नमस्कार साथीहरु! Tech kura युट्युब च्यानलमा हजुरहरू लाई स्वागत छ। यस च्यानलमा हजुरहरू ले नेपाली भाषामै विभिन्न टेक्निकल कुरा , विभिन्न ट्यूटोरियल भिडियो, मोबाइल फोन / मोबाइल एप र इन्टरनेट टेक्नोलोजी सङ्ग रिलेटेड भिडियो हरु हेर्न पाउनु हुनेछ। हाम्रो च्यानललाइ "Subscribe" गरेर साथ सपोर्ट गर्नुहोला।।
साथै केही सल्लाह सुझाव भएमा हामी लाइ इमेल तथा म्यासेज गर्नुहोला धन्यवाद!
Hello friends! Welcome to the Tech kura YouTube channel. In this channel you can find various technical things, tutorial video, mobile phone / mobile app and internet technology in Nepali language.
Please "Subscribe" our channel.
Thank you...


Tech Kura

हजुरहरू सम्पूर्ण मा रक्षाबन्धन तथा जनैपुर्णिमा को शुभकामना छ ❤️ 🕉️

5 months ago | [YT] | 1

Tech Kura

तिमीहरूले
खर्च गरीगरी
आफ्नो श्रम र समय
मलाई पुर्न खाल्डो खन्यौ
तर,
तिमीहरूले पुरेको माटोमुनि
म त बलिया जरा पो हाल्दैछु
मौलाउँदैछु, फैलँदैछु, टुसाउँदैछु
अंकुरित हुँदैछु म

हेरिराख न, तिमीहरूले हेर्दाहेर्दै
म तिमीहरूको कैदको सतह उधिनेर
उम्रिनेछु, अल्गिनेछु भोलि
अडिनेछु दह्रो,
बलियो र विशाल बनेर
जसलाई हल्लाउन सक्दैनन्
तिमीले चलाएका हल्लाहरूले
जसलाई निहुराउन सक्दैनन्
तिमीले उत्पन्न गरेका
कृत्रिम आँधीबेहरीले

किनकि
तिमीहरूलाई थाहा छैन
तिमीहरूले खाल्डोमा हालेर
पुर्न खोजेको
म त एउटा
परिवर्तनको बीज हूँ ।

✍️ रविकालागि साहित्यकार ब्रजेश खनालको समर्पण !

5 months ago | [YT] | 3

Tech Kura

रवी दोषी छन् छैनन् त्यो पछि थाहा होला… तर अहिले हेर्दा उहाँमाथि चाहिनेभन्दा बढी नै दमन गरिएको छ। 🙏 #IamWithRabiLamichhane

Rabi Lamichhane writes a message for everyone on RSP's anniversary and says, "पदाधिकारी नै रहेकाहरूलाई अदालतले दुई–चार लाख धरौटीमा छोडेको देशमा म सहकारीमै नजोडिएको मान्छेलाई यतिसम्म प्रताडित गरेपछि देशमा देखिन्छ त विधिको शासन र न्याय?... अब मेरो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति होइन, सीमित नेताहरुको अहिलेको सिन्डिकेटबाट सिंगो देशको उन्मुक्ति हो।...एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र? प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठ…. भन्न थाले।"

6 months ago | [YT] | 5

Tech Kura

हेलो नमस्ते 🙏, हजुर ले यो च्यानल मा के relate भिडियो तथा जानकारी हरू हेर्न चाहानु हुन्छ?

7 months ago | [YT] | 0

Tech Kura

“Join me on minepi.com/Lalitk143”

11 months ago | [YT] | 0

Tech Kura

श्रम स्वीकृति, को लागि कागजात अपलोड गर्ने सम्बन्धी सूचना (नँया व्यक्तिगत/वैधानिकीकरण))

3 years ago | [YT] | 9

Tech Kura

विदेशबाट नेपाल जाने यात्रुहरूको लागि भन्सार विभागको अत्यन्त जरूरी सूचना !!

सम्बन्धित सबैको जानकारीको लागि पोष्ट गरिएको ।

4 years ago | [YT] | 15

Tech Kura

QR कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण सम्बन्धी जानकारीः
- फारम भर्नका लागि vaccine.mohp.gov.np/public-request-form मा जानुहोस्

- आवेदनमा चार वटा कागजात (परिचय पत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड) अपलोड गर्नुहोस् (कबुलियतनामा फारम यसै साइटमा उपलब्ध हुन्छ)
- आवेदन भरिसकेपछि तपाईंको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृत/अस्वीकृत हुन्छ

- आफ्नो आवेदनको अवस्था बुझ्न vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नुहोस्
- आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नहोस्

‍- आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेश गर्नुहोस् र अर्को दिन पुनः vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको अवस्था बुझ्नुहोस् र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नुहोस्

- धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्नुहोस्

यो प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन। प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट लिनुहोला।

4 years ago | [YT] | 6

Tech Kura

Facebook server down.

4 years ago | [YT] | 2

Tech Kura

जरूरी सूचना
----------
विदेश जाने व्यक्तिले कोरोना विरूद्धको खोप लिएपछि खोप लिएको प्रमाणपत्र जारी गर्नका लागि देहायका अस्पताललाई तोकिएको छः

१. शहिद शुक्रराज अस्पताल, टेकु
२. पाटन अस्पताल, ललितपुर
३. निजामती अस्पताल, मिनभवन
४. सशस्त्र प्रहरी अस्पताल, बलम्बु

यि मध्ये कुनै पनि अस्पतालबाट कोरोना विरूद्धको खोप लगाएको प्रमाणपत्र लिन सकिने छ । र, त्यसरी लिनुभएको खोप प्रमाणपत्र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्दैन ।

4 years ago | [YT] | 19