"Journalism Era" is a dynamic YouTube channel dedicated to exploring the evolving landscape of journalism. It focuses on in-depth case studies, insightful commentary, and stories that highlight the power of the media in shaping public opinion and driving change. From investigative reports to thoughtful analyses on current events, the channel aims to provide a platform for transparent and responsible journalism, fostering informed dialogue in the digital age. Whether you're interested in media ethics, breaking news, or journalistic techniques, "Journalism Era" brings you closer to the heart of modern storytelling.


Journalism Era

अब तपाईँ कुन विषयमा भिडियो चाहानु हुन्छ ?

2 months ago | [YT] | 0

Journalism Era

नेपालमा चार किसिमका सुरक्षा निकाय छन्ः
1. नेपाली सेना
2. नेपाल प्रहरी
3. सशस्त्र प्रहरी
गुप्तचर निकाय, राष्ट्रिय अनुसंन्धान विभाग, NID।

3 months ago | [YT] | 3

Journalism Era

विश्वभरमा साधारणतया  तीन किसिमका प्रमुखको  भएको व्यवस्था  छ :

१)     प्रेसिडेंटल

२)     सेमी प्रेसिडेंट

३)     पार्लियामेंटरी सिस्टम

4 months ago | [YT] | 8

Journalism Era

सामाजिक सन्जाल बन्द र भ्रष्टाचारविरूद्ध भोलि प्रदर्शन गर्दै जेनजी पुस्ता

सन् १९९७–२०१२ बीच जन्मिएका जेनजी (Gen Z) पुस्ता भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न लागेका छन्। उनीहरूले राजनीतिक दलहरूलाई चेतावनी दिंदै, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने योजना बनाएका छन्।

विद्यार्थीहरूले पोशाक, परिचय पत्र र कम्तीमा एउटा किताब लिएर उपस्थित हुन आग्रह गरेका छन्। उनीहरूको आन्दोलनले नागरिक अधिकार, बेरोजगारी, सुशासन र रोजगारी सिर्जना जस्ता मुद्दा बलियो ढंगले उठाउनेछ।

विश्वभरि जेनजी पुस्ताले यस्तै सक्रिय र प्रतिरोधी भूमिका खेल्दै आएको छ:

जेनजी पुस्ताले नेपालसहित विभिन्न देशहरूमा सामाजिक र राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यहाँ केही प्रमुख उदाहरणहरू प्रस्तुत छन्:

🇧🇩 बंगलादेश: "जेनजी क्रान्ति"

२०२४ को जुलाईमा बंगलादेशका विद्यार्थीहरूले सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा व्यापक प्रदर्शन गरे। शेख हसिना सरकारको दमनात्मक प्रतिक्रियापछि, आन्दोलनले हिंसात्मक रूप लियो र अन्ततः प्रधानमन्त्रीशेख हसिना राजीनामा गर्न बाध्य भए। यो आन्दोलनलाई "जेनजी क्रान्ति" भनेर चिनिन्छ।

🇱🇰 श्रीलंका: युवा नेतृत्वमा सरकारको पतन

२०२२ मा, श्रीलंकामा आर्थिक संकट र भ्रष्टाचारको विरोधमा युवाहरूले नेतृत्व गरेको आन्दोलनले राष्ट्रपति गोतबाया राजपक्षे र उनको परिवारको शासनको अन्त्य गर्यो। यो आन्दोलनले "गो घर गो" नारा मार्फत जनताको असन्तोषलाई प्रकट गर्यो।

🇲🇲 म्यानमार: "जेनेरेसन वेभ" आन्दोलन

म्यानमारका युवाहरूले २००७ मा "जेनेरेसन वेभ" नामक आन्दोलनको थालनी गरे, जसले सैनिक शासनको विरोधमा जनचेतना फैलायो। यो समूह अहिले पनि लोकतन्त्रको पक्षमा सक्रिय छ।

🇮🇩 इन्डोनेसिया

इन्डोनेसियामा युवाहरूले शिक्षा सुधार, जलवायु नीति र सरकारी पारदर्शिताका लागि सडकमा विरोध प्रदर्शन गरेका छन्। २०२२–२०२३ मा डिजिटल अभियान र विरोध प्रदर्शन मार्फत जनताको आवाज सरकारसम्म पुर्याइयो।

🇵🇭 फिलिपिन्स

फिलिपिन्समा युवाहरूले लोकतन्त्र र मानवअधिकार संरक्षणका लागि व्यापक आन्दोलन गरेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत गरिएको अभियानले भ्रष्टाचार र राजनीतिक दमनको विरुद्ध जनतालाई एकजुट बनायो।

- अमेरिका: जलवायु परिवर्तन र सामाजिक न्यायका लागि युवाहरूले व्यापक प्रदर्शन गरेका छन्। - फ्रान्स: शिक्षा र पेंशन सुधारको विरोधमा युवाहरूले आन्दोलन गरेका छन्।

- हङकङ: लोकतन्त्र र स्वतन्त्रताको पक्षमा युवाहरूले प्रदर्शन गरेका छन्।

🇳🇵 नेपाल: "नेपो किड" अभियान र आगामी प्रदर्शन

नेपालमा, युवाहरूले "नेपो किड" नामक अभियान सुरु गरेका छन्, जसले नेताका सन्तानहरूको विलासी जीवनशैली र भ्रष्टाचारको विरोध गर्दछ। यसका विरोधमा, ८ सेप्टेम्बर २०२५ मा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन आयोजना गरिएको छ।

यी उदाहरणहरूले जेनजी पुस्ताको सक्रियता र सामाजिक परिवर्तनमा उनीहरूको भूमिकालाई प्रकट गर्छ। नेपालमा पनि, युवाहरूले आगामी प्रदर्शनमार्फत सरकार र राजनीतिक दलहरूलाई पारदर्शिता र जवाफदेहिताको लागि दबाब दिनेछन्।
#GenZ #nepobabiesinnepal #stopcoouption #protestcorruption #nepokids

5 months ago | [YT] | 4

Journalism Era

मदन भण्डारीले चीनमा रहँदा कुन कुन नेतासँग भेटघाट भयो ? उनीहरूसँग के के कुराहरू भयो ? भन्ने विवरणहरू आफ्नो निजी डायरीमा उल्लेख गरेका थिए । त्यो डायरी बारेमा अहिलेका प्रधानमन्त्री ओलीलाई थाहा थियो भनिन्छ । पछि त्यो डायरी हरायो । हराएको त्यो डायरी पछि सिआइआएको हातमा पुगेको र त्यहि डायरी मदन भण्डारीको हत्याको कारण बनेको जानकारहरू बताउँछन् ।
इन्टरनेसनल क्राइम रिसर्च सेन्टर (आइसिआरसी)ले यसै घटना सम्बन्धमा गरेको स्वतन्त्र छानबिनको प्रतिवेदन पनि प्रकाशित छ । रिसर्च सेन्टरको प्रतिवेदनले भन्छ– यो घटना ‘मिसन फायर’ नामक रणनीतिअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । यो नियोजित हत्या हो । यसका पछाडि अमेरिकी गुप्तचरी संस्था ‘सिआइए’ र भारतीय गुप्तचरी संस्था ‘रअ्’को हात छ ।

5 months ago | [YT] | 11

Journalism Era

“फरक पार्टी फरक झन्डा देश लुटे एउटै मन्त्र”
Video link:-https://youtu.be/Yvcjl9Xbbv8

6 months ago | [YT] | 8