LIVE from Nepal ! Join us for the Vibrant and Exciting Jatra Festival Right Now ! Experience The Culture, the Energy, And The Traditions as They Happen.
नगर प्रवेश भएको इन्द्रजात्राको लिङ्गो (योँसी) - नेपाल पञ्चाङ्ग निर्णायक समितिको साईत अनुरुप योंसीका लागि काटिएको रुख भक्तपुरको चित्तपोलबाट ल्याइ भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गराइसकेपछि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रपुर मन्दिर सामुन्ने धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित ठड्याइन्छ र औपचारिक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । यो बर्ष भाद्र १९ गते बिहिबारका दिन विशेष साइतमा इन्द्रध्वजोत्थान सम्पन्न गरिने भएको छ ।
इन्द्रध्वजोत्थानका लागी प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्राको परम्परा हुने गरेको देखिएपनि बिभिन्न कालखण्डहरुमा मुसलमानहरुको आक्रमण भएका स्थानमा भने यो परम्परा टुट्नाले नेपालमा मात्र यसले निरन्तरता पाएको मानिन्छ । वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिने नेपालमा इन्द्रजात्राको आधुनिक इतिहास भने मल्लकालदेखि मात्र सुरु भएको देखिन्छ । त्यो समय भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । यस अन्तर्गत हरेक बर्ष भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीबाट प्रारम्भ भएको यो जात्रा यँलागाः चौथी सम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान गरी कुमारी, भैरव र गणेशको रथयात्राका साथ सम्पन्न गरिने प्रचलन छ । #indrajatra
JATRA LIVE NEPAL
Happy Indra Jatra / Yenya 2082 to All
ईन्द्र जात्रा / येंया २०८२ को सबैलाई शुभकामना
4 months ago | [YT] | 0
View 0 replies
JATRA LIVE NEPAL
नगर प्रवेश भएको इन्द्रजात्राको लिङ्गो (योँसी) -
नेपाल पञ्चाङ्ग निर्णायक समितिको साईत अनुरुप योंसीका लागि काटिएको रुख भक्तपुरको चित्तपोलबाट ल्याइ भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गराइसकेपछि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रपुर मन्दिर सामुन्ने धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित ठड्याइन्छ र औपचारिक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । यो बर्ष भाद्र १९ गते बिहिबारका दिन विशेष साइतमा इन्द्रध्वजोत्थान सम्पन्न गरिने भएको छ ।
इन्द्रध्वजोत्थानका लागी प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्राको परम्परा हुने गरेको देखिएपनि बिभिन्न कालखण्डहरुमा मुसलमानहरुको आक्रमण भएका स्थानमा भने यो परम्परा टुट्नाले नेपालमा मात्र यसले निरन्तरता पाएको मानिन्छ । वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिने नेपालमा इन्द्रजात्राको आधुनिक इतिहास भने मल्लकालदेखि मात्र सुरु भएको देखिन्छ । त्यो समय भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । यस अन्तर्गत हरेक बर्ष भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीबाट प्रारम्भ भएको यो जात्रा यँलागाः चौथी सम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान गरी कुमारी, भैरव र गणेशको रथयात्राका साथ सम्पन्न गरिने प्रचलन छ ।
#indrajatra
4 months ago | [YT] | 0
View 0 replies