सुधन गुरुङको भाषणले यो सम्झना भयो ... (हो, यही क्या रास्वपाका ३ सांंसदहरु बिपिन आचार्य, कान्तिशिखा, अमरेश ले बिरोध गरेका जेन-जी स्मृति सभाको भाषण ... )
द्वन्द मच्चाउन आँफैलाई गोली हान्न लगाउने र पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना किन र के कारण ?? ठूलो प्रश्न उठेको छ ...
प्रिय gen Z
सुशासन कायम हुने नै छ ,
सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली । ... बालेनले बल्ल छोटो स्ट्याटस लेखे ! AI को जमानामा जति लामो लेख्यो त्यति एआइ सिर्जित भन्ने बुझिन्छ। ... केही बेरमा आजको सुधनको सम्बोधनको बारेमा चर्चा गर्नेछु - यो अघिल्लो बर्षको भिडियो :
२२ गते बालेनको अपडेट -- > आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिम पहिरोको कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आयो। भीषण बाढीका कारण विद्युत् आयोजना क्षेत्रहरुमा पनि ठूलो असर पर्यो। सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरुले जनधनको क्षति बेहोर्नुपर्यो। ती आयोजना क्षेत्रहरुबाट पनि मानिसहरु सम्पर्कविहीन भएकाले हामीले सुरुआतदेखिनै हालसम्म खोज तथा उद्धार कार्यलाई जारी राखेका छौं।
हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमिताताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्ने छौं।
आज प्रभावित विद्युत् आयोजना क्षेत्रहरुमा भइरहेको खोज तथा उद्धारबारे प्रष्ट पार्दैछौं।
बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएका छन्। हाम्रा सुरक्षाकर्मीहरु निरन्तर खोज तथा उद्धारको प्रयासमा हुनुहुन्छ।
प्रभावित आयोजनाहरुमा खोज तथा उद्धारको हालसम्मको संक्षिप्त स्थितिः
रसुवागढी जलविद्युत् आयोजना,रसुवा
रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ। हामीले बाढी आएको दिनदेखि त्यहाँ खोजको प्रयास गरेका थियौं। तर, हेलिकप्टर समेत ल्याण्ड हुन सकेन। खोज तथा उद्धारका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भयो। त्यसपछि आयोजनामा कार्यरत कर्मचारीका आफन्तहरु त्यसक्षेत्रमा पुगेर अवलोकन समेत गर्नुभयो। आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको थियो। तर, मानिस फेला पर्नु भएन। यद्यपि हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी राखेका छौं।
लाङटाङ जलविद्युत् आयोजना, रसुवा
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको थियो। त्यहाँ ठूला चट्टानहरु भेटिए। खोज कार्यलाई थप प्रभावकारी बनाउन भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीहरु समेत खटिनुभयो। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौं। यहाँ अहिले पनि खोज कार्यलाई निरन्तरता दिइरहेका छौं।
चिलिमे जलविद्युत् आयोजना,रसुवा
नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो। तर, दलदलका कारण सुरुङभित्र जान समस्या भयो। नेपाली सेनाले भदौ १३ गते मित्रराष्ट्र भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको थियो। भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोज कार्य सुरु गरेको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौैं। खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग गरिरहेका छौं।
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना, रसुवा
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको थियो। मित्र राष्ट्र चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको थियो। भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गर्यो। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखियो। तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरिएको थियो। त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजी जारी राख्यो। खोजको क्रममा एक जनाको शव फेला पार्यौं। त्यसपछि पनि हामीले खोज जारी राख्यौं। भदौ २० गते १ जनालाई उद्धार गर्यौं र २ शव फेला पार्यौं।
त्रिशूली ३ ए, जलविद्युत् आयोजना, नुवाकोट
यो आयोजना क्षेत्रमा पनि हामीले बाढी गएको पहिलो दिनदेखिनै खोज कार्य सुरु गरेका थियौं। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरेको थियो।
खोजलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न ६ वटा एस्काभेटर प्रयोग गरेका थियौं। करिब २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लाग्यो।
सोही सुरुङमार्फत उद्धार टोली घ्रिसिएर भित्र प्रवेश गर्यो। सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो। त्यतिले नपुगेर नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर पनि ल्याइएको थियो। उक्त कार्यका लागि ड्रिलिङ मेसिन समेत लगेर प्रयोग गरिएको थियो। यी सबै सामग्रीहरु हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो।
भदौ १९ गते २ मानिसलाई हामीले उद्धार गरेका थियौं। र, १ शव फेला पारेका थियौं। त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी छ।
त्रिशूली ३ ‘बी’ आयोजना, नुवाकोट
त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो। उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । तर, दलदलका कारण खोजका उपकरणहरु लग्न सकिएको थिएन। हालपनि आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ। उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १.७ किलोमिटर भित्र प्रवेश गरेको थियो। त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको थियो।
खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ। आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको छ।
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरु सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिरहनुभएको छ। त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरुबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ।
हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ।
हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवताबादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।
धैर्यका लागि धन्यवाद.
Anand Nepal
सिके राउतका मित्र... मन्त्री भएछन् ..
19 hours ago | [YT] | 4
View 0 replies
Anand Nepal
१ बर्ष भयो ... न ओली, न गगन, न प्रचण्ड, न हर्क साम्पाङ, न त खुस्बु ओली ... कसैले पनि बालेनको क्रेजलाई कम गर्न सकेनन्
1 day ago | [YT] | 8
View 1 reply
Anand Nepal
यूएन मा मुद्धा उठाउन यसरी तयारी गर्दैछन् बालेन र रवि .. क्लाइमेट चेन्जको कारणले आएको संकट!
2 days ago | [YT] | 4
View 0 replies
Anand Nepal
पक्का ओलीपथमा ... सुधनले कान्तिशिखालाई थर्काउन थालेपछि जवाफ - "'गृहमन्त्रीज्यू, तपाईंको तमिज भएन" - सुधनको जवाफ: "'हेल्लो क्रान्तिशिखा, तमिज सिकाउनु पर्दैन मलाई, आफै बस्ने। आइ फिल मोर पिटी फर यू।' (सेतोपाटीले लेखेको हो कति विश्वासनिय हो कुन्नि)
2 days ago (edited) | [YT] | 2
View 1 reply
Anand Nepal
सुधन गुरुङको भाषणले यो सम्झना भयो ... (हो, यही क्या रास्वपाका ३ सांंसदहरु बिपिन आचार्य, कान्तिशिखा, अमरेश ले बिरोध गरेका जेन-जी स्मृति सभाको भाषण ... )
2 days ago | [YT] | 4
View 0 replies
Anand Nepal
द्वन्द मच्चाउन आँफैलाई गोली हान्न लगाउने र पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना किन र के कारण ?? ठूलो प्रश्न उठेको छ ...
3 days ago | [YT] | 3
View 0 replies
Anand Nepal
प्रिय gen Z
सुशासन कायम हुने नै छ ,
सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली । ... बालेनले बल्ल छोटो स्ट्याटस लेखे ! AI को जमानामा जति लामो लेख्यो त्यति एआइ सिर्जित भन्ने बुझिन्छ। ... केही बेरमा आजको सुधनको सम्बोधनको बारेमा चर्चा गर्नेछु - यो अघिल्लो बर्षको भिडियो :
3 days ago (edited) | [YT] | 2
View 0 replies
Anand Nepal
यी खेलाडी पनि ... कता गए ? ... गगन थापालाई समर्थन गरे अनि, गायव भए :)
3 days ago | [YT] | 4
View 1 reply
Anand Nepal
१ बर्ष भयो ... श्रद्धान्जली, सम्झना !
3 days ago | [YT] | 3
View 0 replies
Anand Nepal
२२ गते बालेनको अपडेट -- > आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिम पहिरोको कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आयो। भीषण बाढीका कारण विद्युत् आयोजना क्षेत्रहरुमा पनि ठूलो असर पर्यो। सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरुले जनधनको क्षति बेहोर्नुपर्यो। ती आयोजना क्षेत्रहरुबाट पनि मानिसहरु सम्पर्कविहीन भएकाले हामीले सुरुआतदेखिनै हालसम्म खोज तथा उद्धार कार्यलाई जारी राखेका छौं।
हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमिताताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्ने छौं।
आज प्रभावित विद्युत् आयोजना क्षेत्रहरुमा भइरहेको खोज तथा उद्धारबारे प्रष्ट पार्दैछौं।
बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएका छन्। हाम्रा सुरक्षाकर्मीहरु निरन्तर खोज तथा उद्धारको प्रयासमा हुनुहुन्छ।
प्रभावित आयोजनाहरुमा खोज तथा उद्धारको हालसम्मको संक्षिप्त स्थितिः
रसुवागढी जलविद्युत् आयोजना,रसुवा
रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ। हामीले बाढी आएको दिनदेखि त्यहाँ खोजको प्रयास गरेका थियौं। तर, हेलिकप्टर समेत ल्याण्ड हुन सकेन। खोज तथा उद्धारका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भयो। त्यसपछि आयोजनामा कार्यरत कर्मचारीका आफन्तहरु त्यसक्षेत्रमा पुगेर अवलोकन समेत गर्नुभयो। आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको थियो। तर, मानिस फेला पर्नु भएन। यद्यपि हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी राखेका छौं।
लाङटाङ जलविद्युत् आयोजना, रसुवा
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको थियो। त्यहाँ ठूला चट्टानहरु भेटिए। खोज कार्यलाई थप प्रभावकारी बनाउन भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीहरु समेत खटिनुभयो। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौं। यहाँ अहिले पनि खोज कार्यलाई निरन्तरता दिइरहेका छौं।
चिलिमे जलविद्युत् आयोजना,रसुवा
नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो। तर, दलदलका कारण सुरुङभित्र जान समस्या भयो। नेपाली सेनाले भदौ १३ गते मित्रराष्ट्र भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको थियो। भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोज कार्य सुरु गरेको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौैं। खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग गरिरहेका छौं।
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना, रसुवा
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको थियो। मित्र राष्ट्र चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको थियो। भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गर्यो। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखियो। तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरिएको थियो। त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजी जारी राख्यो। खोजको क्रममा एक जनाको शव फेला पार्यौं। त्यसपछि पनि हामीले खोज जारी राख्यौं। भदौ २० गते १ जनालाई उद्धार गर्यौं र २ शव फेला पार्यौं।
त्रिशूली ३ ए, जलविद्युत् आयोजना, नुवाकोट
यो आयोजना क्षेत्रमा पनि हामीले बाढी गएको पहिलो दिनदेखिनै खोज कार्य सुरु गरेका थियौं। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरेको थियो।
खोजलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न ६ वटा एस्काभेटर प्रयोग गरेका थियौं। करिब २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लाग्यो।
सोही सुरुङमार्फत उद्धार टोली घ्रिसिएर भित्र प्रवेश गर्यो। सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो। त्यतिले नपुगेर नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर पनि ल्याइएको थियो। उक्त कार्यका लागि ड्रिलिङ मेसिन समेत लगेर प्रयोग गरिएको थियो। यी सबै सामग्रीहरु हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो।
भदौ १९ गते २ मानिसलाई हामीले उद्धार गरेका थियौं। र, १ शव फेला पारेका थियौं। त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी छ।
त्रिशूली ३ ‘बी’ आयोजना, नुवाकोट
त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो। उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । तर, दलदलका कारण खोजका उपकरणहरु लग्न सकिएको थिएन। हालपनि आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ। उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १.७ किलोमिटर भित्र प्रवेश गरेको थियो। त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको थियो।
खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ। आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको छ।
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरु सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिरहनुभएको छ। त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरुबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ।
हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ।
हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवताबादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।
धैर्यका लागि धन्यवाद.
4 days ago | [YT] | 0
View 0 replies
Load more