीबेर होल्ड गर्नुहोस् ।
अब एप इन्फोमा जानुहोस् । त्यहाँ गएर क्लियर अल डेटामा ट्याप गरी डेटा हटाउनुहोस् । (डेटा क्लियर गर्दा त्यहाँ भएका फोन नम्बर केही हुँदैन ।)
-त्यसपछि डिभाइस रिस्टार्ट गर्नुहोस् ।
-यति गरेपछि कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई कुनै किसिमको जानकारी जाँदैन । निर्धक्क भएर कल रेकर्ड गर्नका लागि यो उपाय अपनाउन सक्नुहुन्छ ।

3 years ago | [YT] | 2

pashupati tech solution

Hi friends good evening all and today I am so happy because YouTube give me also community tab if you are new views please like subscribe and share and Pramod avar blind community and support me for the grow my YouTube channel

3 years ago | [YT] | 0