"Faith Unleashed is a dynamic and transformative channel that ignites the fire of faith within, empowering individuals to live with purpose, passion, and unwavering belief in God. With thought-provoking content and a commitment to authentic connection, Faith Unleashed is your go-to destination for spiritual growth and personal development."
Faith Unleashed
How man became Scientific?
2 years ago | [YT] | 0
View 0 replies
Faith Unleashed
मत्ती 28:6 (NNRV)
6. उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
2 years ago | [YT] | 1
View 0 replies
Faith Unleashed
Saturday: Inside tomb
यशैया 52:13-15 (NNRV)
13. हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ।
14. जसरी उसदेखि धेरै जना व्याकुल थिए– उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो–
15. त्यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्।
2 years ago | [YT] | 0
View 0 replies
Faith Unleashed
"Jesus didn't just die for you, He died instead of you."!!!!!🔥
2 years ago | [YT] | 1
View 1 reply
Faith Unleashed
Good Friday (शुक्रबार)
यशैया 53:5-6 (NNRV)
5. तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
6. हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
2 years ago | [YT] | 1
View 0 replies
Faith Unleashed
बिहीबार ( maundy Thursday):
यूहन्ना 13:34-35 (NNRV)
34. “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
35. यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
2 years ago | [YT] | 1
View 0 replies
Faith Unleashed
Wednesday: 2 days before Good Friday (बिहीबार को दिन : यहुदा स्कोरियोत ले प्रभु येशू लाई धोखा दिन धर्म गुरुहरू सँग पैसा लिएको र बेथानिया को मारियम ले येशू प्रति आफ्नो प्रेम र भक्ति प्रकट गरेको ।
नोट: तस्बिर को caption मा लेखिएको बाईबल पद हरू अवस्य पढ्नुहोला।
मत्ती 26:14-16 (NNRV)
14. तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो,
15. र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए।
16. त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो।
यूहन्नाको १२
1. निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।
2. तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए।
3. तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
4. तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो,
5. “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?”
6. तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
7. येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ।
8. किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”
2 years ago | [YT] | 1
View 0 replies
Faith Unleashed
3rd Day of the week ( After Palm 🌴 Sunday)(Tuesday)(मंगल बार)
मत्ती 25:1-30 (NNRV)
1. “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के।
2. तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।
3. किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्।
4. तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।
5. दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6. “तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।
7. “तब ती सबै कन्याहरू ब्यूँझे, र आफ्नो-आफ्नो बत्ती ठीकठाक पारे।
8. निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’
9. “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’
10. “तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
11. “पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’
12. “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13. “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
14. “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए।
15. तिनले हरेकलाई तिनीहरूका आ-आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कालाई दुई र अर्कालाई एक दिएर तिनी गइहाले।
16. तब पाँच सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो।
17. त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो।
18. तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।
19. “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20. तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु।’
21. “मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुशीमा सहभागी हो।’
22. “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’
23. “त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुशीमा सहभागी हो।’
24. “एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो।
25. यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’
26. “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर,नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने,
27. तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ।
28. यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।
29. किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
30. त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।
2 years ago | [YT] | 1
View 0 replies
Faith Unleashed
मत्ती 21:9
उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’
2 years ago | [YT] | 0
View 0 replies