१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।
३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।
४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार
५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।
६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।
७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु
८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो
९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।
१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।
छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ । हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “
All kind of videos
केपी ओलिको संगतले कति नोक्सान !!!
2 months ago | [YT] | 45
View 3 replies
All kind of videos
असोज १७-२० गते भारी वर्षाको चेतावनी: उच्च सतर्क रहन आग्रह
3 months ago | [YT] | 0
View 0 replies
All kind of videos
देउवा निवासमा अक्रोसित भिडले आगो लगाएको छ, गोलि चलाएको छ।
4 months ago | [YT] | 0
View 0 replies
All kind of videos
कुरा यस्तो आयो 🤣🤣
11 months ago | [YT] | 0
View 0 replies
All kind of videos
बर्षाका कारण आजका प्रमुख १० समाचार :
१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।
३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।
४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार
५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।
६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।
७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु
८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो
९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।
१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत
सवार : Socal Media
1 year ago | [YT] | 0
View 0 replies
All kind of videos
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।
छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “
- छेतेन दोण्डुप
1 year ago | [YT] | 0
View 0 replies
All kind of videos
ग्वर्को मा झोलामा रहेको मोबाइलले गर्दा गोलि छेकेर ज्यान जोगिएक छ ।।।।
2 years ago | [YT] | 0
View 0 replies
All kind of videos
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी भएको छ।
2 years ago | [YT] | 0
View 0 replies
Load more