khabarpati delivers fast, factual, and fearless news updates daily.
Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.
Email: idm868273@gmail.com
[9705076986]
For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp
#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar
nepali news, today news, nepali samachar, aajako samachar, today nepali news
khabarpati
Dona Thapa आफै युटुबर, मोडल,Unsold ब्राण्डको एमबास्डर हुन!माईलो भाई लाहुरे, कान्छो भाई राष्ट्रिय खेलाडी + कन्टेन्ट क्रियटर, बाउ बोजु पेन्सने, बुढी पोर्चुगलमा पिआर भएको लगभग महिनामा 8/10 लाख रुपैया भित्रिने घरमा १ जना बिरामी हुंदा संजालमा सहयोग माग्नुपर्ने भनेपछि😮खाडीमा ३०\४० कमाउनेको परिवार समस्या परे के हालत होला? सहयोग गर्नुपर्छ तर आज जुत्ता लगाउनेलाई सहयोग गर्दा भोली खाली खुट्टा हुने ओझेलमा पर्छ कि भन्ने कुरा हो!
3 days ago | [YT] | 11
View 4 replies
khabarpati
पशुपतिनाथकाे मन्दिरमा प्रवेश गर्ने मुस्लिम जाेडी मध्येकी महिलालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेकाे छ । गाैशाला प्रहरी वृत्तकाे आदेशमा ती महिलालाई इटहरीको गैंसारबाट पक्राउ गरिएकाे हाे । पक्राउ परेकी महिला प्रियंका परियार हुन् । उनले मुस्लिम समुदायका ओसिम अन्सारी सँग प्रेम विवाह गरेकी हुन् । अन्सारी इटहरीको आकाश कलेक्सनका पुर्ब संचालक समेत हुन् । परियारले आफुले जिद्दी गरेर आफ्ना श्रीमान् अन्सारीलाई पशुपतिनाथकाे मन्दिर लगेकाे सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छन् । उनले आफ्नो आस्थाकाे केन्द्र पशुपतिनाथ मन्दिरमा आफुसँगै श्रीमानलाइ लिएर गएकाे बताएकी छन् ।
4 days ago | [YT] | 4
View 1 reply
khabarpati
कोहलपुर थापा मेडिकल घटनाबारे उठे गम्भीर प्रश्न
कोहलपुरस्थित थापा मेडिकलमा उपचारका क्रममा महिला बिरामीमाथि यौन दुर्व्यवहार भएको आरोप लागेपछि घटनाले नयाँ मोड लिएको छ। पीडित भनिएकी महिलाले आफू विगत ४ वर्षदेखि दुर्व्यवहारमा परेको आरोप लगाएकी छन्।
घटनासम्बन्धी सार्वजनिक भिडियोमा भने महिला र मेडिकल सञ्चालकबीच विवाद तथा हात हालाहाल भएको देखिन्छ। भिडियोमा देखिएको दृश्यका आधारमा सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरू पनि उठिरहेका छन्।
यदि महिला लामो समयदेखि पीडित भएको दाबी गर्छिन् भने चार वर्षसम्म किन उजुरी गरिएन? भन्ने प्रश्न पनि उठेको छ। तर यसको वास्तविकता सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट मात्रै स्पष्ट हुन सक्छ।
त्यसैगरी, आरोप लाग्दैमा कुनै व्यक्ति दोषी प्रमाणित हुँदैन। सार्वजनिक रूपमा गालीगलौज, हातपात वा अपमान गरिएको हो भने त्यसको पनि कानुनी रूपमा छुट्टै अनुसन्धान हुन आवश्यक हुन्छ।
महिलाको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले आवश्यकताअनुसार संवेदनशील अंगहरूको परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ। तर त्यस्तो परीक्षण वास्तवमै चिकित्सकीय आवश्यकता थियो कि थिएन, प्रक्रिया उचित थियो कि थिएन र चिकित्सकको व्यवहार कानुनी तथा व्यावसायिक मर्यादाभित्र थियो कि थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्छ।
प्रहरीले पनि कुनै पक्षको आरोपकै आधारमा निष्कर्षमा पुग्नुको सट्टा घटनाका सबै पक्षको बयान, भिडियो प्रमाण, मेडिकल रिपोर्ट तथा अन्य प्रमाणको आधारमा निष्पक्ष अनुसन्धान गर्न आवश्यक छ।
👉 आरोप लाग्नु र दोषी प्रमाणित हुनु एउटै कुरा होइन।
👉 महिला भए पनि वा चिकित्सक भए पनि कानुन सबैका लागि समान हुनुपर्छ।
👉 वास्तविक पीडितले न्याय पाउनुपर्छ र निर्दोष व्यक्तिमाथि अन्याय हुनुहुँदैन।
यस घटनाको सत्यतथ्य निष्पक्ष छानबिनपछि सार्वजनिक होस्।
6 days ago | [YT] | 0
View 0 replies
khabarpati
सर्वोच्चको ठूलो फैसला, अब विधवाले अर्को विवाह गरे पनि अंश फिर्ता गर्न नपर्ने !
सर्वोच्च अदालतले विधवाले पुनःविवाह गरेपछि अंशबापत प्राप्त गरेको सम्पत्ति अघिल्लो पतितर्फका छोराछोरीलाई दिनुपर्ने कानुनी व्यवस्था बदर गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४ (२) संविधानसँग बाझिएको ठहर गर्दै अमान्य घोषणा गरेको हो।
सर्वोच्च अदालतले उक्त व्यवस्था महिलाको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक र सम्पत्तिको हकसँग बाझिएको जनाएको छ। अदालतका अनुसार विधवाले पुनःविवाह गरेकै कारण आफ्नो अंशको सम्पत्तिमा अधिकार गुमाउनुपर्ने अवस्था सिर्जना गर्नु वैवाहिक स्वतन्त्रतामाथिको प्रतिबन्ध हुने देखिएको छ।
फैसलामा अंशबाट प्राप्त सम्पत्ति व्यक्तिको निजी स्वामित्वमा रहने उल्लेख गर्दै अदालतले अंश हक कुनै दान वा कृपा नभई कानुनी तथा नैसर्गिक अधिकार भएको स्पष्ट पारेको छ। विवाह गर्ने वा नगर्ने निर्णयका आधारमा महिलाको सम्पत्तिमाथिको अधिकार सीमित गर्न नमिल्ने सर्वोच्चको ठहर छ।
#SupremeCourt #womenrights
1 week ago | [YT] | 4
View 3 replies
khabarpati
"बालेन्द्र शाहलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु। ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु।"
✍🏻: Rabi Lamichhane
1 week ago | [YT] | 189
View 0 replies
khabarpati
चर्चित पत्रकार समा थापा भन्छिन् : ‘लेखिएको विषय नै पढ्न नसक्नु समस्या हो, पदसँगको खेलाँची पनि हो’ 😮
1 week ago | [YT] | 0
View 0 replies
khabarpati
प्रधानमन्त्री बालेन शाह भन्छन्–
1 month ago | [YT] | 113
View 5 replies
khabarpati
काठमाडौंको ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले युवक पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर भद्रकालीलाई बुझाउने तयारी गरेको छ।
युवतीलाई ठमेलमा हिँडिरहेका बेला ‘ब्याड टच’ गरेको आरोपमा युवक पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
1 month ago | [YT] | 14
View 2 replies
khabarpati
सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति
1 month ago | [YT] | 10
View 0 replies
khabarpati
कस्तो लाग्यो त यो नाम?: Myagdi को Annapurna Gaupalika ले दिवंगत आरोही ‘NIMS DAI’ को सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फस्र्ट’ राख्ने प्रस्ताव तयार भएको छ।🤔
1 month ago | [YT] | 29
View 0 replies
Load more